हवाई आक्रमणमा २९ तालिबानको मृत्यु

हवाई आक्रमणमा २९ तालिबानको मृत्यु

लस्करगाह, अफगानिस्तान, ४ चैत । अफगान सुरक्षा फौजले गरेको हवाई कारबाहीमा अफगानिस्तानमा शनिबार कम्तीमा २९ तालिबान लडाकूको मृत्यु भएको छ । अफगानिस्तानको हेल्मण्ड प्रान्तमा भएको सुरक्षा कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको अफगान रक्षामन्त्रालयले आइतबार जनाएको छ । “सुरक्षा फौजले तालिबान लडाकूहरुलाई लक्षितगरी युद्धक विमानबाट आक्रमण गरेको थियो,” मन्त्रालयद्धारा जारी वक्तव्यमा भनिएको छ, । हेल्मण...
सरकारसँग एक महिलाको गुहार

सरकारसँग एक महिलाको गुहार

सुर्खेत, ४ चैत । बिहानको समय थियो । भेरी नदीबाट आउने चिसोको झोक्काबाट बचाउन पुष्पा बच्चाबच्चालाई गुच्मुच्च पारेर खुला त्रिपालमुनिको आगोको सेको लगाउँदै हुनुहन्थ्यो । चुल्हो र थोरै भाँडावर्तन राखिएको साँघुरो त्रिपालमुनि बसिरहेका उहाँलाई नानीहरुले बिहानको खाना मागिरहेका थिए तर भन्ने बित्तिकै दिनसक्ने खाना रहेनछ, उहाँकामा । एकसरो अनि विभिन्न ठाउँमा च्यातिएको कपडा लगाएका नानीहरुलाई हिजो बेलुका बचेखु...
राष्ट्रियसभाको उपाध्यक्षमा दाहाल निर्वाचित

राष्ट्रियसभाको उपाध्यक्षमा दाहाल निर्वाचित

काठमाडौँ, ४ चैत।  राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का शशिकला दाहाल निर्वाचित हुनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा भएको हस्ताक्षरसहितको मत विभाजनमा माओवादी केन्द्रका उम्मेदवार दाहालको पक्षमा ४५ र नेपाली काँग्रेसका उम्मेदवार वृन्दादेवी आले (राना)को पक्षमा ११ मत परेको थियो । बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माओवादी केन्द्रका उम्मेदवार दाहालको पक्षमा बहुमत भएकाले निर्...
नागरिक समाज पार्टीको झुण्ड बनेको आरोप

नागरिक समाज पार्टीको झुण्ड बनेको आरोप

काठमाडौँ, ४ चैत ।  नेकपा (एमाले)का नेता सुवास नेम्बाङले भ्रष्टाचार अन्त्य र सुशासन कायम राखे मात्र मुलुकमा विकास सम्भव भएको बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार प्रतिष्ठान र शान्ति र विकासका लागि नागरिक समाजले यहाँ ‘शान्ति, स्थिरता र विकास बृहत् नागरिक परामर्श’ विषयमा आयोजना गरेको छलफलमा उहाँले मुलुकमा रहेको व्याप्त भ्रष्टाचारलाई अन्त्य गरी सुशासन कायम राख्नुपर्ने बताउनुभयो । पूर्वसभामुख नेम्...
कर्णाली प्रदेशको राजधानीमा खानेपानी समस्या

कर्णाली प्रदेशको राजधानीमा खानेपानी समस्या

सुर्खेत, ४ चैत।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खानेपानीको अभाव भएको छ । डेढ लाख जनसंख्या रहेको सुर्खेतको उपत्यका वीरेन्द्रनगरमा कर्णाली प्रदेशको राजधानी भएपछि बढ्दो शहरीकरण तथा जनसंख्याका कारण पानीको समस्या छ । राजधानी वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी संस्थाले पानी पु¥याउन सकेको छैन । विसं २०५७ मा स्थापित सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था (झुप्रा ...
निकुञ्ज छलेर रेलमार्गको सम्भाव्यता अध्ययन

