शेरबहादुर देउवा दोब्बर बढी मतले अगाडि

शेरबहादुर देउवा दोब्बर बढी मतले अगाडि

डडेल्धुरा, २३ मंसिर । देशभर कांग्रेसका उम्मेदवारहरू पछि परिरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले दोब्बर बढी मतले अग्रता लिइरहेका छन् । शुक्रबार रातिदेखि मतगणना सुरु भएको थियो । देउवाले ५ हजार ४ सय २६ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका खगराज भट्टले २ हजार ७ सय मतसहित पछ्याइ रहेका छन् देउवा भट्ट भन्दा २ हजार ७ सय २७ मतले अगाडि छन् ।
चुनावी परीणाम कांग्रेसका लागि ठूलो दुर्घटनाः गगन थापा

चुनावी परीणाम कांग्रेसका लागि ठूलो दुर्घटनाः गगन थापा

काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसका नेता एवं काठमाडौं ४ बाट प्रतिनिधिसभामा विजयी गगनकुमार थापाले मतदाताहरुलाई धन्यवाद दिएका छन् । उनले अबको ५ वर्ष पूर्वप्रतिवद्धता अनुसार सार्वजनिक शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गर्ने बताएका छन् । गगन थापाले समग्र चुनावी परिणाम भने कांग्रेसका लागि ‘ठूलो दुर्घटना’ भनेका छन् । समग्र चुनावी परिणामबारे सोधिएको प्रश्नमा उनले भने, ‘यसबारे अहिले नै हल्का ढंगले ...
काठमाडौं ४ मा गगन थापाले जिते, राजन भट्टराई पराजित

काठमाडौं ४ मा गगन थापाले जिते, राजन भट्टराई पराजित

काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसका युवा नेता गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सांसद निर्वाचित भएका छन् । केहिबेर अघि सम्पन्न मतगणनामा वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार डाक्टर राजन भट्टराईलाई ३ हजार भन्दा बढी मतले पछि पार्दै थापा विजयी भएका हुन् । थापा २१ हजार ५५८ ल्याएर काठमाडौं ४ बाट दोस्रो पटक निर्वाचित भएका हुन् । यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा पनि थापाले यही क्षेत्रबाट...
दुबै रुकुममा माओवादीको एकलौटी जित

दुबै रुकुममा माओवादीको एकलौटी जित

काठमाण्डौ, २३ मंसिर । दुई जिल्लामा विभाजित रुकुमका सवै क्षेत्रमा माओवादी केन्द्रले जित निकालेको छ ।  पश्चिम र रुकुम पूर्व दुबै जिल्लामा माओवादी केन्द्रका  उम्मेदवारहरुले फराकिलो मतान्तरले नेपाली काँग्रेसका उम्मेदवारलाई हराएका हुन् । रुकुम पश्चिममा प्रतिनिधिसभामा सदस्यका उम्मेदवार जनार्दन शर्माले फराकिलो मतअन्तर सहित कांग्रेस उम्मेदवार गोपाल जी जंग शाहलाई १८ हजार ७४३ मतअन्तरले हराएका छन् । शर्मा...
पराजित भएपछि प्रकाशमानलाई फोन गरेर रवीन्द्रको बधाई, भन्छन्, ‘ गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो’

पराजित भएपछि प्रकाशमानलाई फोन गरेर रवीन्द्रको बधाई, भन्छन्, ‘ गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो’

काठमाडौँ, २३ मंसिर । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र नम्बर १ मा विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले यस क्षत्रबाट विजयी बनेका काँग्रेस नेता प्रकाशमान सिंहलाई टेलिफोनबाट बधाई तथा शुभकामना दिएका छन् । समाजिक सञ्जालमार्फत प्रकाशित विज्ञप्तिमा उनले पराजयका वावजुद देश बनाएर छाड्ने अठोटमा निरन्तर लागि रहने बताएका छन् । उनले विज्ञप्तिमा भनेका छन्, यो देश बनाएरै छोड्ने हाम...
लालबाबुसँग हार्यो काङ्ग्रेसको विरासत

