जागिरको अनुभवपछि बाख्रापालनमा रमाउँदै

जागिरको अनुभवपछि बाख्रापालनमा रमाउँदै

म्याग्दी, ३१ भदौ । स्वदेश तथा विदेशका विभिन्न क्षेत्रको जागिर अनुभव संगालेका बेनी नगरपालिका–३ भकिम्लीका केशव शर्मा निउरेले व्यावसायिक बाख्रापालन थालेका छन् । जागिरे यात्रामा मुलुकका विभिन्न क्षेत्रसँगै आधा दर्जन विदेशमा पसिना बगाएका ३० वर्षीय निउरेले विगत एक वर्षदेखि घरमै व्यावसायिक बाख्रापालन थालेका हुन् । अरुको देशमा रातदिन काम गर्दा समेत दैनिक गुजारा चलाउनबाहेक अन्य उल्लेख्य प्रगति हासिक गर...
ओभरलोडले बेलहिया-बुटवल सडक जोखिममा, नेपाली गाडी रोकेर भारतीयलाई छुट

ओभरलोडले बेलहिया-बुटवल सडक जोखिममा, नेपाली गाडी रोकेर भारतीयलाई छुट

भैरहवा, ३१ भदौ । रुपन्देहीको भैरहवा (बेलहिया) नाका हुँदै प्रवेश गर्ने ओेभरलोड बोकेका भारतीय गाडीलाई रुपन्देही प्रहरीले छुट दिएको छ । यसले आफुहरु मर्कामा परेको व्यवसायीले बताएका छन् । मुलुकभित्र ढुवानी गर्ने नेपाली नम्बर प्लेटका ट्रकलाई ओभरलोडमा कडाई गरेको प्रहरीले भारतबाट आउने भारतीय गाडीमा ओभरलोड ल्याउन छुट दिएको हो । कानुन सबैको लागि समान हुनुपर्ने भन्दै ओभरलोड नियन्त्रण गर्न व्यवसायीहरुले मा...
नगरपालिकामै प्रहरीचौकी छैन

नगरपालिकामै प्रहरीचौकी छैन

दैलेख, ३१ भदौ। दैलेखका विभिन्न ११ वटा स्थानीय तहमध्ये चामुण्डा विन्द्रासैनीनगरपालिकामा प्रहरीचौकी नभएपछि सुरक्षा दिन समस्या भएको छ । स्थानीय नागरिकको सुरक्षाका लागि प्रहरीचौकी आवश्यक भएको उक्त स्थानमा अहिले स्थानीय निकायको मुख्य केन्द्र बनेपछि झनै आवश्कता खड्किएको छ । यसअघि माथिल्लो कर्णाली आयोजनाको सुरक्षाको लागि पालेतडामा रहेको प्रहरी चौकीले सुरक्षा हेर्ने गरेको थियो । अहिले पालेतडाबाट सदरमु...
मलेसिया १२१ रनमा समेटियो, चम्किए दिपेन्द्रसिंह ऐरी

मलेसिया १२१ रनमा समेटियो, चम्किए दिपेन्द्रसिंह ऐरी

काठमाडौं, ३१ भदौ । मलेसियामा जारी यु–१९ एसियाकप क्रिकेट छनौट प्रतियोगिताको सेमिफाइनलमा नेपालले मलेसियाबाट १ सय २२ रनको लक्ष्य पाएको छ । टस हारेर पहिलो ब्याटिङ गरेको  मलेसियाले ४२ ओभरमा मात्र १२१ रन बनाएर अलआउट भयो । मलेसियालाई सस्तैमा समेट्न नेपालका कप्तान दिपेन्द्रसिंह ऐरी नायक बने । उनले ५ विकेट लिए भने पवन सर्राफले २ , रोहितकुमार पौडेल, साहव आलम र सन्दिप लामिछानेले १–१ विकेट लिए । नेपालले ...
दाङमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

दाङमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

दाङ, ३१ भदौ । मोटरसाइकलको ठक्करबाट तुलसीपुरका एक व्यक्तिको मृत्यु भएको छ । रा२प ४३९३ नंको मोटरसाइकलको ठक्करबाट तुलसीपुर–७ मोतीपुरका ६४ वर्षीय गोरे गिरीको मृत्यु भएको हो । घाइते गिरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । तुलसीपुर–६ हात्तीखौवामा शुक्रबार दुर्घटनामा परी घाइते भएका गिरीको राप्ती अञ्चल अस्पतालमा उपचारपछि थप उपचारका लागि कोहलपुर लगिएकामा उपचारका क्रममा कोहलपुरमा मृत्यु भए...
भरतपुर कार्यपालिकामा एमालेले कसरी बनायो बहुमत ?

