जलवायु परिवर्तनका कारण नेपाल जोखिममा परेको चेतावनी

जलवायु परिवर्तनका कारण नेपाल जोखिममा परेको चेतावनी

काठमाडौं, १५ चैत ।  अनुसन्धानकर्ताहरुले नेपालमा जलवायु परिवर्तनका कारण मानव स्वास्थ्य जटिल बन्दै गएको चेतावनी दिएका छन् ।  जलवायु परिवर्तनकै कारण एक वर्ष अघि जाजरकोटलगायतका जिल्लाहरुमा झाडापखालाको महामारी फैलिएको पनि विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदका बरिष्ठ अनुसन्धान अधिकृत डा.मेघनाथ धिमालले जलवायु परिवर्तनकै कारण जाजरकोटमा एक वर्षअघि झाडापखालाको महामारी फैल...
धनुषामा एक १३ वर्षीया बालिका सामूहिक बलात्कृत

धनुषामा एक १३ वर्षीया बालिका सामूहिक बलात्कृत

महेन्द्रनगर, धनुषा, १५ चैत । धनुषामा गएराति एक १३ वर्षीया बालिका सामूहिक बलात्कृत भएकी छिन् । यदुकोहा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पवन झाका अनुसार बुधबार राति घरमा कोही नभएको मौका छोपी सहिदनगर नगरपालिका– ८ बिसरभोरा बस्ने ३२ वर्षीय भुट्टाई भनिने मनोज नरसरिया र ३० वर्षीय दीपेश बिराजीले बालिका बलात्कार गरेका हुन् । आरोपीद्वयले बालिकाका आमाबुबा बाहिर गएको मोका छोपी बालिकालाई हात मुख ब...
आमाको उपचार गर्न आएकी युवती नक्कली डाक्टरबाट बलात्कृत

आमाको उपचार गर्न आएकी युवती नक्कली डाक्टरबाट बलात्कृत

काठमाडौं, १५ चैत । काठमाडौं गंगालाल अस्पतालमा आमाको उपचार गर्न आएकी २३ वर्षीय युवती नक्कली डाक्टरबाट बलात्कृत भएकी छन् । अस्पतालमा आमाको उपचारका लागि पुगेकी ती युवतीलाई आफू पनि डाक्टर भएको बताउँदै पाल्पा तानसेन–११ घर भइ हाल काठमाडौं–२६ बस्दै आएका २७ वर्षीय अर्जुन कोइरालाले बलात्कार खुलेको काठमाडौं प्रहरी परिसरले जनाएको हो । ती महिलालाई अर्जुनले आफ्नो नाम सन्तोष घले बताएर अस्पतालका डाक्टरहरुसँग...
भेनेजुएलाको कारागारमा झडप, बन्दीगृहमा आगलागी हुँदा ६८ को मृत्यु

भेनेजुएलाको कारागारमा झडप, बन्दीगृहमा आगलागी हुँदा ६८ को मृत्यु

काराकस, १५ चैत । भेनेजुएलाको भ्यालेन्सिया सहरमा रहेको एक कारागार र त्यससँगैको प्रहरी चौकीमा थुनुवा र सुरक्षाकर्मीबीचको झडप र त्यसपछिको आगलागीमा परी ६८ जनाको ज्यान गएको समाचार छ । उक्त सहरमा रहेको कारागार र त्यससँगैको प्रहरी चौकीमा अकस्मात दंगा फैलिएपछि त्यहाँ आगलागी सुरु भएको थियो । कतिपयको आगोमा जलेर ज्यान गएको छ । केही आगलागीको घटनामा परेर तथा अरु कतिपय आपसी हानाहानमा परी कम्तीमा ६८ जनाको ज्या...
काठमाडौंको महाराजगञ्जमा फ्ल्याटै भाडामा लिएर यौन धन्दा, दुई जना समातिए

काठमाडौंको महाराजगञ्जमा फ्ल्याटै भाडामा लिएर यौन धन्दा, दुई जना समातिए

काठमाडौं, १५ चैत । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले फ्ल्याटै भाडामा लिएर यौन धन्दा चलाउँदै आएका दुई जना डान्स बार सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं–२६ मा रहेको साकिरा डान्स बारका सञ्चालक पोखराको लेखनाथ–१७ का २६ वर्षीय राजु थापा र उनकी श्रीमति २६ वर्षीय कीदिपा भनिने पम्फा लामिछाने थापा छन् । प्रहरीका अनुसार उनीहरुले डान्स बारको बहानामा नजिकै छुट्टै फ्ल्याट भाडामा लिएर यौन...
हेटौंडाबाट राजधानी नसार्न चेतावनी दिदै प्रदर्शन

