८५ वर्षीय कैदीको उपचारका क्रममा मृत्यु

८५ वर्षीय कैदीको उपचारका क्रममा मृत्यु

महोत्तरी, १३ चैत । महोत्तरी जिल्लाको जलेश्वर कारागारमा रहेका ८५ वर्षीय एक कैदीको सोमबार उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको साविक फुल्काहा गाविस–४ हाल गौशाला नगरपालिका बस्ने ८५ वर्षीय सोनफी दास मुसहर रहेको जलेश्वर कारागारका जेलर शोभेन्द्र ठाकुरले बताए। नकबजनी चोरी मुद्दामा महोत्तरी जिल्ला अदालतको आदेशानुसार २०७४ जेठ ९ गतेदेखि १ वर्ष १५ दिनको कैद काट्दै आएका कैदी मुसहर चैत ६ ग...
आदेश नआए पनि स्वेच्छिक अवकाशको काम चालु

आदेश नआए पनि स्वेच्छिक अवकाशको काम चालु

काठमाडौँ, १२ चैत । प्रधानमन्त्री केपी शर्मा ओली र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबावु पण्डितले स्वेच्छिक अवकाश नदिने भनिरहेका बेला मन्त्रालयले भने स्वेच्छिक अवकाशको कामलाई अगाडि बढाएको छ । मन्त्रालयले स्वेच्छिक अवकाश दिने कर्मचारीको नामावलीको अन्तिम रुप तयार गरेको छ । माथिबाट स्वेच्छिक अवकाशको काम रोक्नू भन्ने आदेश नआएकाले अवकाशको कामकारबाही भइरहेको स्वेच्छिक अवकाश एकाइका प्रमुख धर्मर...
यस्तो छ, प्रदेश ४ मा मुख्यमन्त्रीदेखि स्थानीय तहका पदाधिकारीको सेवा सुविधा

यस्तो छ, प्रदेश ४ मा मुख्यमन्त्रीदेखि स्थानीय तहका पदाधिकारीको सेवा सुविधा

पोखरा, १२ चैत । प्रदेश नं. ४ का मुख्यमन्त्री, मन्त्रीसहित प्रदेशसभाका पदाधिकारी तथा सदस्य र स्थानीय तहका पदाधिकारी तथा सदस्यको पारिश्रमिक एवं सेवा सुविधासम्बन्धी विधेयक आज प्रदेशसभामा प्रस्तुत भएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले मुख्यमन्त्री तथा मन्त्रीले पाउने पारिश्रमिक तथा सुविधाका सम्बन्धमा कानुनी व्यवस्था गर्न बनेको विधेयक, प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमि...
भ्रामक समाचार लेख्नेलाई १० बर्ष जेल सजाय  दिने प्रस्ताव

भ्रामक समाचार लेख्नेलाई १० बर्ष जेल सजाय दिने प्रस्ताव

क्वालालम्पुर, १२ चैत।  मलेसियाको सरकारले भ्रामक समाचार लेख्नेलाई बढीमा दश बर्ष जेल सजाय दिने कानुन बनाउने प्रस्ताव गरेको छ । प्रधानमन्त्री नाजिब रजाकले आफु भ्रामक समाचारबाट धेरै पिडित भएको भन्दै त्यसलाई नियन्त्रण गर्नका लागि यस्तो कानुन आवश्यक रहेको बताए  । प्रस्तावित कानुनको मस्यौदा सोमबार संसदमा प्रवेश गरेको छ । आम निर्वाचन अगाडी नै त्यो कानुन बनिसक्ने अपेक्षा सरकारले गरेको छ । भ्रामक समाचारक...
इयरफोन लगाएर मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु

इयरफोन लगाएर मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु

नवलपरासी, १२ चैत्र । इयरफोन लगाएर मोबाइल चार्ज गर्दै गर्दा कावासोतीमा एक जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका-१ रिठ्ठेपानी निवासी २६ वर्षीय यमबहादुर राना मगर विहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ । प्रहरीका अनुसार राति मोबाइल चार्जमा जोडेर मोबाइलबाट कानमा इयरफोन लगाएर सुतेका उनको करेन्ट लागेर मृत्यु भएको हो । बिहान घरको आफन्तले अबेरसम्म...
बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बाघको आक्रमणबाट एक महिलाको मृत्यु

