उत्पादन क्षेत्रमा अहिलेसम्मकै ठूलो विदेशी लगानी भित्रियो

उत्पादन क्षेत्रमा अहिलेसम्मकै ठूलो विदेशी लगानी भित्रियो

काठमाडौ। नेपालको उत्पादनमूलक क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो विदेशी लगानी भित्रिएको छ । चीनको होङ्सी समूहले नेपालको सिमेन्ट उद्योगमा झन्डै २६ अर्ब रुपैयाँ लगानी गर्ने भएको हो । यो नेपालको उत्पादनमूलक क्षेत्रमा भित्रिएको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रत्यक्ष विदेशी लगानी भएको लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए । होङ्सी र नेपाली व्यवसायीको संयुक्त लगानी रहेको ...
‘सरकारी अस्पतालको उपचारमा विश्वास गरौँ : स्वास्थ्यमन्त्री पोखरेल

‘सरकारी अस्पतालको उपचारमा विश्वास गरौँ : स्वास्थ्यमन्त्री पोखरेल

काठमाडौँ। स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले सरकारी अस्पताललाई विश्वास गरी सबै खाले व्यक्तिले उपचार गराएर सक्षम बनाउनुपर्ने बताउनुभएको छ । मौसमी रुघाखोकीको समस्या देखिएपछि करिब एक साता वीर अस्पतालमा उपचार गराएर आज घर फर्किनुभएका मन्त्री पोखरेलले भन्नुभयो, ‘‘मन्त्री हुनु पहिले पनि मैले वीरमा भर्ना भएरै उपचार गराएको छु, सरकारी अस्पतालले गुणस्तरीय सेवा दिन्छन् भन्ने विश्वास लिएर आएको थिएँ त्...
नेसनल मेडिकल कलेज बन्द गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

नेसनल मेडिकल कलेज बन्द गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

काठमाडौं। स्वास्थ्य मन्त्रालयले अस्पताल सञ्चालन अनुमतिबिनै सम्बन्धन पाएको घट्टेकुलोस्थित काठमाडौं नेसनल मेडिकल कलेज शिक्षण अस्पताल बन्द गर्ने निर्णय गरेको छ । सञ्चालन अनुमति नलिई र अन्य आवश्यक पूर्वाधार पूरा नगरी अस्पताल चलाएको भन्दै बन्द गराउन स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालय र स्थानीय प्रशासनलाई पत्राचार गर्ने निर्णय गरेको हो । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले केही दिनअघि गठित अनु...
भरतपुर काण्ड दोहरिन नदिने ओलीको दावि

भरतपुर काण्ड दोहरिन नदिने ओलीको दावि

चितवन। नेकपा एमालेका अध्यक्ष केपी ओलीले अब भरतपुर काण्ड दोहरिन नदिने बताएका छन् । आइतबार एमाले निकट अखिलको केन्द्रीय समिति र राष्ट्रिय परिषदको तीन दिने विस्तारित भेलालाई चितवनमा सम्बोधन गदै ओलीले भने, ‘भरतपुर दोहरिन दिँदैनौं, मतपत्र च्यात्न दिँदैनौं।’ ओलीले शेरबहादुर देउवा नेतृत्वको  सरकारलाई बाह्य शक्तिबाट चलेको आरोप लगाए ।  ओलीले माओवादीले ०६४ मा जित्नुको भवितव्य भएको दाबी गर्दै  अब त्य...
कर्मचारी इमान्दार भए भ्रष्टाचार रोकिन्छ : ओली

कर्मचारी इमान्दार भए भ्रष्टाचार रोकिन्छ : ओली

चितवन।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनतालाई सेवा दिन निजामती कर्मचारीले इमान्दार भएर काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल निजामती कर्मचारी संगठन चितवनले निर्माण गरेको शहिद मनोज–झपेन्द्र स्मृति सभाकक्षको उद्घाटन गर्दै उहाँले कर्मचारी इमान्दार भएमा भ्रष्टाचार निर्मूल हुन्छ भन्दै कर्मचारी सामान्य कर्तव्यमा मात्रै नभएर अनिवार्य कर्तव्यमा जुट्नुपर्ने बताउनुभयो । जिससको जग्गामा संगठनको भ...
अर्घाखाँची गिद्धको बासस्थानका रुपमा विकसित

