सुर्खेतमा माओवादीले माग्यो दुई सिट, भन्यो – सम्मानजनक भागवण्डा हुनुपर्छ
सुर्खेत, १० कात्तिक । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रले सुर्खेत जिल्लामा दुई वटा निर्वाचन क्षेत्र माग गरेको छ। प्रदेश वा प्रतिनिधिसभा जुनमा भए पनि दुईवटा निर्वाचन क्षेत्र आफूलाई चाहिने माओवादीले बताएको छ।
सुर्खेतमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ र प्रदेशसभा निर्वाचन क्षेत्र ४ वटा रहेको छ। वाम गठबन्धनबाट आफूहरुले कम्तीमा दुईवटा निर्वाचन क्षेत्र पाउनुपर्ने माओवादीले दावी ग...



