भरतपुर कार्यपालिकामा एमालेले कसरी बनायो बहुमत ?

चितवन, ३१ भदौ । चितवनको भरतपुर महानगरपालिकाको कार्यपालिकामा एमालेले बहुमत प्राप्त गरेको छ । कार्यपालिका गठनका लागि शुक्रबार भएको मतदानमा जम्मा ७० मत भएको एमालेले बहुमत बनाएको हो । ५ महिला र ३ दलित सदस्यका लागि भएको निर्वाचनले स्थिति उल्ट्याइदिएको हो । महानगरपालिकाको मतको ‘कम्पोजिसन’ एमाले ७०, कांग्रेस ६९ र माओवादी ८ थियो । तर एमालेले दलित र महिला ३/३ पदमा जितेर महानगरको मेयर रेणु दाहाललाई एमाल...
परमाणु कार्यक्रम पूरा गरेर अमेरिकी सेनाको बराबरीमा आउनेछौंः उत्तर कोरिया

परमाणु कार्यक्रम पूरा गरेर अमेरिकी सेनाको बराबरीमा आउनेछौंः उत्तर कोरिया

एजेन्सी। शुक्रबार बिहानको मिसाइल परिक्षणमाथि चौतर्फी विरोधपछि पनि उत्तर कोरियाली नेता किम जोंग–उनले देशको परमाणु कार्यक्रमलाई पूरा गर्ने प्रतिबद्धता दोहोराएका छन् । उत्तर कोरियाको सरकारी मिडियाले यो खबर सार्वजनिक गरेको हो । समाचार एजेन्सी केसीएनएका अनुसार किम जोंग उनले अमेरिकी फौजको प्रतिस्पर्धामा ‘सन्तुलन’ स्थापित गर्नु उक्त कार्यक्रमको मुख्य उद्देश्य बताएका छन् । किम जोंग–उनको भनाई उद्धृत गर...
संघीयतामा गयो सेना : दुई पृतना थपिए, नाम पनि फेरियो

संघीयतामा गयो सेना : दुई पृतना थपिए, नाम पनि फेरियो

 काठमाडौं।  मुलुक संघीयतामा प्रवेश गरेसँगै संघीय संरचनाअनुसार नेपाली सेनाले दुई पृतना थपेको छ । विगतमा पाँच विकास क्षेत्रमा एक-एक र काठमाडौं उपत्यकामा एउटा गरी ६ पृतना रहेकामा सात प्रदेशमा एक-एक र काठमाडौं उपत्यकामा एक गरी पृतनाको संख्या आठ पुर्‍याइएको छ । सेनाको पछिल्लो पुनःसंरचना र मुलुकको आवश्यकताका आधारमा सरकारले गरेको निर्णयबमोजिम आठ पृतना अहिले विद्यमान छन् । थपिएका दुई पृतनाले पनि आफ्नो ...
दुई नम्बरको मौन अवधिमा प्रचण्ड थवाङ जाँदै

दुई नम्बरको मौन अवधिमा प्रचण्ड थवाङ जाँदै

काठमाडौं। प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन प्रचारप्रसारको अन्तिम दिनसम्म २ नम्बर प्रदेशमा खटिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिवार रोल्पाको थवाङ जाने भएका छन् । २ नम्बरप्रदेशको मौन अवधिको समयमा प्रचण्ड माओवादी जनयुद्धको उद्गम थलो थवाङ जाने भएका हुन् । थवाङ गाउँसभाको उद्घाटन गर्न शनिवार थवाङ जाने भएका प्रचण्ड शुक्रबार दुई नम्बर प्रदेश छाडेका छन् । स्थानीय तहको अन्...
बिचौलियालाई कार्यालयभित्र पस्न निषेध

बिचौलियालाई कार्यालयभित्र पस्न निषेध

पोखरा ।  जिल्ला प्रशासन कार्यालय कास्कीले बिचौलिया तथा लेखापढी गर्नेलाई शुक्रबारदेखि कार्यालय प्रवेशमा निषेध गरेको छ । कुनै पनि सेवाग्राहीको कागजपत्र लिएर कार्यालयभित्र त्यस्ता बिचौलिया तथा लेखापढी गर्ने पाइए कारबाही गरिने सहायक प्रजिअ गुरुदत्त ढकालले जानकारी दिए । कार्यालयले निःशुल्क सहायता कक्षको समेत व्यवस्था गरेको तथा स्थानीय तह र अन्य निकायबाट सिफारिस भई आएको काममा निवेदनसमेत लेख्न नपर्ने...
लागु औषधसहित एक युवक प्रकाउ