अर्घाखाँची गिद्धको बासस्थानका रुपमा विकसित

अर्घाखाँची।  लुम्बिनी अञ्चलको पहाडी जिल्ला अर्घाखाँची गिद्धको बासस्थानका रुपमा विकसित हुन थालेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका जंगल तथा पहरामा पाँच प्रजातिका गिद्ध पाइएका छन् । मरेका जनावरलाई आहारा बनाई पारिस्थितिक प्रणलीलाई सन्तुलनमा राखी पर्यावरणलाई जोगाउन यसको निकै ठूलो योगदान रहन्छ । आफैँ शिकार नगर्ने तर मरेका जनावरको सिनो मात्र खाने गिद्धले प्रदूषित र दुर्गन्धित वातवरणलाई स्वच्छ र...
रूघाखोकीग्रस्त बिरामी मध्ये आधा जतिमा स्वाइन फ्लुको संक्रमण देखियो, कसरी जोगिने ?

रूघाखोकीग्रस्त बिरामी मध्ये आधा जतिमा स्वाइन फ्लुको संक्रमण देखियो, कसरी जोगिने ?

मुलुकमा रूघाखोकीको समस्याबाट ग्रस्त बिरामीमध्ये इन्फ्लुएन्जा ए (एच१एन१) परीक्षण गराउनेमा करिब आधा जतिमा स्वाइन फ्लुको संक्रमण भएको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अगस्ट महिनामा संकलन गरिएको शंकास्पद इन्फ्लुएन्जा ए(एच१एन१) का नमुनामध्ये आधा जतिमा स्वाइन फ्लु देखिएको हो । प्रयोगशालामा पछिल्लो ३० दिनमा रुघाखोकीका विरामीको एक हजार ३७ नमुना संकलन गरिएकोमध्ये ४ सय ८५ जनामा स्वाइन फ्लु द...
बाढीपीडितलाई जापानबाट आर्थिक सहयोग

बाढीपीडितलाई जापानबाट आर्थिक सहयोग

पथरी। मोरङको बक्राहा खोलाको बाढीबाट विस्थापित भएका पीडित परिवारलाई जापानबाट आर्थिक सहयोग प्रदान गरिएको छ । बाढीबाट विस्थापित भएका उर्लाबारी–८ बगरेटोलका १४ सन्थाल परिवारलाई जापानबाट त्यहाँ काम गर्दै आएका नेपालीले नगद रु २८ हजार रकम पठाएर सहयोग प्रदान गरेका हुन् । राजघाट–५ रानाटोल घर भई मगर सङ्घ क्षेत्रीय कमिटी जापानकी कोषाध्यक्ष ममता राना मगरको अगुवाइमा आर्थिक सहयोग गरिएको हो । एक घर बराबर दुई ह...
साउदीमा छोराको मृत्युपछि परिवार शोकमा, शव अझै आएन

साउदीमा छोराको मृत्युपछि परिवार शोकमा, शव अझै आएन

जितपुर। वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका कपिलवस्तुकोे वाणगंगा नगरपालिका–९ भर्तापुरका ३० वर्षीय भीमबहादुर पछाईकोे मृत्युपछि परिवार शोकमा डुबेको छ । साउदीको सबकातुइन्सा कम्पनीमा कार्यरत पछाईको कामबाट कोठामा फर्कने क्रममा दुर्घटनामा परी मृत्यु भएको हो । गत साउन ५ गते मृत्यु भएका पछाईको शव अहिलेसम्म नेपाल नआउँदा परिवार अझ चिन्तित बनेका छन् । घटना भएकोे अघिल्लो दिनसम्म फोनमा राम्रै कुराकान...
आज बकर इद (इदुल जोहा), राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मको शुभकामना

आज बकर इद (इदुल जोहा), राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मको शुभकामना

काठमाडौ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ । यस अवसरमा दरबारमार्गस्थित ...
उत्तर कोरियामा भुइँचालोः छैटौं परमाणु परिक्षणको नतिजा !

उत्तर कोरियामा भुइँचालोः छैटौं परमाणु परिक्षणको नतिजा !