हेटौंडाबाट राजधानी नसार्न चेतावनी दिदै प्रदर्शन

हेटौंडा, १५ चैत ।  प्रदेश ३ को राजधानी हेटौंडाबाट सार्ने प्रस्तावको बिरुद्ध हेटौंडाडामा बिहीबार विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पसको अगुवाइमा विद्यार्थीले हेटौडालाई नै स्थायी राजधानी बनाउन माग गर्दै प्रदर्शन गरेका हुन् ।   बुधवार प्रदेशसभा सचिवालयमा काभ्रेलाई राजधानी बनाउनुपर्ने प्रस्ताव दर्ता भएपछि हेटौंडामा आन्दोलन शुरु भए...
नेपाल र जापानको सम्बन्ध ऐतिहासिक

नेपाल र जापानको सम्बन्ध ऐतिहासिक

काठमाडौँ, १५ चैत । वाङ्मय शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीले नेपाल र जापानको कला र संस्कृतिको सम्बन्ध ऐतिहासिक रहेको बताउनुभएको छ । नेपाल कल्चर एक्सचेन्ज एशोसिएसनद्वारा आज आयोजित नेपाली तथा जापानीज कलाकारको सांस्कृतिक प्रस्तुति आदानप्रदान कार्यक्रमको उद्घाटन गर्दै उहाँले दुई देशबीचको धार्मिक, सांस्कृतिक एवं आध्यात्मिक संस्कार मिल्दोजुल्दो भएको चर्चा गर्नुभयो । संस्कृतिविद् जोशीले...
अवैध सम्बन्ध राखेको भन्दै यातना दिइएका महिला, पुरुष गाउँबाट विस्थापित

अवैध सम्बन्ध राखेको भन्दै यातना दिइएका महिला, पुरुष गाउँबाट विस्थापित

गौशाला, १५ चैत्र । गत शनिबार महोत्तरी जिल्लाको सोनमा गाउँपालिका वडा नम्बर ७ सुन्दरपुरमा जेठाजुसँग बुहारीले अवैध सम्बन्ध राखेको आरोप लगाउँदै वडा अध्यक्षले जेठाजु र बुहारी दुवै जनालाई हातखुट्टा बाँधेर चरम यातना दिएपछि दुवै महिला, पुरुष गाउँबाट विस्थापित भएका छन् । सोनमा गाउँपालिका–७ सुन्दरपुरका वडा अध्यक्ष महेश (महेशी) यादवले स्थानीय ५५ वर्षीय इसराफिल बैठा धोबी र उनका भाइ बुहारी ३५ बर्षीया सैरुल ...
पञ्चायतका नाममा वडा कार्यालयमै हिंसा, थप यातनाको डरले पीडित फरार

पञ्चायतका नाममा वडा कार्यालयमै हिंसा, थप यातनाको डरले पीडित फरार

महोत्तरी,१५ चैत । कैलालीकी राधा चौधरीमाथि निर्मम कुटपिट भएको घटना सेलाउन नपाउँदै महोत्तरीमा एक महिलामाथि कुटपिट र दुर्व्यवहार भएको छ । महोत्तरीको सुन्दरपुरमा रहेको सोन्मा गाउँपालिका (७ को वडा कार्यालयमै महिलामाथि कुटपिट र दुर्व्यवहार भएको हो । घटनामा वडाअध्यक्ष महेश (महेशी) यादवलेको प्रत्यक्ष संलग्नता पाइएको छ । सोही ठाउँका जेठाजु र बुहारीबीच नाजायज सम्बन्ध रहेको भन्दै फैसला गर्न वडा कार्यालयमा ब...
काठमाडौंको फर्पिङमा बस दुर्घटना, २ को मृत्यु, २२ घाइते