लागु औषधसहित एक युवक प्रकाउ

कपिलवस्तु । लागु औषधसहित प्रहरीले शुक्रबार कपिलवस्तुमा एक युवकलाई प्रकाउ गरेको छ । भारतीय बजारबाट खरिद गरी लुकाई छिपाई लागु औषध ल्याएको अवस्थामा यशोधरा गाउँपालिका–७ मर्यादपुरबाट कपिलवस्तु नगरपालिका–९ का १७ वर्षीय सञ्जय खटिकलाई प्रहरीले प्रकाउ गरेको हो । खटिकको साथबाट ९७ ग्राम ३ सय मिली ग्राम खैरो हिरोइन फेला परेकोे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक प्रह्लाद अधिकारीले जानकारी दिए...
७२ घन्टाका लागि सीमा नाका बन्द

७२ घन्टाका लागि सीमा नाका बन्द

रौतहट । प्रदेश नं. २ का ८ जिल्लामा असोज २ गते हुने निर्वाचनलाई ध्यान दिँदै सीमा नाका ७२ घन्टाका लागि बन्द गरिएका छन् । जिल्ला प्रशासन कार्यालय रौतहटले गएराति १२ बजे देखि असोज २ गते राति १२ बजेसम्मका लागि नेपाल–भारत सिमा बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालयले ७२ घन्टासम्मको लागि नेपाल–भारत सिमामा आवतजावत गर्नमा रोक लगाउँदै पूर्णरुपमा सीमा सिल गरेको छ । असोज २ मा हुने स्थानीय तहको निर्वाचनको स...
शिक्षण अस्पतालबाटै मिर्गौलाको अवैध कारोबार

शिक्षण अस्पतालबाटै मिर्गौलाको अवैध कारोबार

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाटै मिर्गौलाको अवैध कारोबार भएको पाइएको छ । मिर्गौला तस्कर गिरोहले आर्थिक प्रलोभनमा पारेका विपन्न व्यक्तिको मिर्गौला शिक्षण अस्पतालमा झिकिएको हो । यसमा अस्पतालका दुई कर्मचारीको समेत मिलेमतो रहेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले छानबिन गरिरहेको छ । २० पुस २०७३ मा म्याग्दीको बेनी नगरपालिका–११ घर भएका नवीन खत्रीको ...
स्वाइनफ्लुबाट धुलिखेल अस्पतालमा एकको मृत्यु, सर्तकता अपनाउन स्वास्थ्यकर्मी परिचालन

स्वाइनफ्लुबाट धुलिखेल अस्पतालमा एकको मृत्यु, सर्तकता अपनाउन स्वास्थ्यकर्मी परिचालन

धुलिखेल।  स्वाइनफ्लु रोगको संक्रमणबाट काभ्रेपलाञ्चोकमा शुक्रबार एक जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा अर्जुन सापकोटाकाअनुसार स्वाइनफ्लुुका कारण पनौती नगरपालिका– ७ की ४० वर्षीया चाँदनी नेवाको मृत्यु भएको हो । केही दिनअघि एक महिनाका लागि भारतका विभिन्न धार्मिकस्थलमा तीर्थयात्रा गरेर घर फर्केको र फर्केलगतै बिरामी भएर अस्पत...
थवाङ गाउँपालिका अध्यक्ष अपहरणको जिम्मा नेकपाले लियो

थवाङ गाउँपालिका अध्यक्ष अपहरणको जिम्मा नेकपाले लियो

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती ‘वियोग’को अपहरणको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिएको छ । नेकपाका रोल्पा जिल्ला सेक्रेटेरी जागृतिले घर्तीको अपहरणको जिम्मा लिएका हुन् । यद्यपी उनले आफूहरुले अपहरण गरेको नभइ छलफलका लागि आफूहरुसँगै राखेको बताएका छन् । ‘छलफलको लागि बोलाएका हौं र समझदारीमै छलफलमा रहेका छौं,’ उनले भने । बिहीबार राति ससुराली घरमा सुतिरह...
जाजरकोटमा २४ सै घण्टा आकस्मिक प्रसूति शल्यक्रिया सेवा सुरु