निकुञ्ज छलेर रेलमार्गको सम्भाव्यता अध्ययन

चितवन, ४ चैत ।  चितवन राष्ट्रिय निकुञ्ज छलेर पूर्व–पश्चिम रेल मार्ग निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । यसअघि निकुञ्ज हुँदै रेलमार्गको सम्भाव्यता अध्ययन गरिएपछि वन मन्त्रालयले विकल्प खोज्न आग्रह गरेको थियो । रेल विभागका वरिष्ठ इञ्जिनियर प्रकाश उपाध्यायकाअनुसार पछिल्लो सम्भाव्यता अध्ययनबमोजिम निकुञ्ज छल्नका लागि चितवनको सौराहा र टाँडीबीच हुँदै बीस हजारी तालको दक्षिणतर्फबाट र भरतपुर विमानस्थलक...
प्रदेशसभा सदस्य गुरुङको देशविदेशमा खोजी

प्रदेशसभा सदस्य गुरुङको देशविदेशमा खोजी

काठमाडौँ, ४ चैत ।  नेपाल प्रहरीले दीपक मनांगे भनिने प्रदेशसभा सदस्य राजीव गुरुङलाई ‘इन्टरपोल’मार्फत खोजी अभियान शुरु गरेको छ । प्रहरीले ज्यान मार्ने उद्योगमा संलग्न रहेको भन्दै मनाङ प्रदेश (ख)बाट स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित गुरुङ अदालतको आदेशपछि फरार छन् । नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले गुरुङको देश तथा विदेशमा खोजी भइरहेको जानकारी दिनुभयो । गत माघ २ मा सर्वोच्च अदालतले ज्यान मार...
रुसमा राष्ट्रपति चयनका लागि मतदान सुरु

रुसमा राष्ट्रपति चयनका लागि मतदान सुरु

रुस, ४ चैत । रुसमा नयाँ राष्ट्रपति चयनका लागि आइतबार रुसी नागरिकले मतदान सुरु गरेका छन् । रुसी महासंघको पूर्वी क्षेत्र काम्चाट्का र चोकोट्कामा आइतबार बिहान स्थानीय समय अनुसार ८ बजे मतदान सूरु गरिएको छ । रुसको भूभाग निकै ठूलो रहेको र यसका कारण यहाँको समयमा पनि फरक पर्ने भएकोले ती बाहेकका रुसका अरु कैयौँ क्षेत्रका मतदाताले भने मतदानका लागि घन्टौँ कुर्नुपर्ने हुन्छ । निर्वाचन अधिकारीहरुले जन...
दृष्टिविहीन दाजुभाइ दिदीबहिनी, कहाँ जाला यिनको भविष्य

दृष्टिविहीन दाजुभाइ दिदीबहिनी, कहाँ जाला यिनको भविष्य

लिबाङ, रोल्पा, ४ चैत । कुनै मान्छे संसार हेर्ने दृष्टि भएर पनि दृष्टिविहीन बनेर बाँचेको हुन्छ भने कुनै मान्छे जन्मजात नै ठगिएको छ । ऊसँग संसार हेर्ने दृष्टि छैन तर पनि ऊ ज्ञानको आँखाले संसार हेर्न प्रयत्नशील रहेको छ । फरक यत्ति हो कि बाहिरी आँखाले भन्दा ज्ञानको आँखाले संसार हेर्न निकै संघर्ष गर्नुपर्छ । त्यो पनि दृष्टि नै नभएकालाई अझ धेरै चुनौती छ, समस्या छ । रोल्पामा एकै घरका दुई दाजुभाइ तथा ...
रोल्पाका १ सय २१ विद्यार्थी एसईईवाट वञ्चित

रोल्पाका १ सय २१ विद्यार्थी एसईईवाट वञ्चित

रोल्पा, ४ चैत।  परीक्षा आवेदन फाराम भरेकामध्ये रोल्पामा १२१ जना परीक्षार्थी यस वर्षको एसईई परीक्षामा सहभागी हुन नपाउने भएका छन् । विद्यालयमा दैनिक हाजिरी नपुगेका कारण उनीहरु परीक्षामा सामेल हुन नपाउने भएका हुन् । विद्यालयमा अनुपस्थित हुने तथा परीक्षा दिनका लागि उमेरसमेत नपुगेका विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएकोे जिल्ला शिक्षा कार्यालय रोल्पाले जानकारी दिएको छ । शिक्षा नियमावलीअनुसार विद्यार्...
अघिबढ्यो अमेरिका उत्तर कोरिया वार्ता, अमेरिकी र उत्तर कोरियाली अधिकारी हेलसिन्कीमा भेट्दै

