काठमाडौं, २२ चैत । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षामा फारम भर्न छुटेकालाई दोब्बर दस्तुर र जरिवाना सहित अन्तिम मौका दिने भएको छ । बुधबार बसेको बोर्डको बैठकले आगामी चैत २५ गतेभित्र बुझाउन मौका दिन निर्णय गरेको हो ।
बोर्डका अनुसार देशभर ५ सय ५८ विद्यार्थीहरुले परीक्षा फारम भर्न छुटाएका छन् । बार्डले गरेको निर्णय अनुसार प्रति विद्यार्थी प्रति कक्षा दोब्बर १ हजार २ सय का दरले शुल्क, सम्बन्धित विद्यालयलाई एकमुष्ट ३ हजार रुपैयाँ जरिवाना र प्रअलाई सचेत गराई छुट फारम भर्न लगाइने छ ।
कक्षा १२ को परीक्षा बैशाख १४ गतेदेखि २७ गतेसम्म तथा कक्षा ११ को परीक्षा बैशाख ३० गतेदखि जेठ ९ गतेसम्म सञ्चालन हुँदैछ ।