जाजरकोटमा २४ सै घण्टा आकस्मिक प्रसूति शल्यक्रिया सेवा सुरु

जाजरकोट। जाजरकोट अस्पतालमा २४ सै घण्टा आकस्मिक प्रसूति शल्यक्रिया सेवा सुरु भएको छ ।  पूर्व गृहमन्त्री तथा जाजरकोट क्षेत्र नं १ का सांसद शक्तिवहादुर वस्नेतले सो सेवाको शुक्रबार औपचारिक रुपमा उद्घाटन गरेका हुन् । यो सेवा सुरु भएसँगै जाजरकोटमा सुत्केरी गराउन हजारौ खर्च गरेर जिल्लावाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ । कर्णाली विज्ञान प्रतिष्ठानका डाक्टरद्धारा जाजरकोट अस्पतालमा अव २४ घण्टे शल्...
काठमाडौंका सार्वजनिक यातायातमा यौन दुर्व्यवहार धेरै

काठमाडौंका सार्वजनिक यातायातमा यौन दुर्व्यवहार धेरै

काठमाडौं।  काठमाडौंमा चल्ने सार्वजनिक यातायातमा महिलामाथि यौनजन्य दुव्र्यवहार धेरै हुने गरेको पाइएको छ । सार्वजनिक यातायातमा हुने यौनजन्य दुव्र्यवहार नियन्त्रणका लागि प्रहरीले सुरु गरेको ‘सेफ्टी पिन’ अभियानका क्रममा उपत्यकाभित्र काठमाडौंमा दुर्व्यवहार धेरै हुने देखिएको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले गत साउन १८ गतेदेखि सार्वजनिक यातायातमा हुने दुर्व्यवहार रोक्न यो अभियान सुरु गरेको थिय...
मन्त्री बोहराद्वारा दशैँ मेलाको उद्घाटन

मन्त्री बोहराद्वारा दशैँ मेलाको उद्घाटन

भक्तपुर। विज्ञान तथा प्रविधिमन्त्री दीपक बोहराले दशैँको अवसर पारेर भक्तपुरमा आजदेखि शुरु भएको दशैँ मेलाको उद्घाटन गर्नुभएको छ । उहाँले दशैँको अवसरमा विभिन्न ठाउँमा उपभोक्ता आकर्षित गर्नका लागि हुने मेलामा व्यापक उपभोक्ता ठगी हुने गरेको तर्फ सचेत रहन मेलामा आएका उपभोक्तालाई आग्रह गर्नुभयो । मेलामा म्याद सकिएका सामग्रीदेखि कमसल सामग्री र सस्तो सामानलाई बढी मूल्य लिएर बिक्री गर्ने गरेको पाइएकाले ...
शिक्षाको दीर्घकालीन खाका कोर्न उच्चस्तरीय आयोगको काम शुरु

शिक्षाको दीर्घकालीन खाका कोर्न उच्चस्तरीय आयोगको काम शुरु

काठमाडौँ । अबको ५० वर्षको शिक्षाको खाका कोर्ने लक्ष्यका साथ उच्चस्तरीय शिक्षा आयोगले आजदेखि काम शुरु गरेको छ । मागीखाने नभई गरिखाने शिक्षाको गन्तव्य तयार गर्न विश्वका विकसित मुलुकका अनुभवसमेतलाई समेटेर विषयगत र तहगत आधारमा विज्ञ एवं सरोकार भएकाको सुझाव समेटेर प्रतिवेदन बनाउने आयोगले तय गरेको छ । आज शिक्षा मन्त्रालयमा बसेको पहिलो बैठकले ती प्राथमिकता तय गरेको हो । यही भदौ १९ गतेको मन्त्रिपरिषद्...
कर्मचारी समायोजन विधेयक मंगलबार पेश हुने

कर्मचारी समायोजन विधेयक मंगलबार पेश हुने

काठमाडौँ । सरकारले आउँदो असोज ३ गते व्यवस्थापिका–संसद्मा कर्मचारी समायोजन विधेयक पेश गर्ने भएको छ । आज सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकले कर्मचारी समायोजन विधेयक आगामी असोज ३ गते पेश गर्ने निर्णय गरेको समितिका सभापति दिलबहादुर घर्तीले जानकारी गराउनुभयो । उहाँले समायोजन ऐन नबन्दा कर्मचारी खटनपटनमा समस्या भएकाले चाँडै ल्याउन लागिएको बताउनुभयो । बैठकमा समिति सदस्य रामेश्वर फुयाँलले क...
सहारा एकेडेमीको अक्षयकोषमा एक करोड २० लाख संकलन