लालबाबुसँग हार्यो काङ्ग्रेसको विरासत

काठमाडौँ, २३ मंसिर । डा. शेखर कोइरालालाई हराउँदै  एमाले नेता लालबाबु पण्डित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । दुई नेता मोरङ क्षेत्र नम्बर ६ मा प्रतिस्पर्धामा उत्रिएका थिए । अन्तिम मत परिणाम अनुसार लालबाबुले ३३ हजार ९ सय ४१ मत प्राप्त गरे भने शेखरले कोइरालाले ३३ हजार २ सय ६६ मत पाए । कोइराला परिवारको विरासत मानिएका डा. शेखरको पराजय नेपाली काँग्रेसलाई ठूलो झड्का हुनेछ ।
काङ्ग्रेसका अर्का हेभिवेट पराजित, जीवनरामसँग हारे नविन्द्रराज

काङ्ग्रेसका अर्का हेभिवेट पराजित, जीवनरामसँग हारे नविन्द्रराज

काठमाडौँ, २३ मंसिर । बाम गठबन्धनले काठमाडौँमा दोस्रो जीत हासिल गरेको छ । नेकपा एमालेका नेता जीवनराम श्रेष्ठ निर्वाचन क्षेत्र नम्बर ८ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नविन्द्र राज जोशीलाई पराजित गरेका हुन् । श्रेष्ठले १३ हजार ३९७ मत ल्याउँदा जोशीले १२ हजार ९५३ मात्र ल्याए ।
राजनलाई पछि पार्दै गगनले लिए अग्रता

राजनलाई पछि पार्दै गगनले लिए अग्रता

काठमाडौं, २२ मंसिर । मतगणनाको शुरुवात देखि नै पछि परेका नेपाली कांग्रेसका युवा नेता गगन थापाले पछिल्लो समय भने अग्रता लिएका छन् । काठमाडौं क्षेत्र नम्बर ४ मा गगन थापाले एमाले उम्मेदवार राजन भट्टराईलाई १४ मतले पछि पारेका छन् । पछिल्लो मत गणना अनुसार गगन थापाले ४ चार हजार २०७ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी वाम गठबन्धनका एमाले उम्मेदवार भट्टराईले ४ चार हजार १९३ मत ल्याएका छन् ।
मुगुमा प्रतिनिधिसभामा एमालेका गोपाल बम विजयी

मुगुमा प्रतिनिधिसभामा एमालेका गोपाल बम विजयी

काठमाडौं, २२ मंसिर । एउटा मात्रै क्षेत्र रहेको मुगुमा वाम गठबन्धनका उम्मेदवार एमाले जिल्ला अध्यक्ष गोपालबहादुर बम विजयी भएका छन् । बमले कांग्रेसका हस्तबहादुर मल्ललाई पराजित गर्दै विजयी भएका हुन् । बमले १३ हजार ३४ मत ल्याए भने कांग्रेसका मल्लले ९ हजार ८६१ मत प्राप्त गरेका छन् । कांग्रेसले मुगुलाई प्रदेश नं. ६ को सबैभन्दा सुरक्षित जिल्लाका रुपमा लिएको थियो ।
संकटमा कांग्रेसः देउवाले राजीनामा देलान् ?

संकटमा कांग्रेसः देउवाले राजीनामा देलान् ?

धेरै मानिसहरुले यसलाई हतारमा गरिएको विश्लेषण ठान्न सक्छन् । तर, मतगणनाको सुरुआती रुझानले के देखाइसकेको छ भने यो चुनावमा कांग्रेसले शर्मनाक हार व्यहोर्ने र वाम गठबन्धनले सुविधाजनक बहुमत पाउने पक्कापक्की जस्तै देखिइसकेको छ । कांग्रेस नेता बालकृष्ण खाँडको दाबीअनुसार पहिलो चरणमा मंसिर १० गते चुनाव भएका ३२ जिल्लामा माओवादी र एमालेले बढी सिट जिते पनि दोस्रो चरणमा चुनाव भएका ४५ जिल्लामा कांग्रेसको...
कैलाली ५ मा नारदमुनिको अग्रता, आरजु तेस्रो

