म्याग्दीका जनप्रतिनिधि कानून सिक्दै
बाबियाचौर, म्याग्दी, १४ चैत । कानूनी ज्ञानको कमीले कार्यसम्पादनमा अलमल र अन्योल सिर्जना भएपछि म्याग्दीका स्थानीय तहका जनप्रतिनिधिले निर्वाचित कानूनी प्रक्रियाको विषयमा जानकारी लिन थालेका छन् ।
स्थानीय तहले जनप्रतिनिधिको क्षमता विकासका लागि तालीम सञ्चालन गरेका छन् । निर्वाचित भएको १० महिना बिते पनि सार्वजनिक सेवा प्रवाह, नीति र विकास निर्माणको क्षेत्रमा अपेक्षाकृत काम गर्न नसकेको भनेर आलोचना खेप...



























