काठमाडाैँ, २२ चैत । आफ्नै छोरीलाई करणी गरेको अभियोगमा लमजुङमा एक व्यक्ति पक्राउ परेका छन् । सुन्दरबजार नगरपालिका ४ दुराडाँडाका ३५ वर्षका रामबहादुर (नाम परिवर्तन) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

मदिरा सेवन गरी पटकपटक १४ वर्षीया छोरीलाई करणी गरेको अभियोगमा बुधबार पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक पदम बहादुर विष्टले जानकारी दिए ।

Advertisement

छोरीलाई धम्की दिँदै करणी गर्ने गरेको श्रीमतीले थाहा पाएपछि प्रहरीमा उजुरी दिएकाले सार्कीविरुद्ध जबर्जस्ती करणी र हाडनाता करणी उद्योग मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!