कैलाली ५ मा नारदमुनिको अग्रता, आरजु तेस्रो

 कैलाली, २२ मंसिर । कैलालीको क्षेत्र नं. ५ को पछिल्लो मतपरिणाम प्राप्त भएको छ । प्राप्त पछिल्लो अपडेट अनुसार नेकपा एमालेका उम्मेदवार नारदमुनि रानाले अग्रता कायम गरेका छन् । रानाले ६२४ मत ल्याउँदा कांग्रेस उम्मेदवार आरजु राणाले ३११ मत ल्याउँदै पछ्याइरहेकी छिन् । राष्ट्रिय जनता पार्टीका उम्मेदवार लक्ष्मण चौधरीले ३६० मत ल्याएका छन् ।
रसुवामा काँग्रेसका लामा विजयी

रसुवामा काँग्रेसका लामा विजयी

रसुवा, २२ मंसिर । जिल्लामा प्रदेशसभा ‘क’ मा लोकतान्त्रिक गठबन्धनतर्फबाट नेपाली काँग्रेसका उम्मेदवार प्रभात लामा विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले दिएको जानकारी अनुसार लामा ६ हजार ९७६ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का करन्याल तामाङले पाँच हजार १५२ मत प्राप्त गरेका छन् । अहिलेसम्मको मतगणनामा प्रतिनिधिसभातर्फ काँग्रेसका मोहन आचार्यले सात हज...
गोरखा २ मा बाबुरामलाई १५ सय ९० मतको अग्रता

गोरखा २ मा बाबुरामलाई १५ सय ९० मतको अग्रता

गोरखा, २२ मंसिर । गोरखाको क्षेत्र नं. २ मा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले १५ सय ९० मतको अग्रता कायम गरेका छन् । प्राप्त पछिल्लो मत परिणाम अनुसार बाबुरामले ११ हजार ३ सय ३९ मत ल्याएका छन् भने प्रतिष्पर्धी नारायण काजी श्रेष्ठले ९ हजार ७ सय ४९ मत ल्याएका छन् ।
जुम्ला प्रदेशसभा ‘ख’ मा एमालेका रोकाय दोब्बर मतले विजयी

जुम्ला प्रदेशसभा ‘ख’ मा एमालेका रोकाय दोब्बर मतले विजयी

काठमाडौं, २२ मंसिर । जुम्ला प्रदेशसभाको ‘ख’ मा वाम गठबन्धनका उम्मेदवार एमालेका पदमबहादुर रोकाय विजयी भएका छन् । रोकायले कांग्रेसका भिमनिधि हमाललाई करिब दोब्बर मतले पछि पार्दै विजयी भएका हुन् । रोकायले १० हजार ४५८ मत ल्याए भने कांग्रेसका हमालले पाँच हजार २८० मत ल्याएका छन् । जुम्लामा प्रतिनिधिसभा र प्रदेश ‘क’ मा पनि वाम उम्मेदवारहरु अघि छन् ।
काठमाडौं क्षेत्र नम्बर १०मा कांग्रेसका राजन केसीको अग्रता

काठमाडौं क्षेत्र नम्बर १०मा कांग्रेसका राजन केसीको अग्रता

काठमाडौं, २२ मंसिर । काठमाडौं क्षेत्र नम्बर १०मा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका उम्मेदवार राजन केसीले बाम गठबन्धनकातर्फबाट माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यलाई पछि पार्दै अग्रता लिएका हुन् । मतगणनामा राजन केसी १४५९ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी हितमान शाक्यले ७९३ मत पाएका छन् । मालेका मालेको कृष्णकुमार श्रेष्ठले ७५ र बिबेकशील साझाका प्रदीप ढकालले ६३ मत पाएका छन् ।
म्याग्दी प्रतिनिधिसभामा एमालेका भुपेन्द्र थापा निर्वाचित

