आगलागी हुँदा छ लाख बराबरको क्षति

आगलागी हुँदा छ लाख बराबरको क्षति

लमही, २२ पुस । दाङको राप्ती गाउँपालिका–२ बारखुटीको एक घरमा आगलागी हुँदा करीब ६ लाख बराबरको क्षति भएको छ । आज बिहान ५ बजेतिर देवी कुमालको खरले छाएको एकतले घरमा विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आगलागी हुँदा घर तथा घरमा रहेका सम्पूर्ण मालसामान पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो । उहाँका अनुसार घरमा प...
पशुपतिनाथका दर्शनार्थी गोकर्णेश्वरमा लगिने

पशुपतिनाथका दर्शनार्थी गोकर्णेश्वरमा लगिने

काठमाडौँ, २२ पुस । पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न आउने सबै भक्तजनलाई गोकर्णेश्वर महादेव मन्दिरमा ल्याउन गोकर्णेश्वर नगरपालिकाले विशेष कार्ययोजना ल्याउने भएको छ । पशुपतिनाथमा श्रीयन्त्रको पूजा हुन्छ भने गोकर्णेश्वर महादेव मन्दिरमा बालयन्त्रको पूजा हुन्छ । श्रीयन्त्रको पूजा एवं दर्शन गर्नेले बालयन्त्रको पनि पूजा तथा दर्शन गरेपछि मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक मान्यतालाई जनसमक्ष प्रच...
प्रदेशसभा सदस्य पहारीको तलबभत्ता सङ्घसंस्थालाई

प्रदेशसभा सदस्य पहारीको तलबभत्ता सङ्घसंस्थालाई

कास्की, २२ पुस । गण्डकी प्रदेशसभाका सदस्य राजीव पहारीले संसद् सचिवालयबाट आफूले प्राप्त गरेको हालसम्मको तलबभत्ता सामाजिक कार्यमा सहयोग गर्नुभएको छ । प्रदेशसभा सदस्यमा निर्वाचित भएर २०७४ माघ ७ गते शपथ लिएसँगै त्यसबेलादेखि मङ्सिर मसान्तसम्मको तलबभत्तावापतको रु चार लाख ५० हजार विभिन्न सङ्घसंस्था, विद्यालय, क्लब तथा आमा समूहलाई प्रदान गरेको सांसद पहारीले बताउनुभयो । उहाँले कास्कीकोट थुन्सेडाँडामा ख...
मुल्य वृद्धि नगर्न आदेश

मुल्य वृद्धि नगर्न आदेश

घोराही, २० पुस ।  उच्च अदालत तुलसीपुरले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको शुल्कबृद्धिको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । अर्को आदेश जारी नभएसम्म पहिलेकै शुल्क लिन अदालतले प्रतिष्ठानका नाममा अन्तरिम आदेश जारी गरेको हो । मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलाशले आज सो आदेश जारी गरेको हो । उक्त आदेशसँगै मुद्दाको अन्तिम टुंगो नलागेसम्म पुस १७ गतेदेखि लागु हुने गरी ग...
दुई शव फेला

दुई शव फेला

भरतपुर, २० पुस । चितवनका छुट्टाछुट्टै ठाउँमा आज दुई जनाको शव फेला परेको छ । भरतपुर महानगरपालिका–३ बेलचोकमा ४० वर्षीय राज गुरुङ मृत अवस्थामा फेला परेको हो । प्लाष्टिकको छाप्रोमा बस्दै आएका गुरुङ मागेर खाँदै हिँड्ने गरेको स्थानीयवासीले बताएका छन् । जाडोले कठ्याङ्ग्रियर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । यस्तै पूर्वी चितवनको खैरहनी नगरपालिका–९ सिमलटाँडीमा इनारभित्र अर्का एक जनाको शव भे...
विद्यालयमा टिक्दैनन् मुसहर किशोरी

विद्यालयमा टिक्दैनन् मुसहर किशोरी

बर्दिवास, २० पुस । “मुसहर बस्तीकी चेलीमा यिनले चाहिँ पढ्ने भइन् है भन्ने लागेको थियो, तर चट्टै आउन छाडिन्” महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–३ भङ्गाहा बस्तीको मुसहरी टोलकी रिङ्कु सादाबारे माध्यमिक विद्यालय भङ्गाहा, सीतापुर, सिद्धपुरका नेपाली विषयका शिक्षक कमल श्रेष्ठले भन्नुभयो । नौ कक्षामा पुगेर अब चाहिँ एसइइ (माध्यमिक शिक्षा परीक्षा) मा सहभागी हुने आश जगाएकी आफ्नी छात्रा रिङ्कु एक्कासि विद्...
स्थानीय तहलाई चार वर्गमा वर्गीकरण

