राजविराज, २२ चैत। सप्तरीको सप्तकोशी नगरपालिका–१ स्थित कपडा पसलमा आज आगलागी भएको छ ।

स्थानीयवासी पर्शुराम खड्काको घरको दोस्रो तल्लामा रहेको घुम्ती कपडा पसलमा विद्युत् चुहावट भई आगलागी हुँदा करिब  १० लाखको क्षति भएको बताइएको छ ।

Advertisement

आगलागीबाट पसलभित्र रहेका विभिन्न प्रकारको कपडा, नगद तथा जिन्सी गरी करीब रु १० लाख मूल्यबराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आगोलाई स्थानीयवासी र इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!