हेटौँडा, १२ चैत । मकवानपुरको मनहरि गाउँपालिका–७ रमौली प्रतापपुरमा बाघको आक्रमणबाट आज अपराह्न एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । राप्ती नदी किनारामा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट स्थानीयवासी ४१ वर्षीया सरस्वती बर्तौलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक चित्रबहादुर घलेले जानकारी दिनुभयो । घाइते दुईमध्ये एक जना ३६ वर्षीय राजकुमार अर्याल रहेका तर ...
भारतको तेलंगनामा सडक दुर्घटनामा १० को मृत्यु

भारतको तेलंगनामा सडक दुर्घटनामा १० को मृत्यु

नयाँ दिल्ली, १२ चैत ।  भारतको तेलंगनामा सडक दुर्घटनामा परी कम्तीमा पनि १० जना यात्रुको ज्यान गएको समाचार छ । प्राप्त समाचारअनुसार उक्त राज्यको मेन्दोरा भन्ने क्षेत्रमा सडकमा गुडिरहेको एक अटो रिक्सा सडकबाट खोँचमा खस्दा त्यसमा रहेका १० जना यात्रुको ज्यान गएको हो । आइतबार साँझ सो दुर्घटना भएको यहाँको स्थानीय प्रहरीले जानकारी दिएको छ । उक्त राज्यको राजधानी हैदराबादबाट करिब १७० किलोमीटर टाढा सो द...
संसद्मा इयु निर्वाचन प्रतिवेदनको विरोध

संसद्मा इयु निर्वाचन प्रतिवेदनको विरोध

काठमाडौँ, १२ चैत ।  प्रतिनिधिभसाको आजको बैठकमा सांसदहरुले युरोपेली संघ (इयु)को निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलद्वारा प्रस्तुत निर्वाचन प्रतिवेदनले सार्वभौम मुलुकमाथि हस्तक्षेप गरेको भन्दै आपत्ति जनाउनुभएको छ । बैठकमा विशेष समय लिएर बोल्दै नेकपा एमालेका भीम रावलले नेपाली जनताको चाहनामा निर्माण भएको संविधानका प्रावधानमाथि प्रहार हुने गरी इयुले प्रतिवेदन जारी गरेको भन्दै आपत्ति जनाउनुभयो । उ...
रणनीतिक महत्वका बीस प्रसारण लाइन समस्यामा

रणनीतिक महत्वका बीस प्रसारण लाइन समस्यामा

काठमाडौँ, १२ चैत । नेपाल विद्युत् प्राधिकरणले रणनीतिक महत्वका २० प्रसारण लाइन निर्माणको काम आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेपनि कार्यप्रगति भने कछुवाको गतिमा रहेको पाइएको छ । राष्ट्रियरुपमा विद्युत् उपलब्ध गराउन र निर्माणाधिन आयोजनाको विद्युत् उपभोक्ताको घर, आवास तथा औद्योगिक क्षेत्रसम्म पु¥याउन महत्वपूर्ण मानिएका त्यस्ता प्रसारण लाइनमा साझा समस्या रहेका छन् । पटक/पटक सरकारको तर्फबाट...
उपसभामुखद्वारा पार्टी सदस्यताबाट राजीनामा

उपसभामुखद्वारा पार्टी सदस्यताबाट राजीनामा

काठमाडौँ, १२ चैत। उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफू संलग्न दल नेकपा (एमाले) पार्टीको सदस्यलगायत सबै दलीय जिम्मेवारीबाट राजीनामा दिनुभएको छ । उपसभामुख तुम्बाहाङ्फेले आज संघीय संसद् भवनमा पत्रकार सम्मेलन गरी स्थापित संसदीय परम्परा बमोजिम पार्टी सदस्यबाट राजीनामा दिएको जानकारी गराउनुभएको हो । उहाँ यही चैत २ गते एमालेको तर्फबाट प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित हुनुभएको थियो ।
एसइई परीक्षा: सिरहामा दुईजना परीक्षा निरीक्षक पक्राउ

एसइई परीक्षा: सिरहामा दुईजना परीक्षा निरीक्षक पक्राउ

लहान, १२ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत आज सम्पन्न अनिवार्य गणित विषयको परीक्षामा चिट चोराउन सहयोग गरेको भन्दै सिरहाकोे छुट्टाछुट्टै परीक्षा केन्द्रबाट दुई निरीक्षकलाई पक्राउ गरिएको छ । परीक्षार्थीलाई चिट चोर्न सहयोग गरेको भन्दै परीक्षा अनुगमन टोलीले चन्द्रउदयपुर मावि परीक्षा केन्द्रबाट परीक्षा निरीक्षक यमुना राउत रसोनवर्षा मावि परीक्षा केन्द्रबाट परीक्षा निरीक्षक शैलेश यादवलाई प...
एसइईमा ‘होम सेन्टर’ परिवर्तनले कर्णालीका परीक्षार्थी मर्कामा

