रुखमा ठोकिएर ट्रक दुर्घटना ४ जना घाइते
दाङ, १२ कात्तिक । दाङमा आइतबार बिहान भएको ट्रक दुर्घटनामा परी चार जना घाइते भएका छन्। पोखराबाट तुलसीपुरतर्फ आउँदै गरेको ग१ख६२४८ नम्बरको ट्रक तुलसीपुर ७ पर्सेनीनजिकै रुखमा ठोकिएर नालामा पल्टिएर दुर्घटना भएको थियो।
दुर्घटनामा परी घाइते हुनेमा चालक जिल्ला सर्लाही कालिन्चोक नगरपालिका वडा नम्बर १२ बस्ने वर्ष ३४ का सन्तोष खड्का, सोही ठाउँ बस्ने वर्ष १९ का सहचालक शंकर खड्का, ट्रकमा सवार जिल्ला तनहुँ ख...


