म्याग्दी प्रतिनिधिसभामा एमालेका भुपेन्द्र थापा निर्वाचित

म्याग्दी, २२ मंसिर । म्याग्दीबाट प्रतिनिधिसभातर्फ एमाले उम्मेदवार भुपेन्द्र थापा विजयी भएका छन्। उनले कांग्रेसका खम गर्बुजालाई हराउँदै विजय हासिल गरे। थापाले २३ हजार ३०८ मत प्राप्त गरे भने गर्बुजाले २० हजार ९८० मत ल्याए। म्याग्दीमा प्रदेश सभातर्फ क मा पनि माओवादी केन्द्रका विनोद केसी निर्वाचित भइसकेका छन् भने ख मा एमालेकी नरदेवी पुन विजयी भएकी छन्।
चितवन-३ मा प्रचण्डलाई अग्रता

चितवन-३ मा प्रचण्डलाई अग्रता

चितवन, २२ मंसिर । चितवन-३ को प्रारम्भिक चरणको मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार वाम गठबन्धनका माओवादी केन्द्रका प्रचण्डले अग्रता लिएका छन् । प्रचण्डले ८१ मत ल्याएका छन् भने लोकतान्त्रिक गठबन्धनका विक्रम पाण्डेले १९ मत मात्रै पाएका छन् । यस्तै चितवन क्षेत्र नः २ को १०० मतगणना हुँदा एमालेका कृष्णभक्त पोखरेलले ६८ र कांग्रेसका शेषनाथ अधिकारीले २७ मत ल्याएका छन् ।
काठमाडौं ५ को मतगणना स्थगित

काठमाडौं ५ को मतगणना स्थगित

काठमाडौं, २२ मंसिर । काठमाडौं क्षेत्र नं. ५ को मतगणना स्थगित भएको छ । खसेको मतभन्दा १२ मत बढी भेटिएपछि मतगणना स्थगित भएको हो । बुढानिलकण्ठ नगरपालिकाको विष्णुपादुका ‘क’ र नारायणथान सतल ‘क’ बुथको मत संख्या मुचुल्चा गरिएको भन्दा १२ मत बढी भेटिएपछि विवाद भएको जनाइएको छ ।
काठमाडौं ४ मा राजनलाई अग्रता, गगन पछ्याउँदै

काठमाडौं ४ मा राजनलाई अग्रता, गगन पछ्याउँदै

काठमाडौं, २२ मंसिर । काठमाडौं निर्वाचन क्षेत्र नं. ४ को प्रारम्भिक मतपरिणम सार्वजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले सुरुआती अग्रता लिएका छन् । राजनले १ हजार २ सय ३९ मत ल्याउँदा कांग्रेसका उम्मेदवार गगन थापाले १ हजार ४१ मत ल्याएका छन् । विवेकशील साझा पार्टीकी उम्मेदवार सुबुना बस्नेतले ४३ मत ल्याएकी छिन् ।
बझाङमा वाम गठबन्धनको क्लिन स्वीप

बझाङमा वाम गठबन्धनको क्लिन स्वीप

बझाङ, २२ मंसिर । बझाङबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार एमालेका भैरवबहादुर सिंह ३४ हजार ६१२ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहले २६ हजार ९१० मत प्राप्त गरे। यस्तै प्रदेशतर्फ क्षेत्र नम्बर १ मा एमालेकै अर्जुनबहादुर थापा १७ हजार ८६४ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी चन्दादेवी जोशीले १३ हजार १९७ मत पाइन्। ...
धनुषामा राजेन्द्र महतोलाई सुरुवाती अग्रता,  विमलेन्द्रले कति मत ल्याए ?

धनुषामा राजेन्द्र महतोलाई सुरुवाती अग्रता, विमलेन्द्रले कति मत ल्याए ?

धनुषा, २२ मंसिर । प्रदेश नं २ को धनुषा निर्वाचन क्षेत्र नं ३ को प्रारम्भिक मतपरिणाम आएको छ । प्रारम्भिक परिणाममा राजपा नेपालका राजेन्द्र महतो अगाडी छन् । उनले १३५५ मत ल्याउदा कांगे्रसका विमलेन्द्र निधीले १०६० मात्र ल्याएका छन् । त्यस्तै तेस्रो स्थानमा माओवादी केन्द्रका उम्मेदवार रामसिं यादवले २४४ मत ल्याएका छन् । अहिलेसम्म १४९ मत बदर भएको छ ।
मुस्ताङमा बाम गठबन्धनका उम्मेदवार विजयी

