काठमाडौं । अभिनेत्री रेखा थापा कार दुर्घटनामा परेकी छन्। ‘टिभी फिल्मी’मा अन्तरवार्ता दिएर आफ्नो निवास फर्कने क्रममा उनको कारलाई मालबाहक ट्रकले ठक्कर दिएको हो।रिलिजको क्रममा रहेको ‘रूद्रप्रिया’बारे अन्तरवार्ता दिएर फर्किरहेका बेला दिउँसो सवा १२ बजे दुर्घटना भएको हो।

दुर्घटनाका कारण गाडीमा क्षति पुगे पनि रेखा सकुशल छिन्।दुर्घटनापछि रेखा र ट्रकका सम्बन्धित व्यक्ति गौशाला प्रहरी वृत्त पुगेका थिए। दुवै पक्षबीच कार मर्मत गर्ने सहमति भएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!