काडमाडौं, १५ कात्तिक । नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने त्रिभुवन विश्वविद्यालयको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

Advertisement

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजालसले प्रथम दृष्टिमै सम्वन्धन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको हो। कलेजका सञ्चालकले आसोज ३१ मा दायर गरेको रिटमा सर्वोच्चले कार्तिक ८ गते सुनुवाई गरेको थियो। सर्वोच्चले अर्को पक्षलाई छलफलमा समेत नवोलाई रिट दायरकर्ता पक्ष वकिलको वहस सुनेर यस्तो निर्णय गरेको थियो।

पूर्वधार नै नपुगेको काठमाडौं नेशनललाई साउन १२ गते त्रिवि कार्यकारी परिषदले सम्बन्धन दिएको थियो। त्यस पछि डा. गोविन्द केसी १२ औं अनसन बसेपछि त्रिवि कार्यकारी परिषदले छानविन गरेर अस्पतालको सञ्चालन अनुमति भएको पाएपछि सम्वन्धन खारेज गरेको थियो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!