नयाँ दिल्ली, २३ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज एकान्त वार्ता हुने भएको छ । भारतीय समय अनुसार साँझ ६ः३० बजे प्रधानमन्त्री निवास ७ लोककल्याण मार्गमा उनीहरुबीच भेटवार्ता तय भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । ओली र मोदी नेतृत्वको प्रतिनिधमण्डलस्तरीय औपचारिक वार्ता भने शनिवार विहान ११ः३० बजे हैदरावाद हाउसमा हुनेछ ।

Advertisement

यसअघि गत ७ भदौमा राजकीय भ्रमणमा आएका प्रधानमन्त्री शेरबहादुर देउवा र मोदीबीच पनि साँझ एकान्त वार्ता भएको थियो । तर उक्त वार्ताको सूची सार्वजनिक भएको थिएन । औपचारिक वार्ताअघि दुई प्रधानमन्त्रीको वार्तालाई महत्वसाथ हेरिएको छ ।

मोदीसँग भेटवार्ताअघि प्रधानमन्त्री ओली भारतीय उद्योगी व्यवसायीसँग पौने १ बजे नेपालमा लगानीको सम्भावनाबारे बृहत अन्तरक्रियामा सहभागी हुनेछन् । भारतीय विदेश मन्त्रालयको आर्थिक कूटनीति महाशाखाको संयोजनमा तथा भारतीय उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र अशोचामको संयुक्त आयोजनामा दिवाभोजसहित कार्यक्रम हुनेछ । उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका पदाधिकारी पनि सहभागी हुनेछन् ।

प्रधानमन्त्री ओलीले साँझ सवा ५ बजे बाह्रखम्बारोडस्थित नेपाली दुताबासमा नेपाली समुदायसँग भेटवार्ता गर्ने कार्यक्रम छ । एमाले, माओवादी, कांग्रेस र जनमोर्चासम्वद्ध प्रबासी नेपाली संगठनले दिने ज्ञापनपत्र प्रधानमन्त्रीले लिने छन् भने उनीहरुलाई सम्बोधन पनि गर्नेछन् ।

नेपाली दुताबासले प्रधानमन्त्रीको सम्मानमा अपरान्मह ७ः३० बजे आयोजना गर्ने रात्रीभोजमा उनी सरिक हुनेछन् । रात्रीभोजमा दिल्लीस्थित कूटनीतिक र राजनीतिक समुदाय सहभागी हुनेछन् ।

रात्रीभोजअघि प्रधानमन्त्रीलाई भारतीय राष्टिय कंग्रेसका अध्यक्ष राहुल गान्धी, भाजपाका शीर्ष नेताले राष्टपति भवनमा भेटवार्ता गर्ने विदेश मन्त्रालय स्रोतले बतायो । त्यही दिन भारतीय कम्युनिष्ट पार्टी माक्र्सबादीका महासचिव सीताराम यचुरी, पूर्व सांसद डीपी त्रिपाठी लगायत साना दलका नेताले पनि प्रधानमन्त्रीलाई ले भेट्ने कार्यक्रम छ ।

शनिवार विहान प्रधानमन्त्री ओलीलाई राष्टपति भवनमा उच्च सैनिक गारत (गार्ड अनर ) दिनुअघि भारतका समकक्षी नरेन्द्र मोदीले स्वागत गर्नेछन् । शनीवारै प्रधानमन्त्रीले भारतका राष्टपति रामनाथ कोविन्द तथा पराष्टपति बैंकया नायडुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । मोदीसँग विहान राष्टपति भवनमा एकपटक र हैदरावाद हाउसमा दुईवटा बेग्लाबेग्लै वैठक, संयुक्त पत्रकार सम्मेलन र दिवाभोजमा प्रधानमन्त्रीको भेट हुनेछ ।

प्रधानमन्त्रीको कार्यक्रम

चैत २३ शुक्रवार 
  विहान पौने ११ बजे दिल्ली अवतरण
 पौने १ बजे होटल ताज प्यालेसमा इन्डिया नेपाल विजनेस समिटमा सहभागी
०  साँझ सवा ५ बजे नेपाली दुताबसामा नेपाली समुदायसँग अन्तरक्रिया
०  साँझ ६ः३० मा प्रधानमन्त्री मोदीसँग उनको निवास ७ लोक कल्याण मार्गमा भेटवार्ता
०  नेपाली दुताबासद्धारा होटल इम्पेरियलमा आयोजित रात्रीभोजमा सहभागी

चैत २४ गते शनिवार 
०  विहान ९ बजे राष्टपति भवनमा गार्ड अफ अनरसहित सेरेमोनियल रिसेप्सन
०  साँढे ९ बजे राष्टपति रामनाथ कोविन्दसँग शिष्टाचार भेट
०  सवा १० बजे विदेशमन्त्री सुष्मा स्वराजद्धारा शिष्टाचार भेटवार्ता
०  ११ बजे महात्मा गान्धीको समाधीस्थल राजघाटमा द्धिप प्रज्वलन
०  साँढे ११ बजे हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय भेटवाता
०  सवा १२ बजे रिमोटद्धारा वीरगञ्जस्थित एकीकृत जाँचचौकी उद्घाटन र प्रेस ब्रिफिंग
०  साँझ ६ बजे उपराष्टपति बैंकया नायडुसँग शिष्टाचार भेट
०  साढे ७ बजे गृहमन्त्री राजनाथ सिंहद्धारा शिष्टाचार भेट
०  साँझ इन्डिया फाउण्डेशनको कार्यक्रममा सम्बोधन

चैत २५ गते आइतवार
०  विहान उत्तराखण्डको ब्रिडर सिड प्रोडक्सन सेन्टर, एकीकृत कृषि परियोजनाको निरिक्षण, १ बजे गान्धी हलमा मानार्थ विद्यावारिधीको प्रमाणपत्रद्धारा सुशोभित हुने,
०  दिल्ली हुँदै ६ बजे स्वदेश फिर्ता

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!