अनलाइनखबर

काठमाडौं, २२ चैत । बलिउड नायक सलमान खानलाई २० बर्ष पुरानो ‘कालो हरिण शिकार’को मुद्दामा जोधपुर अदालतले दोषी ठहर गर्दै २ बर्षको सजाय सुनाएको छ । तर, सजाय आएलगतै सलमान धरौटी तिरेर रिहा भएका छन् ।

Advertisement

यो मुद्दामा सलमानसँगै आरोपी रहेका अन्य कलाकारहरु सैफ अली खान, निलम, तब्बु र सोनाली बेन्द्रेलाई भने अदालतले क्लिन चिट दिएको छ ।

३ बर्ष भन्दा बढीको जेल सजाय भएको भए सलमानले एक रात भएपनि जेलमै बिताउनु पर्ने हुन्थ्यो । तर, अब सलमान जेल जान नपर्ने भएको छ । सरकारी वकिलले जोधपुर हाइकोर्टको फैसलालाई भारतको सुप्रिम कोर्टमा लैजाने बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!