काठमाडौंको फर्पिङमा बस दुर्घटना, २ को मृत्यु, २२ घाइते

काठमाडौं, १५ चैत । काठमाडौंको दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको यात्रुबाहक बस बिहीबार बिहान  दुर्घटनामा परेकाे छ । बा १ ख ९९९९ नम्बरको बस फर्पिङ भञ्जायङमा दुर्घटना भएकाे हाे । दुर्घटनामा २ जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुर्घटनाको पुष्टि गर्दै मृतकको सनाखत हुन नसकेको जनाएको छ । प्रहरीका अनुसार, घाइतेलाई स्थानीय अस्पतालमा उपचारका लागि लैजान...
बलात्कार आरोपमा १० वर्षभन्दा कम उमेरका दुई बालक गिरफ्तार

बलात्कार आरोपमा १० वर्षभन्दा कम उमेरका दुई बालक गिरफ्तार

चितवन, १५ चैत । चितवन खैरहनी नगरपालिका घर भएकी १० वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुई बालकलाई प्रहरीले गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी परेपछि दुई बालकलाई प्रहरीले गिरफ्तार गरेको हो । पीडितका बुबाले बुधबार जाहेरी दिएका हुन् । प्रहरीका अनुसार आरोप लागेका दुई बालक १० वर्षभन्दा कम उमेरका रहेका छन् । घरमा एक्लै सुतेको अवस्थामा दुई छात्र साथी आई एकले घाँटी समाएको र ...
संघीय संसदमा राष्ट्रपतिको पहिलो सम्बोधन आज

संघीय संसदमा राष्ट्रपतिको पहिलो सम्बोधन आज

काठमाडौं, १५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा पहिलोपटक आज सम्बोधन गर्दै छिन् । राष्ट्रिय सभा र प्रतिनिधिसभाको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्न लागेकी हुन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो बैठक २१ फागुनमा बसेको थियो । २९ फागुनमा भण्डारी दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । संघीय संसदको पहिलो अधिवेशनमा दुबै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर...
केन्द्रले कर्णाली प्रदेशलाई पठायो थोत्रा गाडी

केन्द्रले कर्णाली प्रदेशलाई पठायो थोत्रा गाडी

सुर्खेत, १४ चैत्र ।  कर्णाली प्रदेशमा केन्द्र सरकारले थोत्रा गाडी पठाएपछि यहाँका मन्त्रीहरु हैरान भएका छन् । केन्द्रले पठाएका गाडीहरु मर्मत गर्दै, चढ्दै गरेर कर्णाली प्रदेशका मन्त्रीहरु हैरान भएका हुन् । प्रधानमन्त्री कार्यालयबाट बा १ झ ९१८८ नम्वरको स्कार्पियो गाडी दिइएको छ । उपलव्ध गराएको गाडीको अवस्था हेर्दा मर्मत नगरी चढ्न नै समस्या छ । ९८ हजार किलोमिटर गुडेको, बढी मर्मत गर्नुपर्ने, टर्बोमा स...
चितुवाको छालासहित एक पक्राउ

चितुवाको छालासहित एक पक्राउ

दाङ, १५ चैत । दाङ प्रहरीले चितुवाको छालासहित एकजनालाई पक्राउ गरेको छ । अवैध दुर्लभ छाला ओसारपसार तथा बिक्री वितरण गर्दै आएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी निरीक्षक धनदेव साउदको कमाण्डमा खटिएको विशेष प्रहरी टोलीले घोराही उपमहानगरपालिका—१७ चौघेरामा डेरा गरी बस्ने २० वर्षीय सुनिल सुनारलाई एकथान चितुवाको छाला र आठवटा दाँतसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयले...
सार्वजनिक विदा घट्यो, ०७५ सालमा कति दिन हुन्छ विदा ?

सार्वजनिक विदा घट्यो, ०७५ सालमा कति दिन हुन्छ विदा ?

काठमाडौँ, १४ चैत । सरकारले विसं २०७५ का लागि सार्वजनिक बिदा स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न सार्वजनिक बिदा कटौती गर्ने र कार्यदिन बढाउने उद्देश्यले वर्षभरीमा जम्मा बिदा ८९ दिन कायम गर्ने निर्णय गरेको छ । यसअघि वर्षभरीमा १०४ दिन बिदा हुँदै आएको थियो । सम्बन्धित धर्म, सम्प्रदाय र क्षेत्रका लागि प्रस्ताव गरिएका बिदाको दिन २२ र सब...
स्थानीय तहको अन्तरिम संगठन संरचना तथा कर्मचारी दरबन्दी स्वीकृत

