चुडामणि शर्माको घरको गेटमा बम, स्थानिय आतंकित
काठमाडौं , २ असोज । आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देश चुडामणी शर्माको घरको गेटमा सिलिण्डर बम विस्फोट गराउने प्रयास भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख रबिन्द्र धानुकका अनुसार अज्ञात समूहले बूढानीलकण्ठमा रहेको उनको घर गेटको बाहिरी भागमा राति १ बजेतिर सिलिण्डरमा आगो लगाएर विष्फोट गर्न खोजेका थिए ।
प्रहरीका अनुसार समयमै प्रहरी पुगेका कारण पड्कन तयार रहे...

