एजेन्सी ।उत्तर कोरियामा एउटा ठूलो भूकम्पको झ्टका मापन गरिएको छ । उत्तर कोरियाले आफ्नो छैटौं परमाणु परिक्षण गरेको अनुमान गरिएको छ । अमेरिकी भूगर्भविद्का अनुसार ६.३ तिब्रताको उक्त भूकम्प कुनै परमाणु परिक्षणपश्चातको हो । जुन इलाकामा भूकम्प मापन गरिएको छ त्यहाँ उत्तर कोरियाले पहिले नै परमाणु परिक्षण गरिसकेको छ । घटना हुनु केही घण्टा अघिमात्र उत्तर कोरियाली नेता किम जोंग उनको एक परमाणु बमसँगको तस...
सीमांकन सच्याइने छः ओली

सीमांकन सच्याइने छः ओली

चितवन। एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारीमाथि निर्ममतापूर्वक कारबाही हुनुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भ्रष्टाचार राज्यशक्तिको दुरुपयोग यसकै संरक्षणमा भइरहेको आरोप लगाए । नेपालको संसद्मा दुई दिनअघि भएको निर्णयको प्रधानमन्त्रीले भारतमा पुगेर खिल्ली उडाएको पनि उनले बताए । सीमांकनका विषयमा असन्तुष्टि व्यक्त गर्दै प्रमुख प्रतिप...
सरकारको निर्देशन बेवास्ता गर्दै रोहिन्ग्यालाई शरण दिँदै बंगलादेश प्रहरी

सरकारको निर्देशन बेवास्ता गर्दै रोहिन्ग्यालाई शरण दिँदै बंगलादेश प्रहरी

ढाका । सरकारी निर्देशन लत्याउँदै बंगलादेशको प्रहरीले म्यानमारबाट भागेर आइरहेका रोहिन्ग्या मुस्लिमहरुलाई देशमा प्रवेश गर्न दिइरहेको  छ । कोक्स बाजारका अनुसारहजारौँको संख्यामा रोहिन्ग्या मुस्लिम समूदाय म्यानमारबाट बंगलादेश प्रवेश गरिरहेका छन् । संयुक्त राष्ट्रसंघका अनुसार शरणार्थीहरुको संख्या ५८ हजारभन्दा माथि पुगेको छ । म्यानमारको अल्पसंख्यक रोहिन्ग्या मुस्लिम समूदाय बसोबास गर्ने रखाइन राज्यमा...
खम्बामा टाँगिएका अव्यवस्थित तार काट्न शुरु

खम्बामा टाँगिएका अव्यवस्थित तार काट्न शुरु

काठमाडौँ। सडकका खम्बामा अव्यवस्थितरूपमा टाँगिएका केबल र टेलिफोनका तारलाई व्यवस्थित गर्न नेपाल दूरसञ्चार प्राधिकरणले तार काट्न शुरु गरेको छ । बिजुलीका तार, टेलिफोनका तार र अन्य केबलका तारसमेत एउटै खम्बा पोलमा राखिएको हुँदा शहर अत्यन्त कुरुप देखिएको, असुरक्षा बढ्दै गएको र राजश्वसमेत हिनामिना भएको भन्दै सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले माइतीघरस्थित खम्बामा टाँगिएका अव्यवस्थित तार का...
हत्या अभियोगमा श्रीमान्–श्रीमती नै जेल चलान

हत्या अभियोगमा श्रीमान्–श्रीमती नै जेल चलान

काठमाडौं । कृषि फार्म सञ्चालकको हत्या आरोपमा दम्पती जेल चलान भएका छन् । ललितपुरको ठेचोस्थित अर्गानिक एग्रोभेटका सञ्चालक मेघनाथ भुसालको हत्या अभियोगमा पक्राउ परेका कान्छीमाया तामाङ र उनका श्रीमान् मानबहादुर तामाङलाई बुधबार जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । चक्कुले हानेर १८ साउनमा उनीहरूले भुसालको हत्या गरेका थिए । हत्या अझै रहस्यमै ? १८ साउनको दिउँसो ललितपुरक...
नारा नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा

नारा नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा

काठमाडौ।नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज नारा को आगामी नेतृत्वका लागि आकांक्षी व्यवसायीबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । यही भदौ २० गते हुने नाराको २९ औँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रममा अध्यक्ष पदमा प्रत्यासीको संख्या बढेपछि सहमतिमा नेतृत्व चयनका लागि पहल भइरहेको नाराका अध्यक्ष चन्द्र दाहालले बताउनुभयो । उहाँका अनुसार पाँचजना आकांक्षीमध्ये सहमतिको प्रयासबाटै अहिले दुई जना नि...
गोलभेँडा खेतीबाट मनग्य आम्दानी

