भाइमाथि यौनशोषण गर्ने दाजुलाई रीताले पुर्याइन् जेल : ‘वन रक्षक’ले गरे जंगली व्यवहार !
दाजु (ठूलीआमाको छोरा) सँगै पानी लिन गएको छोरो एक्कासी कुद्दै घर फर्किएको देखेर आमा झस्किइन् । तर, उनले जति सोध्दा पनि छोराले के भयो भनेर भन्नै मानेनन् । त्यसको भोलिपल्ट उनकी दिदी रीताले एकान्तमा लगेर फकाएर सोधिन् । बल्ल बालकले सबै कुरा खोले । भाइको कुरा सुन्दा रीता झसङ्ग भइन् ।
दाजुले धेरै अगाडिदेखि आफ्नो गोप्य अंग समाउन लगाएको र अप्राकृतिक यौनसम्वन्ध राखेको कुरा भाइले सुनाएपछि रीताको होसहवास उ...





















