काठमाडौँ, १५ कात्तिक । बुढानिलकण्ठ नगरपालिका–१० बस्ने धनुषा महेन्द्रनगर–४ का १८ वर्षीय प्रतिक कार्कीलाई प्रहरीले चोरीको मोटरसाइकल सहित पक्राउ गरेको छ ।

कार्कीले कात्तिक ११ गते बुढानिलकण्ठ नगरपालिका–१० कपन शिवपुरीचोक बस्ने पाँचथरको फलैचा–९ का १९ वर्षीय बिनोद माङ्मुकको नाममा दर्ता रहेको बा.५३ प ५५८५ नम्बरको मोटरसाइकल निजकै घरबाट पार्किङ गरिराखेको अवस्थामा चोरी गरी मंगलबार चावहिल चोकमा चलाइरहेको अवस्थामा पीडितले फेला पारी प्रहरीमा खबर गरे पश्चात प्रहरी प्रभाग कपनबाट खटीएको टोलीले कार्कीलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!