काठमाडौं, १५ चैत ।  अनुसन्धानकर्ताहरुले नेपालमा जलवायु परिवर्तनका कारण मानव स्वास्थ्य जटिल बन्दै गएको चेतावनी दिएका छन् ।  जलवायु परिवर्तनकै कारण एक वर्ष अघि जाजरकोटलगायतका जिल्लाहरुमा झाडापखालाको महामारी फैलिएको पनि विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका बरिष्ठ अनुसन्धान अधिकृत डा.मेघनाथ धिमालले जलवायु परिवर्तनकै कारण जाजरकोटमा एक वर्षअघि झाडापखालाको महामारी फैलिएको जानकारी दिए ।

Advertisement

बिहिबारबाट ललितपुरमा सुरु भएको जलवायु परिवर्तन तथा स्वास्थ्य सम्मेलनमा बोल्दै उनले जलवायु परिवर्तनकै कारण हिमाली भेगमा पनि मलेरिया जस्ता लामखुट्टेबाट सर्ने रोगहरु समेत भेटिएको पनि स्पष्ट पारे ।

बरिष्ठ अनुसन्धान अधिकृत धिमालले जलवायु परिवर्तनबाट मानव स्वास्थ्यमा हुने जोखिम न्यूनिकरणका लागि सरकारले राष्ट्रिय अनुकूलन कार्यक्रम नै तय गरेको पनि स्पष्ट पारे । सरकारले जलवायु परिवर्तनबाट स्वास्थ्य जोखिमलाई सम्बोधन गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम पनि संचालन गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!