स्थानीय तहलाई चार वर्गमा वर्गीकरण

काठमाडौँ, २० पुस । सरकारले ७५३ वटा स्थानीय तहको प्रारम्भिक वर्गीकरण गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पूर्वाधार तथा सामाजिक विकासका आधारमा चार वर्गमा स्थानीय तहको वर्गीकरण गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी गराउनुभयो । उहाँका अनुसार अति दुर्गम ‘क’ वर्गका १६२, दुर्गम ‘ख’ वर्गका २१८, मध्यम ‘ग’ वर्गका २७५ र सुगम ‘घ’ वर्गका ९८ वटा स्थानीय तह रहेका छन् । मन्त्...
बाबुको मृत्यु, आमा अर्कैसँग, तीन बालकको बिचल्ली

बाबुको मृत्यु, आमा अर्कैसँग, तीन बालकको बिचल्ली

पर्वत, २० पुस । जन्म दिने बाबुको अकालमै मृत्यु हुनु र आमा दोस्रो विवाह गरी गएपछि उनीहरूले जन्म दिएका बालबालिकाको अवस्था कस्तो होला ? हामी सहजै अनुमान गर्न सक्छौँ, निकै दयनीय । यहाँको एक दलित समुदायका तीन बालक यस्तै बिचल्लीमा परेका छन् । पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित छेउखन्नाका धनबहादुर दमैका तीन छोरा बिचल्लीमा परेका हुन् । धनबहादुरको २०७४ मङ्सिर १४ गते मृत्यु भएको हो भने उहाँका दु...
चौपायाले दश बिघा क्षेत्रफलको बाली नष्ट

चौपायाले दश बिघा क्षेत्रफलको बाली नष्ट

लमही, २० पुस । छाडा पशु चौपायाले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का किसानले लगाएको करीब १० बिघा क्षेत्रफलको तोरी नष्ट पारेका छन् । त्यस क्षेत्रका २५-३० वटा छाडा चौपायले स्थानीय किसानले लगाएको तोरी नष्ट पारेको किसान जीतेन्द्र क्षेत्रीले बताउनुभयो । “यस क्षेत्रमा करीब २५-३० वटा गाईले हामीलाई वर्षेनी सास्ती दिने गरेका छन्”, उहाँले भन्नुभयो, “भर्खरै मात्रै हामीले लगाएको १० बिघा क्षेत्रफलको त...
प्रहरी हिरासतका चार बिरामी

प्रहरी हिरासतका चार बिरामी

कञ्चनपुर, २० पुस । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेका चार जना बिरामी परेका छन् । कञ्चनपुर खोका छाप्रा तथा उद्धार समितिको आयोजनामा प्रशासनमा ज्ञापनपत्र बुझाउन जाने क्रममा बिहीबार पक्राउ परेका चार जना बिरामी परेका हुन् । बिरामी परेका ६५ वर्षीय रामनाथ योगी, ७९ वर्षीय कमलापती भट्ट, ७७ वर्षीय प्रताप धाँमी र ६९ वर्षीय मन्दिर विष्टलाई जिल्ला प्रहरी कार्यालयले महाकाली अञ्चल अस्पतालमा उपच...
भारतीय ‘अण्डा’मा निगरानी

भारतीय ‘अण्डा’मा निगरानी

चितवन, २० पुस । भारतीय सीमा क्षेत्रका नेपाली बजार हुँदै कुखुराको अण्डा भित्रन थालेकाले नेपाल अण्डा उत्पादक सङ्घले रोक्नका लागि निगरानी बढाएको छ । सङ्घको केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुले नियमित रुपमा त्यस्ता बजारको अनुगमन गरी अवैध रुपमा अण्डा भित्रन नदिन सचेत गराएका छन् । सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार सीमा क्षेत्रका बजारमा भारतीय सेतो अण्डा भित्रिएपछि नेपाली उत्पादन ...
आपसी मनमुटावका कारण श्रीमतीको हत्या

आपसी मनमुटावका कारण श्रीमतीको हत्या

परासी, २० पुस । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ की २१ वर्षीया कमला चौधरीको आफ्नै श्रीमान्ले हत्या गरेको खुलेको छ । कमला गत पुस ४ गतेबाट हराइरहेकी थिइन् । उनका श्रीमान सुनिलले आपसी मनमुटावका कारण श्रीमतीको आफैँले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । उनको पुस १७ गते जङ्गलमा शव फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।...
घुससहित नापी कार्यालय भरतपुरका कर्मचारी पक्राउ

