नयाँ पत्रिका

चितवन, १५ चैत चितवन खैरहनी नगरपालिका घर भएकी १० वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुई बालकलाई प्रहरीले गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी परेपछि दुई बालकलाई प्रहरीले गिरफ्तार गरेको हो । पीडितका बुबाले बुधबार जाहेरी दिएका हुन् ।

प्रहरीका अनुसार आरोप लागेका दुई बालक १० वर्षभन्दा कम उमेरका रहेका छन् । घरमा एक्लै सुतेको अवस्थामा दुई छात्र साथी आई एकले घाँटी समाएको र अर्कोले जबरजस्ती गरेको बालिकाले बताएकी छिन् । आरोपित बालकलाई बुधबार नै गिरफ्तार गरी अनुसन्धान थालिएको चितवन प्रहरीले जनाएको छ ।

Advertisement

गत ११ चैतको मध्याह्न घटना भएको हो । शौचालयबाट फर्कने क्रममा आमाले छोरीको योनी भाग असामान्य देखेपछि घटना बाहिर आएको हो । घटना भएको २४ घन्टापछि मात्र पीडित बालिकालाई उपचारका लागि भरतपुर ल्याइएको थियो ।

स्वास्थ्यमा सुधार
अस्पतालमा उपचाररत बालिकाको स्वास्थ्य अवस्थामा केही सुधार आएको उनको बुबाले बताए । मंगलबारको तुलनामा बुधबार केही राम्रो भए पनि पूर्ण रूपमा सामान्य अवस्थामा नआएको उनको भनाइ छ । ११ चैतको दिउँसोदेखि बेहोस बालिकाको १३ चैत बेलुकी ६ बजे मात्र होस खुलेको थियो ।

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!