भरतपुर,२५ असोज । भरतपुर महनगरपालिकाकी प्रमुख रेणु दाहालले बिकास र सभ्यताको कसीमा भरतपुर महानगरपालिकालाई देशकै नमुना महानगरपालिका बनाउने आफ्नो योजना रहेको बताएकी छिन् ।

Advertisement

महानगरपालिका वडा न २६ ले बुधबार वडा कार्यालय परिसर दिब्यनगरमा आयोजना गरेको दिपावली तथा छठ पर्बको अवसरमा आयोजित शूभकामना आदन प्रदान कार्यक्रमलार्इ सम्बोधन गर्दै  उनले विकास विना समृद्धि हाँसिल गर्न नसकिने बताइन् ।
आग्रह गरिन् ।

प्रमुख दाहालले भरतपुर महानगरपालिकाको पहिलो प्राथमिकता सडक पूर्बाधार भएको भन्दै ग्रामिण क्षेत्र र सहरी क्षेत्रको समुचित बिकास गर्ने निति आगामी नगरपरिषदबाट पारित गराउने बताइन् ।

कार्यक्रममा माउन्ट एभरेस्ट डेभलपर्स प्रा लि पोखराका अध्यक्ष हर्कबहादुर अधिकारीले वडा कार्यालयको फोहोर मैला ब्यवस्थापन र अन्यकामका लागी सहयोग पुर्याउन टेक्टर र टेलरको सॉचो वडा अध्यक्ष ज्ञान प्रशाद खनाललाइ हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा सो वडाका  अध्यक्ष ज्ञान प्रशाद खनाल, २७ न बडा अध्यक्ष गोबिन्द तामाड, स्थानीय समाजसेबी तुलाराम आचार्य बद्री अधिकारी लगायतको सहभागिता रहेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!