काठमाडौं, १९ कात्तिक । अख्तियार दुरुपयोग आयोगले नेपाल प्रहरीका पूर्वप्रमुख उपेन्द्रकान्त अर्यालमाथि छानविन थालेको छ ।

Advertisement

अर्यालले गत फागुनमा प्रहरी प्रमुखबाट अवकाश पाएका थिए । अकुत सम्पत्ति कमाएको आशंकामा अख्तियारले अर्यालमाथि प्रारम्भिक छानविन थालेको उच्च स्रोतले जनाएको छ ।

अख्तियारले सम्पत्ति विवरण (१३ पन्ने) भराइसकेको छ । ‘हामीले केही प्रमाण फेला परेपछि नै बोलाएका हौं,’ स्रोतले भन्यो, ‘उनीसँग बयान सुरु भएको छ ।’

अख्तियारले बहालवाला सचिव गजेन्द्र ठाकुर र काठमाडौं महानगरपालिकाका दुई डीएसपी धनपति सापकोटा र राजुनाथ पाण्डेमाथि पनि छानविन थालेको स्रोतले बताएको छ ।

अकुत सम्पत्ति कमाएको आशंकामा अख्तियारले अहिले डेढ सयभन्दा बढी माथि छानविन गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!