चितवन, २० कात्तिक । भारतको वाल्मीकि टाइगर रिजर्ब नजिकै नेपाल–भारत सीमा क्षेत्रबाट झण्डै २५ किलोमिटर पर भारतीय भूमिमा दुई वटा गैँडा भेट्टिएको छ ।

 रिजर्बबाट गैँडा रहेको जानकारी दिँदै उद्धार गर्न आग्रह गरेपछि चितवन निकुञ्जको टोली गैँडाको अवस्था बुझ्न अहिले भारत पुगेको छ ।  दुर्लभ एकसिंगे गैँडालाई गएको साउनमा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट बगाएर भारत पु¥याएको अनुमान गरिएको भारत पुग्नुभएका निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेले जानकारी दिनुभयो ।

Advertisement

“नेपाल–भारत सीमा क्षेत्रबाट झण्डै २५ किमी भारततर्फ दुई वटा बयस्क गैँडा देखिएका छन्, दुई-चार दिनमा उद्धार गर्नुपर्ने देखिएको छ”– डा गैरेले भन्नुभयो ।

भारतको वाल्मीकि टाइगर रिजर्बले गैँडा लैजान अनुरोध गरेपछि अवस्था बुझ्न भारत पुगेको उहाँले बताउनुभयो । गैँडाको उद्धारका लागि हात्ती पठाइसकिएको र आवश्य सामग्री पनि लैजानेक्रम शुरु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।

यसअघि बाढीले बगाएका आठ गैँडालाई भारतबाट उद्धार गरिसकिएको छ । गएको साउन २८ गते आएको बाढीका कारण ती गैँडा बगाएका थिए । दुई वटा गैँडा भने बाढीका कारण मरेको थियो । बाढीले चितवन निकुञ्जको वन्यजन्तु वासस्थान नै तहसनहस बनाएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!