काठमाडौँ, १५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्ति र समृद्धिका लागि मुलुकले सक्दो योगदान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

Advertisement

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज अपराह्न सम्बोधन गर्दै उहाँले छिमेकी राष्ट्रलगायत तमाम मित्रसँग मैत्री र सहकार्यको हात बढाउनुपर्ने बताउनुभयो ।

राष्ट्रपतिले नेपाल र नेपालीका विकासका आकांक्षा पूरा गर्न अन्तर्राष्ट्रिय जगत्सँग उचित ढंगले समन्वय गर्दै मुलुकभित्र, छिमेकमा र विश्वशान्ति र समृद्धिका लागि सक्दो योगदान गरौँ भन्नुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!