स्थानीय तहको अन्तरिम संगठन संरचना तथा कर्मचारी दरबन्दी स्वीकृत

काठमाडौँ, १४ चैत । सरकारले स्थानीय तहको अन्तरिम संगठन संरचना तथा कर्मचारी दरबन्दीलाई स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आज साँझ बालुवाटारमा बसेको बैठकले ८३० स्थानीय तह(७५३ र जिसस ७७)मा खटिने प्राविधिक र प्रशासनिक गरी ५७ हजार ३५४ दरबन्दी स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । बैठकले संघमा रहने २१ मन्त्रालयको पनि सांगठनिक संरचना र दरबन्दीसम्बन्धी...
भारतीय पक्षले महाकालीमा एकपक्षीय पुल लगायो

भारतीय पक्षले महाकालीमा एकपक्षीय पुल लगायो

दार्चुला, १४ चैत ।  भारतीय पक्षले व्यास गाउँपालिकाको वडा नम्बर २ मा पर्ने अन्तराष्ट्रिय सीमानदी महाकालीमा फेरी अस्थायी काठे पुल लगाएको छ । व्यास गाउँपालिका वडा नम्बर २ दुम्लिङ्गका बासिन्दाले भारतीय पक्षले लगाएका पुल धमाधम भत्काए पछि फेरी पुल लगाएर नेपाली भुमि मिच्न खोजेको छ । व्यासका २ दुम्लिङ्गका बासिन्दाले राप्लाको तल्लो दुम्लिङ्गस्थित महाकाली नदीमा आफूहरुलाई भारतीय पक्षले अस्थायी पुल राख्न अव...
कूटनीतिज्ञसँग भेटका लागि परराष्ट्रसँग स्वीकृत लिन मन्त्रालयको निर्देशन

कूटनीतिज्ञसँग भेटका लागि परराष्ट्रसँग स्वीकृत लिन मन्त्रालयको निर्देशन

काठमाडौँ, १४ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारीले विदेशी कूटनितिज्ञसँग भेटघाट गर्नका लागि परराष्ट्र मन्त्रालयको स्वीकृत लिएर मात्र भेट्न निर्देशन दिएको छ । मन्त्रालयको आज बसेको सचिवस्तरिय बैठकले नेपालस्थित विदेश नियोग र नेपाल भ्रमणमा आउने अन्य विदेशी पदाधिकारीसँग भेटघाट गर्दा अनिवार्य रुपमा परराष्ट्र मन्त्रालयको स्वीकृत लिएर मात्र भेट्न निर्देशन दिएको मन्त...
गैरकानूनी रुपमा सडक विस्तार नगर्न पीडितको माग

गैरकानूनी रुपमा सडक विस्तार नगर्न पीडितको माग

काठमाडौँ, १४ चैत ।  उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले संविधान, कानून र नेपालले हस्ताक्षर गरेको महासन्धि विपरीत सडक विस्तार रोक्न माग गर्दै प्रदर्शन गरेका छन् । माइतीघर मण्डलामा उपत्यकाका विभिन्न भागबाट जम्मा भएका सडक विस्तार पीडितले धर्ना शुरु गरेपछि केही प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको थियो । ऐतिहासिक, सांस्कृतिक, धार्मिक सम्पदा बस्तीको पहिचानलाई मेटाउन सडक विस्तार भएको ...
प्रधानमन्त्रीको भारत भ्रमणका लागि गृहकार्य शुरु

प्रधानमन्त्रीको भारत भ्रमणका लागि गृहकार्य शुरु

काठमाडौँ, १४ चैत । नेकपा (एमाले) का नेता डा राजन भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको एजेण्डा तय गर्न आन्तरिक गृहकार्य शुरु भइसकेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा नेता भट्टराईले आसन्न भारत भ्रमणमा दुई देशबीचको कूटनीतिक सम्बन्ध बलियो बनाउने र आर्थिक विषयमा कुराकानी हुने जानकारी दिनुभयो । भ्रमणका समय धेरै कुरामा हात हाल्ने भन्दा पनि महत्वप...
सडक विस्तारको विरोध गर्नेमाथि प्रहरीले हान्यो पानीको फोहोरा र अश्रुग्यास

