भियतनाम, १९ कात्तिक । भियतनाममा डाम्रोइ आँधीका कारण शनिबार विहान २७ जनाको मृत्यु भएको र २२ जना हराइरहेको दावी गरिएको छ ।

मध्य भियतनाम र मध्य पहाडी क्षेत्रमा भिषण आँधी आएको भियतनामको प्राकृतिक बिपद् नियन्त्रण तथा उद्धारसम्बन्धी केन्द्रीय परिचालन समितिले आइतबार जानकारी दिएको छ ।

प्राप्त समाचारअनुसार १६ जनाको खान्ह होआ प्रान्तको मध्यभागमा, तीन जनाको बिन्ह दिन्ह प्रान्तमा, तीन जनाको मध्य पहाडी लाम डोङ प्रान्तमा, एक जनाको उच्च पहाडी डाक लाकको मध्य भागमा मृत्यु भएको जनाइएको छ ।

अन्य चार जनाको भने जन्मस्थान नखुलेको अधिकारीहरुले जनाएको समाचारमा उल्लेख गरिएको छ । त्यसैगरी हराएका २२ जनामध्ये चारजना बिन्ह दिन्ह, एक जना फु येन प्रदेशको मध्यभागका हुन् ।

अरु १७ जनाको ठेगाना भने स्पष्ट हुन नसकेको केन्द्रीय दैवी प्रकोप समितिले जनाएको छ । कडा हावा हुरीका कारण हराएका उनीहरु खतरामा छन् वा मरिसके भन्ने बारेमा अहिले सम्म यकिन हुन सकेको छैन ।

आइतबार बिहान समूहमा रहेका चार जनाको मृत्यु भएको र अरु १७ जना अझै पनि बेपत्ता नै रहेको बताइएको छ ।  आँधीले ६२६ ओटा घर नष्ट गरेको र अरु ३९ हजार ७०० घरमा क्षती पु¥याएको छ ।

त्यसैगरी तीस हजार हेक्टर क्षेत्रफलमा रहेको बालीनाली र माछामार्ने २२८ ओटा डुङ्गा पनि नष्ट भएको छ ।  आँधीसँगै आएको बाढी र पहिरोले बिन्ह दिन्ह, फु येन, खान्ह होआ र क्वाङ नाममा गाडी गुड्ने बाटो र रेल यातायातमा क्षति पु¥याएको पनि अधिकारीहरुले जनाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!