अघिबढ्यो अमेरिका उत्तर कोरिया वार्ता, अमेरिकी र उत्तर कोरियाली अधिकारी हेलसिन्कीमा भेट्दै

हेलसिन्की, ४ चैत ।  संयुक्तराज्य अमेरिका र उत्तर कोरियाका अधिकारीहरु आइतबार फिनल्याण्डको हेलसिन्कीमा भेट्ने भएका छन् । गएको मार्च ८ मा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका विशेषदूत अमेरिका पुगेर वार्ताको प्रस्ताव राखेपछि यी दुई देशबीच भेटवार्ताको चर्चा सुरु भएको हो । सोही वार्ताकै प्रयोजनका लागि यी दुई देशका अधिकारीहरु अनौपचारिक रुपमा हेलसिन्कीमा वार्तामा बस्न लागेका हेलसिन्कीबाट विभिन्न अन...
छुट्टाछुट्टै आगलागीमा २० लाखको क्षति

छुट्टाछुट्टै आगलागीमा २० लाखको क्षति

राजविराज, ४ चैत ।  सप्तरीका छुट्टाछुट्टै ठाउँमा शनिबार साँझ आगलागी हुँदा करिब रु २० लाख मूल्य बराबरको क्षति भएको छ । सप्तरीको सप्तकोसी नगरपालिका–१ फत्तेपुरमा शनिबार साँझ एउटा हार्डवेयर पसलमा आगलागी भएको छ । स्थानीय दीनानाथ रौनियारको हार्डवेयर पसलमा कोही नभएको बेला आगलागी हुँदा रु १५ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरको तल्लो तलामा रहेको पसलमा राखिएको प्लास्टिक, हार...
बोक्सी आरोपमा निर्घात कुटिएकी राधा बोक्सी प्रथाविरुद्ध

बोक्सी आरोपमा निर्घात कुटिएकी राधा बोक्सी प्रथाविरुद्ध

काठमाडौं, ४ चैत । बोक्सी आरोपमा निर्घात कुटिएकी राधा चौधरी बोक्सी प्रथाविरुद्ध लागेकी छन् । अन्तर्राष्ट्रिय महिला दिवसको दिन २४ फागुनमा बोक्सीका नाममा झन्डै ६ घण्टा कुटाइमा परेकी कैलाली घोडाघोडी नगरपालिका–५ देवकलियाकी १८ वर्षीया राधा शुक्रबार आफू कुटिएको गाउँमा पुगेर बोक्सी प्रथाविरुद्धको अभियानमा लागेकी हुन् । ‘अन्तर्राष्ट्रिय महिला दिवसको दिन २४ फागुनमा बोक्सीको नाममा झण्डै ६ घण्टा कुटाइमा पर...
तीन नम्बर प्रदेशमा स्थानीय जनप्रतिनिधिको तलब निर्धारण

तीन नम्बर प्रदेशमा स्थानीय जनप्रतिनिधिको तलब निर्धारण

हेटौँडा, २ चैत ।  प्रदेश नं ३ को  सरकारले स्थानीय जनप्रतिनिधिको तलब सुविधा निर्धारण गरेको छ । प्रदेश नं ३ को मन्त्रिपरिषद्को बिहिवार बसेको बैठकले स्थानीय जनप्रतिनिधिको तलब सुविधा निर्धारण गरेको हो । स्थानीय तहका जनप्रतिनिधिको तलब सुविधा सम्बन्धी विधेयक बैठकबाट पास गरेर संसद्मा पेश गर्न लागिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बताए । प्रदेश नं ३ का सरकारले महानग...
मन्त्रिपरिषद् विस्तार हुँदै, ४ बजे सपथको तयारी

मन्त्रिपरिषद् विस्तार हुँदै, ४ बजे सपथको तयारी

काठमाडौँ, २ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्लाई पूर्णता दिँदै हुनुहुन्छ । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले आज बाँकी सबै मन्त्री तोकिने जानकारी दिनुभयो । राष्ट्रपति कार्यालयले आज अपरान्ह् ४ बजेका लागि शपथ ग्रहणको कार्यक्रम तय गरेको छ । सरकारलाई समर्थन गर्ने दलहरुलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी भएको हो । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)...
धरहरा पुनःनिर्माणका लागि छलफल शुरु