सडक विस्तारको विरोध गर्नेमाथि प्रहरीले हान्यो पानीको फोहोरा र अश्रुग्यास

काठमाडौं, १४ चैत। सडक विस्तारको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीयबासीमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेको छ । काठमाडौं उपत्यकामा सडक विस्तार, फास्टट्रयाक, बाहिरी चक्रपथ निर्माण पीडितहरु प्रदर्शन गरेका थिए । माइतीघर मण्डलाबाट सुरु भएको प्रर्दशन नयाँ बानेश्वरसम्म आएको थियो । बानेश्वरमा सडक अवरुद्ध पार्दै प्रदर्शनकारीहरु सडकमै सुतेपछि प्रहरीले हटाउन खोजेपछि तनाव बढ्यो । प्रहरीले वानी...
प्रतिपक्षलाई बेवास्ता गरिन्न – अध्यक्ष तिमिल्सिना

प्रतिपक्षलाई बेवास्ता गरिन्न – अध्यक्ष तिमिल्सिना

काठमाडौंँ, १४ चैत। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभालाई प्रतिपक्षको आडभरोसा र भावना मुखरित गराउने थलो बनाउन आफूले भूमिका खेल्ने बताउनुभएको छ । सञ्चारकर्मीसँग आज सिंहदरबारमा भएको अन्तरक्रियामा उहाँले राष्ट्रियसभा सञ्चालन गर्दा प्रतिपक्षको सबै कुरालाई ध्यान दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्ष तिमिल्सिनाले भन्नुभयो–‘‘लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्ष, सानो र ...
वैशाख ७ मा ‘स्वर्ग मेरो गाउँ’

वैशाख ७ मा ‘स्वर्ग मेरो गाउँ’

माघ १२ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘स्वर्ग मेरो गाउँ’ अब वैशाख ७ गतेबाट रिलिज हुने भएको छ । विविध कारणले माघमा रिलिज हुन नसकेको यो चलचित्रलाई वैशाखमा सारिएको निर्माता तथा निर्देशक रामकृष्ण बजगाइँले जानकारी दिएका छन् । यो चलचित्रले शहरबाट गाउँ घुम्न गएका यूवतीहरुले गाउँलाई नै स्वर्ग बनाउनका लागि गरेको कामको कथालाई उठान गरेको छ । चलचित्रमा नायक नरेन खड्काको साथमा रामकृष्ण बजगाँइ, भावना ग...
ससुरालीमा दुई ज्वाइँबीच छुरा हानाहान, एक जनाको हत्या

ससुरालीमा दुई ज्वाइँबीच छुरा हानाहान, एक जनाको हत्या

पर्सा, १४ चैत ।  पर्साको जगरनाथपुरमा ससुरालीमा आएका ज्वाइँबीच छुरा हानाहान हुँदा एक जनाको हत्या भएको छ । साढुुदाइले छुराले हानेर साढुभाइको हत्या गरेका हुन् । जगरनाथपुर गाउँपालिकाको वडा नम्बर–४, लंगडीमा ससुराली गएका साढुदाइ र भाइबीच रक्सी पिएपछि झगडा हुँदा छुरा प्रहार भएको हो । भारत बिहारको बेतिया जिल्लाको कठिया मठिया निवासी साढुदाइ बिजुली मुखिया बिनले ३० वर्षीय साढुभाइ उमेश मुखिया बिनलाई छुराले ह...
प्रधानमन्त्रीले बैसाख १ गते रारा तालबाट देशबासीका नाममा सम्वोधन गर्ने

प्रधानमन्त्रीले बैसाख १ गते रारा तालबाट देशबासीका नाममा सम्वोधन गर्ने

काठमाडौं, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट वैशाख १ गते देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन बर्ष २०७५ को उद्घाटन गर्न रारा ताल जाने कार्यक्रम रहेकोले सोही स्थानबाट देशवासीलाई सम्बोधन गर्ने भएका हुन्। नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को ७ महाअधिवेशनको बुधबार राधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जानकारी दिएका हुन्। ‘कर्णाल...
१६ बर्षकी किशोरीले आफ्नै दाजुमाथि लगाइन् बलात्कारको आरोप

१६ बर्षकी किशोरीले आफ्नै दाजुमाथि लगाइन् बलात्कारको आरोप

गुल्मी, १४ चैत। गुल्मी–गुल्मीबाट एउटा दर्दानक घटना बाहिर आएको छ । आफ्नै सहोदर दाईले बहिनीलाई बलात्कार गरेको आरोपसहितको घटना सतहमा आएको छ ।  बुधवार जिल्ला प्रहरी कार्यालय गुल्मीमा आफ्नै दाजुबाट वलात्कृत भएको भन्दै एक किशोरीले मुद्धा दायर गरेकी छन् । घटना चैत्र १२ गते दिउँसो ३ वजेर १५ मिनेटको हो ।  गुल्मीकै धुर्कोट गाउँपालिका–५ स्थित घरमै बसेकी १६ बर्षीय बहिनीमाथि अत्याचार भएको बताइएको छ । दाजुको उ...
सुशील थापा बसभित्रै मृत फेला

