काठमाडौं, २० कात्तिक । पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई घरभाडा नतिरेको भन्दै १५ दिनभित्र घर छाड्न आग्रह गर्दै घर धनी रविभक्त विष्टले सार्वजनिक सूचना जारी गरेका छन् ।

Advertisement

पत्रिकामा सूचना निकालेर विष्टले घरको भाडा नपाएको र सम्झौतासमेत नवीकरण नगरेकाले राष्ट्रपति कार्यालय शीलतनिवास र पूर्वराष्ट्रपतिको सचिवालयलाई घर खाली गर्न आग्रह गरेका छन् । विष्टले सूचनामा १५ दिनभित्र घर नछाडे कानुन बमोजिम अघि बढ्ने चेतावनीसमेत दिएका छन् ।

पूर्वराष्ट्रपति यादव २०७२ साल कात्तिक २ गतेदेखि ललितपुर महानगरपालिका–४ बागडोलमा भाडाको घरमा बस्दै आउनुभएको छ । उक्त घरको सम्झौता गएको साउन १ गते नै सकिए पनि सरकारले नवीकरण र भाडा चुक्ता नगरेको सूचनामा उल्लेख गरिएको छ ।

घर धनि विष्टले यसअघि पनि आफ्नो घर खाली गरिदिन लिखित तथा मौखिक आग्रह गर्दै आए पनि सुनुवाई नभएपछि सार्वजनिक सूचना नै जारी गर्नुपरेको उल्लेख गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!