एजेन्सी, २ असोज ।उत्तर कोरियाबाट दक्षिण कोरियातर्फ जाने व्यक्तिहरुको संख्यामा १३ प्रतिशतले गिरावट आएको छ । यो आँकडा दक्षिण कोरियाली अधिकारीले जारी गरेका हुन् ।

Advertisement

दक्षिण कोरिया यूनिफिकेशन मन्त्रालयका अनुसार यस वर्ष जनवरीदेखि अगस्ट महिनाको बिचमा करिब ७ सय ८० उत्तर कोरियाली नागरिक दक्षिण कोरिया आए । यसमा गरिब कामदार र किसानको संख्या धेरै छ ।

सीमा पार गर्ने व्यक्तिको संख्यामा आएको यो गिरावटको पछाडि उत्तर कोरिया र चीनियाँ सरकारद्वारा सीमामा बढाइएको सुरक्षा व्यवस्थालाई बुझिएको छ ।

सोलस्थित अधिकारीका अनुसार सन् १९५३ मा कोरियाली युद्धपछि अहिलेसम्म कूल ३० हजार उत्तर कोरियाली नागरिक दक्षिण कोरिया आएका छन् ।

दुबै छिमेकी देशबिच निकै तितो सम्बन्ध छ । युद्धविराम सन्धी भइसकेपछि पनि यी देशबिच युद्धको त्रास कायम नै छ  ।

सीमा पार गर्ने धेरैजसो उत्तर कोरियाली नागरिक चीनियाँ सीमाको सहारा लिन्छन् । यो उत्तर कोरियाको सबैभन्दा लामो सीमा हो ।

यस वर्ष सीमा पार गरेर उत्तर कोरिया जानेमध्ये ५६.९ प्रतिशत कामदार मजदुर र किसान थिए जबकी ३.५ प्रतिशत सैनिक र सरकारी कर्मचारी थिए । यो आँकडा दक्षिण कोरियाली समाचार एजेन्सी योनह्यापले यूनिफिकेशन मन्त्रालयलाई उद्धृत गर्दै प्रकाशित गरेको हो ।

कुवेतले उत्तर कोरियाली राजदूतलाई हटाएः

उता कुवेतले उत्तर कोरियाका राजदूतलाई हटाउने निर्णय गरेको समाचार मिडियामा छाएका छन् । साथै, कुवेतले आफ्नो देशमा प्योंगयांगसँग कूटनीतिक सम्बन्धमा कमी ल्याउने निर्णय पनि लिएको बताइएको छ ।

यद्यपी, यी मिडिया रिपोर्टमा कुनै पनि अधिकारीको नाम प्रकाशित छैन  । यसबारे आधिकारिक घोषणा पनि हुन बाँकी छ ।

केही समय अघि उत्तर कोरियाको परमाणु कार्यक्रमलाई बन्द गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय मञ्चमा कारवाही गर्ने कुरा गरिएको थियो, त्यसपछि संयुक्त राष्ट्र सुरक्षा परिषदले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाएका थिए ।

कुवेत खाडी देशमध्ये एउटा यस्तो देश हो जहाँ उत्तर कोरियाली दूतावास छ । एफपी समाचार एजेन्सीका अनुसार कुवेतमा लगभग २ हजारदेखि २ हजार ५ सय उत्तर कोरियाली नागरिक कामको सिलसिलामा रहन्छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!