सुशील थापा बसभित्रै मृत फेला

कञ्चनपुर, १४ चैत । कञ्चनपुर महाकाली नगरपालिका-१ कञ्चभोजका ५० वर्षीय सुशील थापा बुधबार बसभित्रै मृत फेला परेका छन् । कास्कीको पोखराबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना ४ख८८४९ नं को बसभित्र उहाँ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय  निकुञ्जकोे अर्जुनी चेकपोष्टमा बसको बोनटमा सुतेका थापा चेकजाँचका क्रम...
म्यानमारको राष्ट्रपतिमा उ विन मिन्त निर्वाचित

म्यानमारको राष्ट्रपतिमा उ विन मिन्त निर्वाचित

नेपित्व, १४ चैत । म्यानमारको राष्ट्रपतिमा उ विन मिन्त निर्वाचित हुनुभएको छ । उहाँ सत्तारुढ दलका उम्मेदवार हुनुहन्थ्यो । मिन्त म्यानमारका विदेशमन्त्री आङ सान सुकीको दलका र उहाँको एकजना निकटस्थ व्यक्ति हुनुहुन्छ । सन् १९४८ पछि उहाँ म्यानमारको १० औँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । संसदमा ६३६ जना सांसदले मतदान गरेकोमा उहाँले ४०३ मत प्राप्त गर्नुभएको थियो । म्यानमारको युनियन संसदले बुधबार...
आधुनिक प्रविधि नहुँदा ठगी गिरोह पक्रन कठिन

आधुनिक प्रविधि नहुँदा ठगी गिरोह पक्रन कठिन

काठमाडौँ, १४ चैत । आधुनिक प्रविधि नहुँदा सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोहलाई नियन्त्रणमा लिन महानगरीय प्रहरीलाई समस्या परेको छ । अनलाइन ठगी नेपालबाट भन्दा पनि बाहिरी देशबाट हुने हुँदा प्रहरीलाई समस्या भएको हो । सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोह नै रहेको तर प्रहरीले ठगीको प्रमुख नाइकेलाई हालसम्म फेला पार्न नसकेको महानगरीय प्रहरी परिसर, टेकुका मुद्दा शाखाका प्रमुख एंव प्रहरी निरीक्षक मो...
नेपाल रेडक्रसलाई ८० लाख सहयोग

नेपाल रेडक्रसलाई ८० लाख सहयोग

काठमाडौँ, १४ चैत । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले सन् २०१८ मा सञ्चालन गर्ने कार्यक्रमका लागि रेडक्रसको अन्तर्राष्ट्रिय समिति(आइसीआरसी)ले करीव  ८० लाख सहयोग गर्ने भएको छ । रेडक्रसका आधाभूत सिद्धान्त, पारिवारिक सम्पर्कको पुनःस्थापना, सुरक्षित पहुँच, समावेशीकरणको अभिवृद्धिजस्ता गतिविधि सञ्चालनमा नेपाल रेडक्रसले सो रकम खर्च गर्ने छ । आइसीआरसीका नेपाल प्रतिनिधि आन्द्रे पाकेट र नेरेसोका महामन्त्र...
चुरे संरक्षण र काठमाडौंको फोहोर व्यवस्थापनमा जापानी राजदूत मासासीको चासो

चुरे संरक्षण र काठमाडौंको फोहोर व्यवस्थापनमा जापानी राजदूत मासासीको चासो

काठमाडाैं, १४ चैत । नेपालका लागि जापानी राजदूत ओगावा मासासिले काठमाडौंको फोहोर व्यवस्थापन तथा तराईं, मधेसको चुरे संरक्षणमा चासो देखाएका छन् । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग बुधबार भेट गरी राजदूत ओगावा मासासिले वातावरण संरक्षणमा चासो देखाएका हुन् । राजदूत मासासिले मन्त्री बस्नेतलाई जापान सरकारका तर्फबाट कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै वन तथा वातावरण संरक्षणका क्षेत्रमा थप सह...
error: Content is protected !!