सहारा एकेडेमीको अक्षयकोषमा एक करोड २० लाख संकलन

पोखरा। सहारा क्लब पोखराद्वारा स्थापित सहारा एकेडेमीको अक्षयकोषमा आजसम्म एक करोड २० लाख २९ हजार २८१ रुपैयाँ संकलन भएको छ । अनाथ, असहाय र कठीन अवस्थामा रहेका बालबालिकालाई निःशुल्क आधारभूत शिक्षा र सक्षम राष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले सो अक्षयकोष स्थापना गरिएको हो । सो एकेडेमीमा हाल १६ जिल्लाका २८ जना बालबालिक बस्दै आएका छन् । डेढ वर्षभित्रमा सो अक्षयकोषमा रु ।दुई करोड बढी पु¥याउने...
चुनाव विथोल्ने गतिविधिमा सलंग्न दुई पक्राउ

चुनाव विथोल्ने गतिविधिमा सलंग्न दुई पक्राउ

गौशाला । तेस्रोचरणअन्तर्गत प्रदेश नं २ मा यही असोज २ गते हुने स्थानीय तहको निर्वाचन विथोल्ने गतिविधिमा सलंग्न नेकपा माओवादी (विपल्व) का दुई जना कार्यकर्तालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउपर्नेमा महोत्तरीको हात्तीलेटका बाबुलाल लामा र मटिहानीका वशिष्ठ मिश्र रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुँवेर कठायतले बताउनुभयो । लामालाई बर्दिवास र मिश्रलाई मटिहानी नगरपालिका क्षेत्र...
जापानमाथि उत्तरकोरियाको मिसाइल प्रहार

जापानमाथि उत्तरकोरियाको मिसाइल प्रहार

उत्तर कोरिया ।  संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाएको ४ दिन पछि उत्तर कोरियाले पुनः जापानी आकाशमा मिसाइल परीक्षण गरेको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। जापानको हकाइदो टापुको आकाशमाथि मिसाइल परीक्षण गरिएको हो। उक्त मिसाइलले करिब ३७०० किलोमिटरको दूरी तय गरेको दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ। यस अघि ...
सरकारले आचारसंहिता उल्लंघन गरेको छैन : उपप्रधानमन्त्री महरा

सरकारले आचारसंहिता उल्लंघन गरेको छैन : उपप्रधानमन्त्री महरा

चितवन। उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सरकारले निर्वाचन आचारसंहिता उल्लंघन नगरेको बताएका छन् । शुक्रबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले चुनावी आचारसंहितालाई ध्यानमा राखेर नै सरकारले काम गरेको बताए । उपप्रधानमन्त्री महराले भने ‘निर्वाचन आयोगको आचारसंहिता बेगर सरकारले कुनै काम गरेको छैन।’ आचारसंहिता कार्यान्वयनमा सरकारले सहयोग गर्ने भन्दै उनले शान्तिपूर्ण ढंगबा...
के उत्तर कोरियाली नेता किम जोंगको हत्याको षड्यन्त्र रचिँदै छ ?

के उत्तर कोरियाली नेता किम जोंगको हत्याको षड्यन्त्र रचिँदै छ ?

उत्तर कोरियाले गत सेप्टेम्बर ३ तारिखमा गरेको परमाणु परिक्षणपश्चात् सार्वजनिक भएको रिपोर्ट अनुसार दक्षिण कोरियाले किम जोंग उनको हत्याका लागि विशेष दलको स्थापनामा हरियो झण्डा देखाएको छ । यदि यो कुरा साँचो हो भने यो कदम दक्षिण कोरियाली राष्ट्रपति मून जे इनको विदेश नीतिमा आएको महत्वपूर्ण मोड भन्ने बुझ्न सकिन्छ । उत्तर कोरियाले सेप्टेम्बर तीन तारिखमा सफल परमाणु परिक्षण गरेको दाबी गर्यो । यो उत्तर क...
सातसय रोपनी क्षेत्रफलको गाँजाखेती नष्ट

