काठमाडौं, २३ चैत । महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी तस्करीको सुन लुटपाट प्रकरणमा छानबिनमा परेका छन् ।

Advertisement

राजधानीका अनुसार, प्रहरीकै मिलेमतोमा ३३ किलो सुन लुटपाट भएको र सो प्रकरण लुकाउन व्यक्ति हत्यासम्म गराएको विषयमा उनी छानबिनमा परेका हुन् ।

सनम हत्या र ३३ किलो सुन प्रकरणमा गृह मन्त्रालयले गृहका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । सो छानबिन समितिले बिहीबार महाशाखा प्रमुख एसएसपी लोहनीलाई प्रहरी प्रधान कार्यालयमा हाजिर गराएर छानबिन गर्न पत्राचार गरेको हो ।

समाचार अनुसार गृह मन्त्रालयले बिहीबार मुख्यालयलाई पत्र लेख्दै लोहनीलाई महाशाखाबाट प्रधान कार्यालयमा बोलाएर छानबिन गर्न निर्देशन दिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!