गोलभेँडा खेतीबाट मनग्य आम्दानी

पाल्पा। रैनादेवी गाउँपालिका–५ मुझुङ्गका सन्तोष बम्रेलले भाडाको जग्गामा गरेको गोलभेडा खेतीबाट वार्षिक रु १० लाख आम्दानी गर्दै आएको छ । “गोलभेँडा खेती गर्न भाडामा लिएको झण्डै १५ रोपनी जग्गाका लागि वार्षिक रु पचास हजार तिर्नुपर्छ,” बम्रेलले भन्नुभयो,– “गोलभेँडा खेतीमा श्रम र पसिना पोखे विदेशमा भन्दा बढी आम्दानी यहाँ नै लिन सकिन्छ ।” गोलभेँडा खेतीबाट अहिले रु १० लाखसम्म आम्दानी गर्न सफल भएको उह...
आंशिक प्राध्यापकको प्रधानमन्त्री निवास बाहिर प्रदर्शन

आंशिक प्राध्यापकको प्रधानमन्त्री निवास बाहिर प्रदर्शन

काठमाडौं। करार नियुक्ति पाउनुपर्ने लगायत माग गर्दै आन्दोलन गरिरहेका त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकले आजदेखि प्रधानमन्त्री निवास बाहिर प्रदर्शन गर्न थालेका छन् । लगातारको आन्दोलन र धर्नालाई सरकारले वेवास्ता गरेकाले त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउन बालुवाटार बाहिर प्रदर्शन गर्न शुरु गरिएको त्रिवि आंशिक प्राध्यापक संघका अध्यक्ष...
मलेसियामा मानसिक सन्तुलन गुमेपछि…

मलेसियामा मानसिक सन्तुलन गुमेपछि…

जुम्ला। यसअघि पैसा कमाउन उनी भारतमै जान्थे । गरिब परिवारको जीवनलाई त्यहाँको कमाइले कहिल्यै पुगेन । कठिन संघर्षका साथ १२ कक्षामा पढ्दै गरेका मानसिङ सुनारको थोरै पैसा भए पनि स्वदेशमै रोजगारी गर्ने इच्छा थियो तर त्यस्तो नोकरी कतै मिलेन । बेरोजगार बसेर घर नचल्ने भएकाले उनलाई पुनः विदेशिनुको विकल्प थिएन । सधैँ भारत जाँदा प्रगति नभएकाले खाडी मुलुकमा गएका साथीहरुले केही पैसा जोहो गरेको प्रति उनको ...
१९ सहरमा एनसेलको फोरजी

१९ सहरमा एनसेलको फोरजी

काठमाडौं। एनसेलले चौथो पुस्ताको मोबाइल सेवा (फोरजी)-लङ टर्म इभोलुसन (एलटिई) सेवा थप दुई सहरमा विस्तार गर्दै मुलुकभरका १९ सहरमा पु¥याएको छ । शुक्रबार (भदौ १६) देखि कोहलपुर र विरेन्द्रनगरमा फोरजी सेवाको बिस्तारसँगै एनसेलको फोरजी सेवा देशका १९ शहरमा पुगेको छ । एनसेलले फोरजी सेवा पहिलोपटक जेठ १८ मा काठमाडौं उपत्यका (नगरकोट सहित), बनेपा र धुलिखेलमा सञ्चालनमा ल्याएको थियो । ‘प्रतिबद्धता बमोजिम थ...
राम रहिमको अदालतसामू गुहारः मसाजका लागि हनिप्रितसँग बस्न देउ

राम रहिमको अदालतसामू गुहारः मसाजका लागि हनिप्रितसँग बस्न देउ

एजेन्सी ।बलात्कारी बाबा गुरमित राम रहिम जेलमा आफ्नी ‘हनी’ का लागि तड्पिरहेका छन् । रामरहिमले सिआईबी कोर्टसमक्ष हनिप्रितलाई जेलमा उनीसँगै बस्नका लागि अनुमती दिनका लागि अपिल गरेका छन् । हनिप्रित उनकी फिजियोथेरापिस्टका साथै मसाज गर्ने व्यक्ति पनि भएकाले उनलाई आफूसँगै बस्न दिइयोस् भन्ने निवेदन पेश गरेका छन् । सिबिआई अदालतले राम रहिमलाई पूर्व साध्वीमाथि बलात्कार गरेका दुई मुद्दामा १०–१० वर्षको स...
२२५औँ हप्ताको वाग्मती सफाइमा विमान परिचारिका