मुस्ताङमा बाम गठबन्धनका उम्मेदवार विजयी

मुस्ताङ, २२ मंसिर ।  मुस्ताङबाट बाम गठबन्धनले विजयीको खाता खोलेको छ । मुस्ताङ प्रदेश सभा क मा इन्द्रधारा विष्ट ११६७ मत सहित विजयी भएका छन् । विष्ट एमालेका उम्मेदावर हुन् । उनका प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवार मिक्युर गुरुङले ६ सय ५७ मत प्राप्त गरेका छन् ।
प्रहरीलाई इँटा प्रहार गर्ने दुईजना पक्राउ

प्रहरीलाई इँटा प्रहार गर्ने दुईजना पक्राउ

काठमाडौं, २२ मंसिर । काठमाडौं महानगरपालिका–२६ रंजना गल्लीस्थित ट्राफिक प्रहरी प्रभाग ठमेलमा कार्यरत प्रहरी जवान  रामराज जोशीलाई इँटा प्रहार गरी घाइते बनाउने २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं ठमेल बस्ने तनहुँको खैरेनीटारका २५ वर्षीय विश्व गुरुङ र ठमेल बस्ने दोलखाको लामाटोल–८ का १६ वर्षीय संजिव लामा रहेका छन् । उक्त प्रभागको व्यारेकको ढोकामा लात्तीले हान्दै गा...
चितवनको मतगणना व्यवस्थापनको कारण देखाउँदै अझै सुरु हुन सकेन

चितवनको मतगणना व्यवस्थापनको कारण देखाउँदै अझै सुरु हुन सकेन

चितवन , २२ मंसिर । आज बिहान ९ बजेदेखि गर्ने भनिएको चितवनको मतगणना दिउँसो १ बजेसम्म पनि सुरु हुन सकेको छैन। जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार आन्तरिक व्यवस्थापनका कारण मतगणना सुरु हुन ढिलाइ भएको हो। जिल्ला निर्वाचन अधिकारी हरि ढकालले अब केही बेरमा गणना सुरु हुने जानकारी दिए। यसअघि, बिहीबार राति मुख्य निर्वाचन अधिकृतसँग बसेको सर्वदलीय बैठकले आज बिहान ९ बजेदेखि गणना गर्ने निर्णय गरेको थियो। ...
काठमाडौं ५ को प्रारम्भिक मतपरिणाम सार्वजनिक, ईश्वर पोखरेललाई अग्रता

काठमाडौं ५ को प्रारम्भिक मतपरिणाम सार्वजनिक, ईश्वर पोखरेललाई अग्रता

काठमाडौं, २२ मंसिर । काठमाडौं ५ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । प्राप्त पछिल्लो अपडेट अुनार एमाले उम्मेदवार ईश्वर पोखरेलले अग्रता कायम गरेका छन् । उनले ६ सय ८० मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार प्रकाशशरण महतले २ सय ९८ मत ल्याएका छन् । त्यस्तै, विवेकशील साझाका उज्जवाल थापाले ८८ मत ल्याएका छन् ।
मतगणना अपडेट: ६ स्थानमा बाम विजयी, २२ मा अगाडि

मतगणना अपडेट: ६ स्थानमा बाम विजयी, २२ मा अगाडि

मुस्ताङ, २२ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको मत गणनामा बाम गठबन्धनका उम्मेदवार पाँच  स्थानमा विजयी बनेका छन् भने २२ स्थानमा अगाडि छन् । प्रतिनिधि सभातर्फ एमाले १२ र माओवादी केन्द १० स्थानमा अगाडि छ । त्यस्तै प्रदेशतर्फ एमाले १० र माओवादी केन्द्र ८ स्थानमा अग्रता लिएको छ । मुस्ताङमा एमालेका प्रेमप्रसाद तुलाचन प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । तुलाचन ३५४४ मत ल्याएर विजयी भएका हुन् । उनका न...
काठमाडौंका निर्वाचन क्षेत्रहरूको मतगणना सुरु

