संगालोखबर संवाददाता

काठमाडौं, ३ असोज। बाजुराको छेडेदह गाउँपालिका–५ टुडाकी २३ वर्षीया कुन्ताकुमारी बुढा उपचारका लागि असार २०७४ मा भारतको नयाँदिल्लीस्थित अस्पताल गइन् । तर, अस्पताल पुग्नुअघि नै उनी महिला बेचबिखन गर्ने दलालको फन्दामा परिन् ।

Advertisement

कुन्ताकुमारी र छेडेदह गाउँपालिका–१ रानाका २५ वर्षीय शुकेर रोकायाबीच वैशाख २०७४ मा प्रेम विवाह भएको थियो । विवाह भएको करिब २ महिनामै उनी बिरामी परिन् । बिरामी भएपछि उनी श्रीमानसँग उपचारका लागि भारतको नयाँदिल्ली गइन् ।

तर अस्पताल नपुग्दै भारतमा रहेका महिला बेचबिखन गर्ने दलालको फन्दामा परिन् । कुन्ता र शुकेबीच गाउँमा केही दिनअघि विवाद भएको थियो । कुन्ताले उजुरी गरेपछि इलाका प्रहरी कार्यालय डोगढीमा मेलमिलाप भएको थियो ।

भारतको नयाँदिल्ली पुगेपछि श्रीमान् सुकेले उपचार गर्न अस्पतालमा नलगी टेम्पो चालकको साथ लगाएर सडकमै छाडेर भागेको कुन्ताकुमारीले बताइन् ।

टेम्पो चालकसँग श्रीमानबारे सोध्दा उसले घर गइसकेको र सबै उपचार आफैंले गरिदिने बताएको कुन्ताको भनाइ छ । उसले आफूसँगै जाऊँ भनेर हातपात गर्न खोजेपछि सडकमै कराएको उनले बताइन् ।

पैसा कमाइ हुने ठाउँमा लैजाने, मीठोमसिनो दिने लोभ देखाएको कुन्ताको भनाइ छ । ‘धेरै बेरसम्म कराएपछि पुलिस आए र दलालबाट मलाई फुत्काए’, उनले भनिन् ।

पुलिसलाई सबै कुरा बताएपछि आफन्तसँग सम्पर्क गराएको उनले बताइन् । पुलिस आएपछि टेम्पो चालकसमेत भागेको उनले बताइन् । उनले नेपाल आएर प्रहरीमा उजुरी दिएकी छन् । तर श्रीमान् फरार छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement