३३ वर्ष बित्दा पनि सडक बनेन
डोटी, १४ चैत। निर्माण कार्य शुरु गरिएको ३३ वर्ष पूरा हुँदा पनि बिपी नगर– बोगटान– दिपायल सडकले पूर्णता पाउन सकेको छैन ।
कैलालीका दुई र डोटीका चारवटा गाउँपालिका जोड्ने दिपायल –बोगटान सडकको अहिलेसम्म ६५ किलोमिटर सडकको ट्र्याक मात्र खोलिएको छ । यो २०४२ सालदेखि निर्माणकार्य थालिएको सडक हो ।
शुरुमा राष्ट्रिय योजनामा परेर काम थालेको भए पनि अहिले प्राथमिकताबाट हटाइएपछि सडक निर्माणले कछुवा गति लिएको...



