धरहरा पुनःनिर्माणका लागि छलफल शुरु

काठमाडौँ, २ चैत ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २०७२ सालको भूकम्पबाट भत्किएको ऐतिहासिक महत्वको धरहरा पुनःनिर्माणलाई अघि बढाउन सरोकारवाला निकायसँग छलफल शुरु गरेको छ । नेपाल टेलिकमले आफ्नो प्रतिबद्धताबाट पछि हटेर धरहरा पुनःनिर्माण गर्न नसक्ने बताएपछि प्राधिकरणले नै गर्नेबारे छलफल अघि बढाएको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको संयोजकत्वमा बिहीबार बसेको बैठकमा प्रधानमन्त...
मापसे गर्ने १५ लाखभन्दा बढी चालक कारवाहीमा

मापसे गर्ने १५ लाखभन्दा बढी चालक कारवाहीमा

काठमाडौँ, २ चैत ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १५ लाख आठ हजार ५०९ जनालाई कारबाही गरेको छ । महाशाखाले विसं २०६९ मंसिर २२ गतेदेखि हालसम्म उपत्यकामा विभिन्न समयमा मापसे गरी सवारी चलाउने चालकलाई कारबाही गरेको हो । जसमध्ये पहिलोपटक १२ लाख ३४९, दोस्रो २५ हजार ४६१, तेस्रो आठ हजार ३४१, चौंथो दुई हजार ९२६ र पाँचांैपटक एक हजार ४९ चालक कारबाहीमा परेका छन् ।...
विश्वकपको टिकट बेच्न खुलेका आठ सय अनलाईन बन्द

विश्वकपको टिकट बेच्न खुलेका आठ सय अनलाईन बन्द

मस्को, २ चैत । विश्वकप प्रतियोगिताको टिकट विक्री गर्ने भनी विश्व फुटवल महासंघ टिकट बुकिङ खुल्नु पहिले नै गैरकानूनी रूपमा टिकट बेच्ने तयारीमा रहेका आठ सय भन्दा बढी वेभसाईटहरुलाई रसिया सरकारले बन्द गरिदिएको छ । विश्व फुटबलको नियमक निकाय फिफाले फुटबल प्रतियोगिताको खेल हेर्नका लागि टिकट बेच्न गैरकानूनी रूपमा बनाइएका वेबसाइटहरुलाई बन्द गरिदिएको हो । रसियाका ८५८ ओटा वेभसाइटहरू बन्द गरिएको समाचार स...
कांग्रेस नेता डा. महतलाई बोतल हान्ने पक्राउ

कांग्रेस नेता डा. महतलाई बोतल हान्ने पक्राउ

नुवाकोट, २ चैत।  पूर्व अर्थमन्त्री डा रामशरण महतमाथि बोतल प्रहार गरी दुव्र्यबहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुप्चेश्वर र तादी गाउँपालिका जोड्ने भुतखोल्चीमा बिहीबार पक्की पुलको शिलान्यास कार्यक्रममा पूर्व अर्थमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य महतलाई पानीको बोतल प्रहार गर्ने दुप्चेश्वर–३ का रामहरि खड्कालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी द...
परमाणु बम बनाउने साउदी अरबको चेतावनी

परमाणु बम बनाउने साउदी अरबको चेतावनी

काठमाडौं, २ चैत । साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले इरानले परमाणु बम बनायो भने साउदी अरबले पनि बनाउने बताएका छन् । राजकुमार प्रिन्सले अमेरिकी च्यानल सीबीएस न्युजसँग कुरा गर्दै भनेका छन् ‘हाम्रो देश परमाणु हतियार राख्न चाहँदैन । तर, यो कुरामा शंका छैन । यदि इरानले परमाणु बनायो भने हामी पनि त्यो काम गर्न सक्छौं ।’ सन २०१५ मा विश्वका विभिन्न मुलुकको साथ भएको सम्झौतामा इरानले परमाणु कार्यक्...
एक महिनाभित्र तीन कारागार सञ्चालनमा आउने