एसइईमा ‘होम सेन्टर’ परिवर्तनले कर्णालीका परीक्षार्थी मर्कामा

सुर्खेत, १२ चैत।  बिहीबारदेखि देशभर माध्यमिक शिक्षा परीक्षा एसइई सञ्चालन भइरहेको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकास्थित तोस्रा माविमा अध्ययनरत जनक विक यस पटकको एसइई परीक्षाका परीक्षार्थी हुनुहुन्छ । पढिरहेको विद्यालयबाट अर्को विद्यालयमा गएर परीक्षा दिनुपर्ने भएपछि उहाँ निकै तनावमा हुनुहुन्छ । परीक्षालाई मर्यादित बनाउन भन्दै सरकारले होमसेन्टरबाट परीक्षा दिन नपाइने नियम लगाएपछि उहाँ जस्तै हजा...
नेटवर्किङ व्यापारको नाममा ठग्ने दुई विदेशी पक्राउ

नेटवर्किङ व्यापारको नाममा ठग्ने दुई विदेशी पक्राउ

काठमाडौँ, १२ चैत। अनलाइन नेटवर्किङ व्यापारको नाममा ठगी गर्ने दुई विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरको टोलीले नेटवर्किङ व्यापारको नाममा ठगी गर्ने भारतका तरसेम शर्मा र बंगलादेशका राहत हसन राणालाई चैत ७ गते पक्राउ गरी आज सार्वजनिक गरेको हो । शर्मा र राणाले फोरक्स अनलाइन मनी मार्केट कम्पनीमा रहेको वेस्टर्न एफएक्स कम्पनीको नेपाली एजेण्ट भएको भन्दै ठगी गरेको अनुसन्धान...
संघीय संसदमा राष्ट्रपतिको सम्बोधन १५ गते

संघीय संसदमा राष्ट्रपतिको सम्बोधन १५ गते

काठमाडौँ, १२ चैत । मन्त्रिपरिषद्को आजको बैठकले यही चैत १५ गते दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा सम्बोधन गर्ने कार्यक्रम तय गरेको छ । निर्वाचनपछि दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको यो पहिलोपटक हो । आज बालुवाटारमा सम्पन्न बैठकपछि सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो जानकारी दिएका हुन । यसैगरी बैठकले प्रधानमन्त्रीको प...
पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना, दुईजनाको मृत्यु

पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना, दुईजनाको मृत्यु

लहान, १२ चैत ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुसाहामा भएको दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।  मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको सुखीपुर नगरपालिका–४ महादेवका ३५ वर्षीय राजीवकुमार चौधरी र साइकलयात्री सुरुङ्गा नगरपालिका–८ का ३० वर्षीय महेश ठाकुर रहेको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स९प १९७७ नंको मोटरसाइकलले ...
रुसको ‘सपिङ्ग मल’ मा आगलागी हुदा ४८ को मृत्यु

रुसको ‘सपिङ्ग मल’ मा आगलागी हुदा ४८ को मृत्यु

मस्को, १२ चैत । रसियाको दक्षिणी भागमा पर्ने केमेरोभो सहरमा रहेको एक ‘सपिङ्ग मल’ (किनमेल केन्द्र) मा आइतबार आगलागी हुदा कम्तीमा ४८ व्यक्तिको मृत्यु भएको समाचार छ । यस आगलागीमा परी ४५ व्यक्ति घाइते भएका छन् । आगोको मुस्लोका कारण ६४ जना अझै बेपत्ता छन् । बेपत्ता रहेकामा ४१ जना बालबालिका पनि परेका स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन । सो सपिङ्ग मलमा रहेका करिब १२० व्यक्तिलाई भने सुरक्षित स्...
देशभरका विद्यालयमा पहेंलो रंग लगाउन सरकारको निर्देशन

