अज्ञात समूहद्धारा गाउँपालिका अध्यक्षको अपहरण
रोल्पा, ३० भदौ। रोल्पाको थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती अपहरणमा परेका छन् । थवाङ २ स्थित ससुराली घरबाट उनलाई बिहीबार राती अज्ञात समूहले अपहरण गरेको हो ।
सुतिरहेको बेला करिब २ बजे उनको अपहरण भएको प्रहरीले पुष्टी गरेको छ । रोल्पाका डिएसपी वीरेन्द्र थापाले घटनाको पुष्टि गर्दै घर्तीको खोजी कार्य जारी रहेको बताए ।
वियोग उपनामले चिनिने घर्ती माओवादी केन्द्रका स्थानीय नेता हुन् ।
शनिबार आयो...



