एक महिनाभित्र तीन कारागार सञ्चालनमा आउने

काठमाडौँ, २ चैत।  एक महिनाभित्र नेपालमा तीन कारागार सञ्चालनमा आउने भएका छन् । कारागार व्यवस्थापन विभागले दिएको जानकारीअनुसार सिन्धुपाल्चोक, पाल्पा र डोल्पा कारागार सञ्चालनमा आउन लागेको हो । विभागका सूचना अधिकारी कृष्णप्रसाद आचार्यले भूकम्पबाट क्षति पुगेको सिन्धुपाल्चोकको एक हप्ताभित्र र पाल्पा र डोल्पाको नयाँ भवन एक महिनाभित्र सञ्चालनमा आउने जानकारी दिनुभयो । विसं २०७२ वैशाखको भूकम्पले भत्कि...
विश्वको सबैभन्दा खुसी मुलुक फिनल्यान्ड, भारतभन्दा नेपाल अगाडि

विश्वको सबैभन्दा खुसी मुलुक फिनल्यान्ड, भारतभन्दा नेपाल अगाडि

रोम, २ चैत । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्क (सस्टेनेबल डेभलपमेन्ट सोल्युसन नेटवर्क) ले विश्व खुसी दिवसका अवसरमा गरेको सर्वेक्षणको सूची सार्वजनिक गरेको छ । यस शीर्षकमा पछिल्लो वर्ष पहिलो स्थानमा रहेको नर्वे यसवर्ष भने दोस्रोमा झरेको छ । सर्वेक्षणका अनुसार अहिले विश्वको सबैभन्दा खुसी मुलुक फिनल्यान्ड रहेको छ । यो मामिलामा नेपाल १०१ औं स्थानमा परेको छ । हाम्रो छिमेकी मुलुक भारत १३३ औ...
स्वेच्छिक अवकाश लिने कर्मचारीको विवरण संकलन सकियो

स्वेच्छिक अवकाश लिने कर्मचारीको विवरण संकलन सकियो

काठमाडौँ, १ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीको विवरण संकलन सकिएको जनाएको छ । गत फागुन १३ गतेदेखि अवकाश दिनका लागि निवेदन दिएका कर्मचारीको विवरण संकलन सकिएको मन्त्रालयको स्वेच्छिक अवकाश इकाइ शाखाका प्रमुख धर्मराज रोकायाले बताउनुभयो । जिल्लाबाट विवरण पठाउनुपर्ने भएकाले विवरण संकलनमा समय लागेको उहाँको भनाइ थियो । प्रमुख रोकायाका अनु...
लामालाई दश दिन म्याद थप गरी अनुसन्धान

लामालाई दश दिन म्याद थप गरी अनुसन्धान

काठमाडौँ, १ चैत । स्थानीय गौशालामा बुधबार राति पक्राउ परेका गणेश लामालाई प्रहरीले १० दिनको म्याद थप गरी अनुसन्धान शुरु गरेको छ । प्रहरीले आज जिल्ला प्रशासन कार्यालय काठमाडौँमा म्याद थप गरी अनुसन्धान शुरु गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहन थापाले जानकारी दिनुभयो । प्रवक्ता थापाले लामामाथि हातहतियार तथा खरखजना ऐनमा मुद्दा चलाइने जानकारी दिनुभयो । हातहतियार तथा खरखजना ऐनअन्तर्गत...
शुक्रबार त्रिविका क्याम्पसमा बिदा

शुक्रबार त्रिविका क्याम्पसमा बिदा

काठमाडौँ, १ चैत । त्रिभुवन विश्वविद्यालयले पूर्वउपकुलपति डा गोविन्द शर्माको निधनमा शोक मनाउन शुक्रबार देशभरका आंगिक क्याम्पसमा बिदा दिने भएको छ । उहाँको रुसको सेन्ट पिटर्सबर्गमा कलेजोको शल्यक्रियापछि गए राति ७५ वर्षका उमेरमा निधन भएको हो । विसं २०५९ मा उपकुलपति हुनुभएका डा शर्माको शव आज काठमाडौँ ल्याई त्रिवि स्मृति भवनमा शोकसभा गरिएपछि शुक्रबारका लागि बिदा दिइएको रजिष्ट्रार डिल्लीराम उप्रेतीले...
छोरीको हत्यारा आमालाई कैद सजाय