देशभरका विद्यालयमा पहेंलो रंग लगाउन सरकारको निर्देशन

काठमाडौं, १२ चैत । देशभरका विद्यालय भवनलाई पहेंलो रंगले रंग्याउनुपर्ने भएको छ । विद्यालयको मुख्य भवन, शौचालय लगायत सबै प्रकारका भौतिक पूर्वाधारमा पहेंलो रंग लगाउन शिक्षा विभागले निर्देशन दिएको हो । सरकारले यसअघि विद्यालयका बसहरु पनि पहेंलो रंगको हुनुपर्ने नियम बनाएको छ । शहरी विकास तथा भवन निर्माण विभागले सार्वजनिक भवनहरुमा प्रयोग हुने रंग सम्बन्धी निर्देशिका २०६९ जारी गरेको थियो । तर, यसको पालना...
भाडाका ३२५ सवारी साधन प्रतिबन्ध

भाडाका ३२५ सवारी साधन प्रतिबन्ध

भीमदत्तनगर, १२ चैत।  चैत १ गतेदेखि सरकारले देशभर २० वर्ष नाघेका भाडाका सवारी साधन गुड्न प्रतिबन्ध लगाएसँगै महाकाली अञ्चल यातायात व्यवस्था कार्यालयले पनि पुराना गाडी प्रतिबन्ध लगाउन थालेको छ । यातायातमा दर्ता भएका ३२५ सवारी साधन प्रतिबन्ध लगाएको यातायात व्यवस्था कार्यालय महाकाली अञ्चल महेन्द्रनगरका नायब सुब्बा नन्दराज भट्टले जानकारी दिनुभयो । उहाँले २० वर्ष नाघेका सवारी साधन चलाउन रोक लगाएसँगै क...
पोखरामा ५ वर्षीया बालिकाको हत्या

पोखरामा ५ वर्षीया बालिकाको हत्या

पोखरा, १२ चैत । पोखरामा एक बालिकाको हत्या भएको छ । पाल्पा घर भइ पोखरा लेखनाथ महानगरपालिका-९ निवासी विना थापाकी ५ वर्षीया छोरी विहानी थापाको हत्या भएको हो । आइतबार साँझ घरबाट खेल्न निस्केकी उनी नफर्केपछि प्रहरीले खोजी गर्ने क्रममा पोखरा सभागृह चोकको पूर्वपट्टीको झाडीमा शव भेटिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अशोक सिंहले जानकारी दिए । सिमेन्टको बोरामा भरिएको बालुवाको बोराले छोपे...
गोसाइँकुण्डमा ड्रोन क्यामेरा लान निषेध

गोसाइँकुण्डमा ड्रोन क्यामेरा लान निषेध

 रसुवा, १२ चैत। रामसार क्षेत्रमा सूचीकृत पवित्र तीर्थ गोसाइँकुण्डमा ड्रोन क्यामेरा लान निषेध गरिएको छ । माउण्ड एडभेञ्चर होलिडेजमार्फत गोसाइँकुण्ड जान लागेका एक अमेरिकी पर्यटकले आफ्नो साथमा ल्याएको ड्रोन क्यामेरा लाङटाङ राष्ट्रिय निकुञ्जको धुञ्चेस्थित सुरक्षा जाँच चौकीले आइतबार रोकेको पथ प्रदर्शक पासाङ शेर्पाले बताए । उक्त क्यामेरा लान नपाइने पूर्व जानकारी नहुँदा पर्यटकमाझ खल्लोपना बढेकाले यस्त...
आविष्कार केन्द्रको ‘मेडिकल ड्रोन’ को उडान म्याग्दीबाट

आविष्कार केन्द्रको ‘मेडिकल ड्रोन’ को उडान म्याग्दीबाट

बेनी, म्याग्दी, १२ चैत ।  सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’ ले पहिलो उडान म्याग्दीबाट गर्ने भएको छ । नेपालका दुर्गम क्षेत्रमा नियमित औषधि ढुवानीमा महामारी फैलिएको क्षेत्रबाट दिसापिसाबको नमूनालाई प्रयोगशालासम्म ल्याउन प्रयोग गरिने आठ वटा पंखा भएको र दुईवटा पखेटा भएको जहाज जस्तै उडान गर्ने दुई प्रकारको ‘मेडिकल ड्रोन’ के...
बेलायती राष्ट्रिय पत्रिकामा विज्ञापन प्रकाशित गरी फेसबुक प्रमुखद्वारा क्षमा याचना

बेलायती राष्ट्रिय पत्रिकामा विज्ञापन प्रकाशित गरी फेसबुक प्रमुखद्वारा क्षमा याचना