सातसय रोपनी क्षेत्रफलको गाँजाखेती नष्ट

काठमाडौँ ।महानगरीय प्रहरी वृत्त, बौद्धले गोकर्णेश्वर नगरपालिका–१ ओखरेनीमा खेती गरिएको ७०० रोपनी क्षेत्रफलको गाँजा नष्ट गरेको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा व्यक्तिले भोगचलन गर्दै आएको जग्गामा खेती गरिएको गाँजा व्यावसायिक रुपमा पनि उपयोग हुनसक्ने देखिएकाले बिहीबार नष्ट गरिएको वृत्तका प्रहरी नायब उपरीक्षक अच्युतम पुडासैनीले राससलाई जानकारी दिनुभयो । निकुञ्जसँग जोडिएक...
सुन्दरीजलका तामाङ लिखु खोलामा मृत भेटिए

सुन्दरीजलका तामाङ लिखु खोलामा मृत भेटिए

नुवाकोट। काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलका राजमान तामाङ नुवाकोटस्थित लिखु खोलामा मृत भेट्टिएका छन् । दश दिनअघि घरबाट सम्पर्कविहीन भएका ४० वर्षका तामाङ बिहीबार राति शिवपुरी गाउँपालिका–३ लिखुस्थित लिखुखोला किनारमा मृतावस्थामा भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक कैलाशकुमार भट्टराईले जानकारी दिनुभयो । मृतकका भतिज दावा तामाङ सम्पर्कमा आएपछि पहिचान खुलेको प्रहरीले ज...
१३ वर्षीय विद्यार्थी हत्याको आरोपमा चारजना पक्राउ

१३ वर्षीय विद्यार्थी हत्याको आरोपमा चारजना पक्राउ

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालका महाकाली जनसेवा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत १३ वर्षीय विद्यार्थी तिलक चन्दको हत्याको आरोपमा प्रहरीले बिहीबार चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतककै सहपाठी आशिष अधिकारी, रमेश खड्का, विशाल चन्द र प्रकाश थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले चारैजनालाई हिरासतमा राखी अनुसन्धानको कार्य शुरु गरेको छ । पक्राउ परेकाल...
टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

कपिलवस्तु।  कपिलवस्तुमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा बिहीबार एकजनाको मृत्यु भएको छ । पूर्व—पश्चिम महेन्द्र राजमार्गको बुद्धभूमि नगरपालिका–२ बडहरामा पूर्वबाट पश्चिम जाँदै गरेको लु २ ख ११३१ नंको टिपरले विपरीत दिशाबाट आउँदै गरेको लु २० प ८६०६ नं मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक दाङ जिल्ला साविक गोवरडिया–८ बस्ने वर्ष ३८ का भक्ति चौधरीको मृत्यु भएको हो । टिपरको ठक्करबाट गम्भीर घाइते भएका ...
प्रचारको अन्तिम दिनः शीर्ष नेता को कहाँ ?

प्रचारको अन्तिम दिनः शीर्ष नेता को कहाँ ?

काठमाडौं । प्रदेश नम्बर २ मा असोज २ गते हुने निर्वाचन आफ्नो पक्षमा पार्न दलका नेताहरु सक्रिय बनेका छन् । प्रचारको अन्तिम दिन शुक्रबार दलका शीर्ष नेताहरु विभिन्न जिल्ला पुग्दैछन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कलैया नगरपालिकाको आमसभालाई दिउँसो १ बजे सम्बोधन गर्ने कार्यक्रम छ । उनले आजै वीरगन्जको चुनावी सभालाई पनि सम्बोधन गर्नेछन् । एमाले अध्यक्ष केपी शर्मा ओली आज बारा जाँ...
सप्तरीमा वडाध्यक्षका उम्मेद्वारको घरमा लाखौँको चोरी

सप्तरीमा वडाध्यक्षका उम्मेद्वारको घरमा लाखौँको चोरी

सप्तरी, ३० भदौ। जिल्लाको राजविराज–१ मा उम्मेदवारको घरमा चोरी भएको छ । स्थानीय तह निर्वाचनका उम्मेदवार आनन्द झाको घरमा चोरी भएको हो । उनी राजविराज नगरपालिका–१ मा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेदवार छन् । मंगलबार राति जितिया पर्वको अवसरमा घरका सबै सदस्य छिमेकमा भइरहेको नाच हेर्न गएको बेला मौका छोपेर चोरले घरको मुख्य द्वारमा लगाइएका तीनवटा ताला तोडेर चोरी गरेको पीडितले बताएका छन...
error: Content is protected !!