छोरीको हत्यारा आमालाई कैद सजाय

लहान, १ चैत । नाबालिका छोरीको हत्या गरेको ठहर गर्दै सिरहा जिल्ला अदालतले आज सिरहाको धनगढीमाइ नगरपालिका–१२ की हीरा खड्कालाई एक वर्ष पाँच महिना कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश देवेन्द्र पौडेलको इजलाशले एक वर्षीया नाबालिक छोरी दिलसा खनाललाई गत भदौ ३० गते घर छेउकै सार्वजनिक इनारमा फाली हत्या गरेको ठहर गर्दै खड्कालाई कैद सजायको फैसला गरेको जिल्ला सरकारी वकिल जुद्धबहादुर आलले जानकारी दिनु...
राष्ट्रियसभा अध्यक्षद्वारा शपथ ग्रहण

राष्ट्रियसभा अध्यक्षद्वारा शपथ ग्रहण

काठमाडौँ, १ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई आज पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । नेकपा (एमोल)का नेता तिमिल्सिनालाई संघीय संसद् भवन नयाँ बानेश्वरमा बुधबार बसेको राष्ट्रियसभाको बैठकले अध्यक्षमा निर्वाचित गरेको थियो । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, कामु प्रधानन्यायाधीश, मन्...
पराजुलीलाई बाध्य पारेर राजीनामा दिन लगाइयो: कानुन व्यवसायी

पराजुलीलाई बाध्य पारेर राजीनामा दिन लगाइयो: कानुन व्यवसायी

काठमाडौँ, १ चैत । कानुन व्यवसायीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई राजीनामा दिन बाध्य बनाइएको विचार व्यक्त गरेका छन् । रिर्पोर्टस क्लब नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा वरिष्ठ अधिवक्ता रामनारायण विडारीले न्यायपरिषद्को सचिवलाई प्रधानन्यायाधीशका बारेमा बोल्ने अधिकार नभएकाले जवर्जस्ती राजीनामा दिन बाध्य पारेको बताउनुभयो । ‘प्रधानन्यायाधीशलाई न्यायपरिषद्को सचिवले हटाउन पाउने व्यवस्था कहि...
कैलाली घटनाका अभियुक्त सार्वजनिक

कैलाली घटनाका अभियुक्त सार्वजनिक

कैलाली, १ चैत । जिल्ला प्रहरी कार्यालय कैलालीले बोक्सी आरोप लगाई कुटपिटमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुलाई आज सार्वजनिक गरेको छ । कैलाली, घोडाघोडी नगरपालिका–५ देउकलिया गाउँकी राधा चौधरीलाई गत फागुन २४ गते बोक्सीको आरोपमा निर्घात कुटपिट गरेको अभियोगमा पक्राउ परेका सोही ठाउँका २३ वर्षीय भोलेबाबा भनिने रामबहादुर चौधरी र उनलाई सघाउने किस्मती चौधरी र स्मारिका चौधरीलाई पत्रकार सम्मेलनमार्फत सार्वज...
राष्ट्रपतिलाई सार्क महासचिवको बधाई

राष्ट्रपतिलाई सार्क महासचिवको बधाई

काठमाडौँ, १ चैत । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिमा विद्यादेवी भण्डारी पुनःनिर्वाचित हुनुभएकोमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव अमजद बी सियालले हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । राष्ट्रपति भण्डारीलाई सार्कका आठ वटै सदस्य मुलुकका कूटनीतिक एवं सचिवालयका कर्मचारीका तर्फबाट आज एक पत्र पठाउँदै महासचिव सियालले बधाई ज्ञापन गर्नुभएको हो । पत्रमा नेपालले तीन वटा ...
प्रधानन्यायाधीश पराजुलीद्वारा राजीनामा

प्रधानन्यायाधीश पराजुलीद्वारा राजीनामा

काठमाडौँ, १ चैत ।  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आज पदबाट राजीनामा दिनुभएको छ । उमेरसम्बन्धी विवादमा पर्नुभएका पराजुलीलाई न्यायपरिषद्का सचिवले गत साउन २१ मै अवकाश भइसकेको भनी बुधबार पत्राचार गरेपछि आज उहाँले शीतल निवास पुगी पदबाट राजीनामा दिनुभएको हो । राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशव घिमिरेका अनुसार संविधान बमोजिम अवकाश प्राप्त प्रधानन्यायाधीश...
error: Content is protected !!