लण्डन, बेलायत, ११ चैत। विश्वप्रसिद्ध सामाजिक सञ्जाल फेसबुकका प्रमुख मार्क जुकरवर्गले बेलायती राष्ट्रिय पत्रिकाहरूको आइतबारको अङ्कमा पूर्ण पृष्ठको विज्ञापन छापी फेसबुकबाट व्यापक गोप्य तथ्याङ्क सार्वजनिक भएकोप्रति क्षमा याचना गर्नुभएको छ । “फेसबुकमा आएको तपाईको सूचनालाई संरक्षण गरी राख्ने जिम्मेवारी हामीलाई छ । यदि यो गर्न सक्दैनौ भने हामी योग्य हुन सक्दैनौ ।” ‘सन् २०१४ मा फेसबुकका लाखौँ प्र...
जर्मनीको प्रहरीद्वारा पूर्व क्याटलान नेता पुज्डमोनलाई पक्राउ

जर्मनीको प्रहरीद्वारा पूर्व क्याटलान नेता पुज्डमोनलाई पक्राउ

बर्लिन, जर्मनी, ११ चैत । जर्मनीको प्रहरीले पूर्व क्याटलोनियाली राष्ट्रपति चाल्र्स पुज्डमोनलाई आइतबार डेनमार्कबाट जर्मनी प्रवेश गर्ने क्रममा पक्राउ गरेको छ । पुज्डमोनलाई स्थानीय समय अनुसार विहान ११ः१९ बज स्केलस्वीग–होलस्टेन राजमार्ग प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको छ, जर्मन प्रहरीका प्रवक्ताले एएफ्पीलाई बताउनुभयो । उहाँलाई यूरोपेली पक्राउ पूर्जीका आधारमा जेलमा राखिने छ । “पूर्व स्पेनी ने...
पिपल्स हाइड्रोले चीनबाट रु नौ अर्ब लगानी भित्र्याउँदै

पिपल्स हाइड्रोले चीनबाट रु नौ अर्ब लगानी भित्र्याउँदै

काठमाडौँ, ११ चैत । पिपल्स हाइइ«ो लिमिटेडले चीनबाट रु नौ अर्ब रकम जलविद्युत् आयोजनाका लागि भित्र्याउने भएको छ । कम्पनीले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार चीनको छोछुङ वाटर टर्वाइन वक्र्स (सिडब्ल्युटिडब्ल्यु) ले करीव नौ अर्ब रकम खिम्ती दुई जलविद्युत् आयोजनामा लगानी गर्न लागेको हो । कूल ४८.८० मेगावाट क्षमताको सो आयोजना २०७८ असारमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ...
विश्व शान्तिका लागि आठ हजारले गरे भावातीत ध्यान

विश्व शान्तिका लागि आठ हजारले गरे भावातीत ध्यान

काठमाडौँ, ११ चैत।  चैत्र शुक्ल नवमी अर्थात् रामनवमीको अवसर पारेर आज अपराह्न ५ बजे विश्वको सामूहिक चेतना वृद्धिका लागि सहयोग पु¥याउन आठ हजार भन्दा बढीले भावातीत ध्यानसहित सिद्धि कार्यक्रम गरे । ग्रीनवीच समय रेखालाई आधार मानेर प्रत्येक देशको समयअनुसार अपराह्न ५ बजे १९२ देशमा ध्यानसहितको सिद्धि कार्यक्रम गरिएको नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष एवं पूर्वगृहराज्य मन्त्री दीपकप्रकाश बाँस्कोटाले...
फोहर फाल्नेलाई कारबाही गर्न कठिन

फोहर फाल्नेलाई कारबाही गर्न कठिन

ललितपुर, ११ चैत। अघिल्ला वर्षमा सार्वजनिक स्थानमा फोहर फाल्दा कारबाही गर्ने नगर प्रहरीले यसवर्ष कारबाही अघि बढाउन सकेको छैन । नगर प्रहरीसँग हतियार नहुँदा रातका समयमा काम गर्न नसकेको नगर प्रहरी प्रमुख कदमलाल महर्जनले बताउनुभयो । नेपाल प्रहरीको सहकार्यमा अघिल्ला वर्षमा सार्वजनिक स्थानमा फोहर फाल्नेलाई कारबाही हुने गरेको थियो । सार्वजनिक स्थानमा दिनमा भन्दा रातको समयमा फोहर फाल्ने गरिएको छ । हत...
सामाखुशीदेखि माछापोखरीसम्म ट्राफिक जनचेतनामूलक बोर्ड निर्माण