घुससहित नापी कार्यालय भरतपुरका कर्मचारी पक्राउ

रत्ननगर, २० पुस । उपभोक्ता अधिकार संरक्षण मञ्च चितवन शाखाले भरतपुर नापी कार्यालयका एक कर्मचारीलाई रु २० हजार घुस लिएको अभियोगमा पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ । पक्राउ परेका उक्त कार्यालयका नापी अधिकृत राजेश कर्माचार्यले बिहीबार भरतपुर महानगरपालिका–१० हाकिमचोकका विष्णु पौडेलको जमीन कित्ताकाट गर्ने क्रममा घुस मागेका थिए । पौडेलले बुझाएका नोटको फोटो खिचेर आफ्नी बहिनीमार्फत उनलाई ...
जबर्जस्ती करणी अभियोगमा वृृद्ध पक्राउ

जबर्जस्ती करणी अभियोगमा वृृद्ध पक्राउ

चितवन, २० पुस । पूर्वी चितवनको रत्ननगरमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा रत्ननगर नगरपालिका–११ मङ्गलपुरका ७५ वर्षीय सुकवीर तामाङ पक्राउ परेका छन् । पीडित किशोरीको जाहेरीबमोजिम ती वृद्धलाई नियन्त्रणमा लिइएको टाँडीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले बताउनुभयो । बुधबार पीडित किशोरीले आफूलाई विभिन्न टुनामुना लगाएर पटक–पटक बलात्कार गरेको भन्ने उजुरी...
डुङ्गा दुर्घटनामा नौ जनाको मृत्यु, एक बेपत्ता

डुङ्गा दुर्घटनामा नौ जनाको मृत्यु, एक बेपत्ता

नयाँ दिल्ली १९ पुस ।  पूर्वी भारतीय राज्य उडिसामा बुधबार भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा नौ व्यक्ति मृत्यु हुनुको साथै अन्य एक बेपत्ता रहेको छ । सरकारी अधिकारीहरुले बिहीबार सो जानकाारी दिएका छन् । उडिसा राज्यको केन्द्रपारा जिल्लामा रहेको माहानदी नदीमा सो घटना भएको जनाइएको छ । समाचारदाताहरुका अनुसार यस दुर्घटनामा दुई महिला र सात बालबालिकाको मृत्यु भएको हो । प्रान्तीय राजधानी उडिसाको भुबनेश्वरब...
ससुरालीमै गएर श्रीमतीमाथि एसिड प्रहार

ससुरालीमै गएर श्रीमतीमाथि एसिड प्रहार

भरतपुर, १९ पुस। चितवनमा एक पुरुषले आफ्नै श्रीमतीमाथि एसिड प्रहार गरेका छन् । पोखरा महानगरपालिका–२९, आदर्शनगर बस्ने ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै आएर श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका हुन् । एसिड प्रहारबाट घाइते रुम्बाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बुधबार अपराह्न भरतपुर २४ ध्रुवबजारस्थित माइतमा बसिरहेको अवस्थामा श्रीमती २० वर्...
आजदेखि नयाँ वर्ष सन् २०१९ शुरु

आजदेखि नयाँ वर्ष सन् २०१९ शुरु

काठमाडौँ, १७ पुस । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी सन्को नयाँ वर्ष सन् २०१९ शुरु हुँदैछ । येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०१९ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदान प्रदान गरी मनाउँछन् । ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारमा मात्र निर्माण गरिएक...
प्यूठानमा हत्या गरेर फरार खत्री काठमाडौँबाट समातिए

प्यूठानमा हत्या गरेर फरार खत्री काठमाडौँबाट समातिए

काठमाडौँ, १५ पुस । महानगरीय प्रहरीवृत्त महाराजगञ्जले हत्या गरेर फरार एक व्यक्तिलाई पक्राउ गरेको छ । वृत्तको टोलीले पुस ११ गते प्यूठान गौमुखी गाउँपालिका–६ का गणेश घर्तीमगरको हत्या गरेर फरार २६ वर्षीय वीरबहादुर खत्रीलाई शनिबार पक्राउ गरेको हो । वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले प्यूठानमा हत्या गरी काठमाडौँ महानगरपालिका–२६ मित्रनगरको ग्यालेक्सी होटलमा लुकेर बसेका अवस्थामा...
एकै गाउँका तीन बालिका पाँच दिनदेखि बेपत्ता