२२५औँ हप्ताको वाग्मती सफाइमा विमान परिचारिका

काठमाडौँ।  वाग्मती सरसफाइको २२५औँ हप्ताको कार्यक्रम आज सम्पन भएको छ । सिनामंगलस्थित वाग्मती पुलसँगै नदीका आसपासका पाँच टन फोहर संकलन गरिएको थियो । कार्यक्रममा वाग्मती सभ्यता अभियानकर्मी, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका साथै विभिन्न संघसंस्थाको सहभागिता थियो । सिजन मिडियाद्वारा आयोजित मिस एयर होस्टेज, २०१७ मा सहभागी ४० प्रतियोगी पनि सहभागी भई वाग्मती सफाइमा सहयोग गरेका थिए । विमान...
हावा र पानीबाट तरकारी फलाइने यस्तो प्रविधि

हावा र पानीबाट तरकारी फलाइने यस्तो प्रविधि

पर्वत। जिल्लामा पहिलो पटक हावा र पानीबाट मात्रै तरकारी फलाउने प्रविधि शुरु भएको छ । मोदी गाउँपालिका–५ अम्बोटमा पाँच वर्षदेखि सफल रूपमा व्यावसायिक तरकारीखेती गर्दै आएका लालबहादुर हरिजनले यस्तो प्रविधिबाट तरकारीखेती थालेका छन् । फलामे दुई खम्बाको सहारामा तीन मि लम्बाइ र तीन इन्च मोटाइका प्लास्टिक पाइपमा पानी भरेर प्लास्टिक ड्रम र सोलार प्लानको सहयोगमा सो खेती गर्न सकिने हरिजनले बताए। भर्खरै...
एमाले लगायो १४ तहमा उम्मेदवारको टुंगो

एमाले लगायो १४ तहमा उम्मेदवारको टुंगो

महोत्तरी। दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीका १४ स्थानीय तहमा एमालेले आसन्न स्थानीय तह निर्वाचन तेस्रो चरणको निर्वाचनका लागि प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षको नाम टुंगो लगाएको छ । एमालेका जिल्ला अध्यक्ष जामुन मण्डलका अनुसार सदरमुकाम जलेश्वर नगरपालिकामा माधव मण्डल प्रमुख र रागिनी चौधरी उपप्रमुख, बर्दिबास नगरपालिकामा सुरेश राउत प्रमुख र कमला बाइवा उपप्रमुख तथा गौशाला नगरपालिका...
भक्तपुरमा बस दुर्घटना,२० यात्रु घाइते

भक्तपुरमा बस दुर्घटना,२० यात्रु घाइते

भक्तपुर। काभ्रेको पनौतीबाट काठमाडौं आइरहेको बस भक्तपुरमा दुर्घटना भएको छ ।  भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ९ अरनिको राजमार्ग जोरपाटी सडक खण्डमा बिहान करिब ८ बजे बा.२ ख ९५८० नम्बरको  बस दुर्घटना भएको हो । घटनामा बसमा रहेका २० जना यात्रु घाइते भएका छन् । स्थानीय बासिन्दा र नेपाल प्रहरीले घाइतेको उद्धार गरी भक्तपुरको मध्यपुर अस्पतालमा पठाईएको महानगरिय प्रहरी वृत जगातीका डिएसपी दीपक श्र...
डोल्पाको चामल २ वर्षदेखि काठमाडौंको गोदाममा थन्कियो, डोल्पाली भोकभोकै

डोल्पाको चामल २ वर्षदेखि काठमाडौंको गोदाममा थन्कियो, डोल्पाली भोकभोकै

काठमाडौं । जिल्लाको उत्तरी क्षेत्रका जनताले दुई वर्षदेखि सहुलियतको चामल र नुन खान पाएका छैनन् । केरुङ नाकाबाट तिब्बतको बाटो हुँदै खाद्यान्न लगिने गरेकोमा कर बढाइएको भन्दै ठेकेदारले खाद्यान्न ढुवानी गरेका छैनन् । उपल्लो डोल्पाका लागि आर्थिक वर्ष ०७२–७३ देखि छुट्याइएको ३८ सय क्विन्टल चामल र तीन हजार क्विन्टल नुन काठमाडौंकै गोदाममा थन्किएको ठेकेदार विजय रोकाले बताए । पछिल्लो समय केरुङ नाकामा भन्सा...
अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ निर्वाचित

अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ निर्वाचित

काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षमा रञ्जित तामाङ विजयी भएका छन् । एकताको २१ औं राष्ट्रिय सम्मेलनमा भएको निर्वाचनबाट तामाङ विजयी भएका हुन् । मत परिणामको औपचारिक घोषणा गर्न भने बाँकी छ । संगठनकै इतिहासमा पहिलोपटक भएको निर्वाचनबाट झापा निवासी तामाङले अर्का प्रत्यासी रुकुम निवासी अनिल शर्मालाई हराए । उपाध्यक्षहरुमा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दिपक देवकोटा...
कक्षा १२ को नतिजा सार्वजनिक ४८.१७ प्रतिशत उत्तीर्ण,रिजल्ट हेर्न यसो गर्नुहोस

कक्षा १२ को नतिजा सार्वजनिक ४८.१७ प्रतिशत उत्तीर्ण,रिजल्ट हेर्न यसो गर्नुहोस

  काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । परीक्षामा नियमिततर्फ ४८ दशमलव १७ प्रतिशत उत्तीर्ण भएका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए । उनका अनुसार नियमिततर्फ कुल एक लाख ७५ हजार ५९३ परीक्षार्थी सहभागी भएकामा ८४ हजार ५९३ परीक्षार्थी उत्तीर्ण भएका छन् । त्यसैगरी आंशिकतर्फ एक लाख २३ हजार १२१ विद्यार्थीले परीक्षा दिएकामा ४८ हजार ७३६ जना उत्तीर्ण ...
कैलालीमा स्क्रब टाइफसका बिरामी बढे

कैलालीमा स्क्रब टाइफसका बिरामी बढे

कैलाली । थार किर्ना, मुसा तथा उडुस जस्ता माइटहरु जातिबाट मानिसमा सर्ने स्क्रब टाइफस रोगको विरामी कैलालीमा बढ्दै गएका छन् । गर्मी बढेसँगै स्क्रब टाइफसको समस्या बढी देखा परेको सेती अञ्चल अस्पताल धनगढीले जानकारी दिएको छ । सो अस्पतालमा चालू आर्थिक वर्षको हालसम्म उपचारको क्रममा स्क्रब टाइफसबाट पीडित एक जना विरामीको मृत्यु भएको छ भने ३४ जना विरामी उपचारका लागि अस्पताल पुगेका छन् । हाल पाँच ज...
सत्तारुढ दलले देशलाई विनाशतिर लगेः गिरी

सत्तारुढ दलले देशलाई विनाशतिर लगेः गिरी

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्तारुढ काँग्रेस र माओवादी केन्द्रले मुलुकलाई विनाशतिर लैजान खोजेको आरोप लगाएको छ । पार्टीका नेता दिलनाथ गिरीले सत्तारुढ काँग्रेस र माओवादी केन्द्रले मधेश केन्द्रित दलहरुसँग मिलेर मुलुकलाई विनाशतिर लैजान खोजेको आरोप लगाएका हुन् । उनले राष्ट्रवादी शक्तिहरुलाई एक्ल्याउँदै लैजाने नीति अनुसार प्रदेश नम्बर २ को निर्वाचनमा पनि काँग्रेस, माओवादी केन्द्र र मधे...
कक्षा १२ को परीक्षाफल सार्वजनिक हुँदै

कक्षा १२ को परीक्षाफल सार्वजनिक हुँदै

काठमाडौं, १५ भदौ। कक्षा १२ को परीक्षाफल विहीवार प्रकाशन हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले केही बेरमा नतिजा प्रकाशनको तयारी गरेको छ । नतिजा प्रकाशित हुन बाँकी रहेका ब्यवस्थापन, मानविकी र शिक्षा संकायको परीक्षाफल प्रकाशनको लागि सबै तयारी पुरा भएको परिक्षा नियन्त्रण कार्यलय भक्तपुरका उपनिर्देशक उत्तमदेव विष्टले जनाकारी दिए । उनले भने,‘परीक्षा प्रकाशनको सम्पूर्ण तयारी पुरा भइसकेको छ अब ...
error: Content is protected !!