सामाखुशीदेखि माछापोखरीसम्म ट्राफिक जनचेतनामूलक बोर्ड निर्माण

काठमाडौँ, ११ चैत। संस्कार समाज नेपालले सामाखुशीदेखि माछापोखरी चोकसम्म ट्राफिक जनचेतनामूलक बोर्ड निर्माण गरेको छ । ‘असल संस्कार सिकौँ, सिकाऔँ, आफ्नो देश आफँै बनाऔँ’ भन्ने मूल नाराका साथ एक वर्षदेखि सामाजिक काम गर्दै आएको समाजले आज लाइनमा बसेर बस चढौँ, ट्राफिक नियमको पालना गरौँलगायत सामग्री लेखिएका जनचेतनामूलक बोर्ड निर्माण गरेको हो । समाजले महानगरीय प्रहरी प्रभाग गोँगबुको सहकार्यमा १३ स्थानमा ज...
काठमाडौँ–सुर्खेत सिधा हवाई सेवा शुरु हुने

काठमाडौँ–सुर्खेत सिधा हवाई सेवा शुरु हुने

काठमाडौँ, ९ चैत । केन्द्रीय राजधानी काठमाडौँबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सिधा हवाई सेवा सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुधबार कर्णालीको पर्यटन विकाससम्बन्धी छलफलको निर्णयसँगै सुर्खेत उडान शुरु गर्न लागिएको हो । काठमाडौँबाट करीव एक घण्टाको हवाई यात्रापछि सुर्खेत पुगिन्छ । पर्यटनमन्त्री रवीन्द्र अधिकारी र कर्णाली प्रदेशका मुख्य मन्त्रीबीच कर्णालीको...
ईयूको निर्वाचन पर्यवेक्षण प्रतिवेदनप्रति मञ्चको गम्भीर ध्यानाकर्षण

ईयूको निर्वाचन पर्यवेक्षण प्रतिवेदनप्रति मञ्चको गम्भीर ध्यानाकर्षण

काठमाडौँ, ९ फागुन । पूर्वसांसद मञ्च, नेपालले गत मंसिरमा सम्पन्न संघीय र प्रदेशको निर्वाचन पर्यवेक्षण प्रतिवेदनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मञ्चले आज यहाँ एक प्रेस विज्ञप्ति जारी गर्दै २०७४ मंसिरमा सम्पन्न संघीय र प्रदेशको निर्वाचनको प्रतिवेदन अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण आचारसंहिताविपरीत, भ्रामक तथा तथ्यहीन भएको पूर्वसांसद मञ्च, नेपालले ठहर गरेको छ । युरोपियन युनियन (इयू) ...
सवारी चालक र सहचालकलाई पोशाक अनिवार्य

सवारी चालक र सहचालकलाई पोशाक अनिवार्य

काठमाडौँ, ९ चैत । काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी चलाउने चालक तथा सहचालकले आजदेखि अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको केही दिन अगाडि बसेको बैठकको निर्णयानुसार आजदेखि सबै मार्गका सवारी चालक र सहचालकले पोशाक लगाउनुपर्ने हुन्छ । महाशाखा र महासंघको आयोजनामा आज आरएनएसीबाट काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा चल्ने बस ...
सिरियाको पूर्वीक्षेत्र गुटामा गएरातिदेखि युद्धविराम

सिरियाको पूर्वीक्षेत्र गुटामा गएरातिदेखि युद्धविराम

हारास्टा, सिरिया, ९ चैत। करिब दुई महिनायतादेखि निकै हिंसात्मकरुपमा आक्रमण भइरहेको सिरियाको पूर्वीक्षेत्र गुटामा बिहीबार मध्यरातबाट युद्धबिराम घोषणा गरिएको छ । सिरियाली विद्रोही समूहका प्रवक्ताले नै शुक्रबार सो जानकारी दिएको समाचारमा जनाइएको छ । तर युद्धविरामको पालनाका बारेमा पनि विभिन्न टिकाटिप्पणी आएका छन् । युद्धबिराम पछि लडाकू र उनका परिवारजनलाई पनि त्यहाँबाट अन्यत्रै लगिएको बताइएको छ । य...
error: Content is protected !!