काठमाडौंका निर्वाचन क्षेत्रहरूको मतगणना सुरु

काठमाडौं, २२ मंसिर । काठमाडौंका निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ । क्षेत्र नम्बर १, ५, ६ र ९ को मतगणना सुरु भएको हो । बाँकी क्षेत्रको पनि मतगणनाको तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलले जानकारी दिए । काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह, वाम गठबन्धनबाट माओवादीका अनिल शर्मा र साझा विवेकशील पार्टीका रविन्द्र मिश्रबीच प्रतिस्पर्धा हुने अनुमान छ । यसैगरी क्षेत्रनम्बर ५ मा एम...
नवराज सिलवालको क्षेत्रमा मतगणना सुरु हुन सकेन

नवराज सिलवालको क्षेत्रमा मतगणना सुरु हुन सकेन

ललितपुर, २२ मंसिर । ललितपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ को अझैं मतगणना सुरु हुन सकेको छैन ।  गएराती नै  मतपेटिका संकलन भइसकेको भएपनि दलीय विवादका कारण  गणना सुरु हुन नसकेको हो ।  ललितपुर १ मा वाम गठबन्धनबाट एमालेका नवराज सिलवाल र  कांग्रेसबाट उदयशमशेर राणा उम्मेदवार रहेका छन् ।
स्याउ कृषक पोल्देन छोपाङ गुरुङको सिंहदरवार यात्रा

स्याउ कृषक पोल्देन छोपाङ गुरुङको सिंहदरवार यात्रा

मनाङ, २२ मंसिर । हिमालपारीको जिल्ला मनाङ- कांग्रेसको निरन्तरता कि एमालेको क्रमभंग ? निर्वाचन अघि  विश्लेषणात्मक चुनावी रिपोर्ट सम्प्रेषण भएको थियो । नभन्दै बिहीबार मध्यरातमा मनाङमा एमालेले क्रमभंग गर्दै इतिहास रच्यो । एमालेका पोल्देन छोपाङ गुरुङ कांग्रेस नेता तथा पूर्वमन्त्री टेकबहादुर गुरुङलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । पोल्देनले २ हजार ३ सय मतका साथ विजय सुरक्षित गर्दा क...
रुपन्देहीमा सर्वदलीय बैठक बस्न नसक्दा मतणनामा ढिलाइ

रुपन्देहीमा सर्वदलीय बैठक बस्न नसक्दा मतणनामा ढिलाइ

रुपन्देही, २२ मंसिर । रुपन्देहीमा अझैसम्म पनि मतगणना शुरु हुन सकेको छैन । बिहीबार भएको सहमति अनुसार आज बिहान ८ बजेदेखि गणना सुरु हुनुपर्ने हो । तर, निर्वाचन क्षेत्र नं. ४ र ५ को सर्वदलीय बैठक बस्न नसक्दा मतगणनामा ढिलाइ भएको हो । निर्वाचन क्षेत्र नम्बर १, २ र ३ को मतगणना गर्न सहमति जुटिसकेको छ । उम्मेदवारहरुले आफ्ना प्रतिनिधिको नामावली दिन ढिलाइ गरेका छन् । जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रको ...
डोल्पाको प्रदेशसभामा एमालेका नन्द बुढा चार गुणा मतसहित बिजयी

डोल्पाको प्रदेशसभामा एमालेका नन्द बुढा चार गुणा मतसहित बिजयी

डोल्पा, २२ मंसिर । प्रतिनिधिसभामा एक मात्र सिट रहेको डोल्पाको प्रदेशसभा ‘क’ मा एमालेका नन्दसिंह बुढा निर्वाचित भएका छन् । बुढाले ४ हजार ८५९ मत प्राप्त गरी चार गुणा मतान्तरले बिजय हासिल गरेका हुन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बेगमसिंह ठकुरीले १२१३ मत प्राप्त गरेका छन् । उनीहरुबीच ४ हजार मतको अन्तर देखिएको छ । प्रतिनिधिसभातर्फ पनि डोल्पामा एमालेकै धनवहादुर बुढा कांग्रेसका अंगद बुढा...
error: Content is protected !!