काठमाडौं, १५ चैत । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले फ्ल्याटै भाडामा लिएर यौन धन्दा चलाउँदै आएका दुई जना डान्स बार सञ्चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं–२६ मा रहेको साकिरा डान्स बारका सञ्चालक पोखराको लेखनाथ–१७ का २६ वर्षीय राजु थापा र उनकी श्रीमति २६ वर्षीय कीदिपा भनिने पम्फा लामिछाने थापा छन् ।

Advertisement

प्रहरीका अनुसार उनीहरुले डान्स बारको बहानामा नजिकै छुट्टै फ्ल्याट भाडामा लिएर यौन धन्दा चलाउने गरेको खुलेको छ ।

‘उनीहरुले युवतीहरुलाईै ५० हजार रुपैयाँ दिने भन्दै प्रलोभन देखाएर ग्राहक मिलाएर यौन कार्य गराउने गरेको खुलेको छ’, काठमाडौं प्रहरी परिसरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विशेष गरी होटलमा बसेका स्वदेशी तथा विदेशी पाहुनालाई लक्षित गरेर सो कार्य गर्ने गरिएको देखिएको छ ।’

थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!