काठमाडौं, २ असोज । नेकपा एमालेका अध्यक्ष केपी ओलीले विश्व शान्ति र आधुनिक समाज निर्माण गर्न काम गर्नु पर्ने बताएका छन् ।

Advertisement

छैटौं नेपाल अफ्रिका फिल्म फेस्टीबलको उद्घाटन गदै ओलीले भने, ‘कला साहित्य र फिल्मको माध्यमले एक आपसमा जोडिनु पर्छ । अनुभव साटासाट गर्नु पर्छ ।’

अन्तराष्ट्रिय रुपमा सम्बन्धहरु नगरिक नागरिक  र सरकार सरकारबीच हुनुपर्ने भन्दै ओलीले  यस्ता सम्बन्धले सबै देशहरुमा राम्रो सन्देश जाने धारण राखे ।

अहिलेको विश्वमा एक्लै नभई सहकार्य गरेर अगाडि बढ्दा सबैलाई फाइदा हुने बताउँदै ओलीले  विश्वमा फरक फरक धर्म संस्कृति  भएपनि सहकार्यले सबैलाई नजिक बनाउने बताए ।

फिल्म फेस्टिबल आजदेखि  तीन दिन चल्ने छ । फेस्टीबलमा  तान्जेनिया, भारत,युगाण्डा, अमेरिका , फ्रान्स, स्नेगल, रुवाण्डा र नेपालका फिल्महरु प्रर्दशन हुनेछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!