एकै गाउँका तीन बालिका पाँच दिनदेखि बेपत्ता

सुर्खेत, १५ पुस । सिम्ता गाउँपालिका–९ खानीखोला सुर्खेतका तीन बालिका पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । हराउने बालिकामा नेपाल राष्ट्रिय मावि सिम्ता कक्षा ९ मा अध्ययनरत १४ वर्षीया निशा सिंह, सोही कक्षामा अध्ययनरत १५ वर्षीया यमुना खत्री र कक्षा ७ मा अध्ययनरत उनकी बहिनी १२ वर्षीया रिसिमा खत्री रहेको जिल्ला प्रहरी कार्यालय सु्र्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकार...
दाङ बस दुर्घटना : राप्ती अञ्चल अस्पतालमा ल्याईयो मृत्यु भएका २२ जनाको शव

दाङ बस दुर्घटना : राप्ती अञ्चल अस्पतालमा ल्याईयो मृत्यु भएका २२ जनाको शव

दाङ, ७ पुस । तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा बिहिबार भएको बस दुर्घटनामा परी मृत्यु भएका २२ जनाको शव राप्ती अञ्चल अस्पतालमा ल्याइएको छ । मृतकमध्ये चार महिला र १८ पुरुष रहेको र सबै शव राति ३ बजेसम्म उक्त अस्पतालमा ल्याइसकिएकाले सनाखत पनि छिटै गरिने उहाँले बताउनुभयो । सो दुर्घटनामा परी अन्य १५ जना गम्भीर घाइते भएका र उनीहरूको सोही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि गए राति नै कोहलपुरस्...
सुदूरपश्चिम प्रदेशभर कुरीतिविरुद्ध धामीझाँक्री र पुरोहितलाई अभियानकर्मी बनाइने

सुदूरपश्चिम प्रदेशभर कुरीतिविरुद्ध धामीझाँक्री र पुरोहितलाई अभियानकर्मी बनाइने

दार्चुला, ६ पुस । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिम प्रदेशभर कुरीतिविरुद्ध स्थानीय धामीझाँक्री र पुरोहितलाई अभियानकर्मीका रुपमा अगाडि बढाउने भएको छ । सूदूरपश्चिम प्रदेशमा वर्षौँदेखि जारो गाडेर रहेको कुप्रथा तथा कुसंस्कार हटाउन उक्त मन्त्रालयले नौ वटै जिल्लामा पुगेर स्थानीय धामीझाँक्री पुरोहितसँग अन्तरक्रिया थालनी गरेको हो । लैङ्गिक हिंसाको वर्तमान अवस्था र न्यूनीकरणक...
घुस लिदै गरेको अवस्थामा समातिए सहायक बन अधिकृत

घुस लिदै गरेको अवस्थामा समातिए सहायक बन अधिकृत

म्याग्दी, ६ पुस । डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत राजकुमार ठाकुर आज घुस रकमसहित पक्राउ परेका छन् । बेनी नगरपालिका–७ मङ्गलाघाटस्थित सव डिभिजन वन कार्यालयमा रहेको आवास गृहमा ठाकुरलाई रु ३३ हजार घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयबाट आएको टोलीले पक्राउ गरेको हो । काठसम्बन्धी मुद्दा मिलाइदिने भन्दै अतिरिक्त रकम मागेको सूचना पाएपछि ठाकुरलाई पक्रा...
मारुती सिमेन्ट उद्योगमा आगलागी

मारुती सिमेन्ट उद्योगमा आगलागी

लहान, ४ पुस । सिरहाको गोलबजार नगरपालिका–९ स्थित मारुती सिमेन्ट उद्योगमा आज आगलागी हुँदा करीब १० लाख मूल्य बराबरको क्षति भएको छ । उद्योगको क्लिङ्करको बेल्टमा घर्षण भई आगलागी हुँदा क्लिङ्कर बेल्ट, केमिकल लगायतका समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरी, फ्याक्ट्रीका कामदार र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको उद्योगका प्रबन्धक मनोज श्रेष्ठले जानकारी दिनुभयो । आगलागीबाट उक्त रकम बराबरको ...
शैक्षिक विकासका लागि नेपाल र यूएईबीच सहकार्य गरिने

शैक्षिक विकासका लागि नेपाल र यूएईबीच सहकार्य गरिने

काठमाडौँ, ३ पुस । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसँग आज संयुक्त अरब इमिरेट्स (यूएई) अन्तर्गत अबुधावीका स्थानीय शिक्षामन्त्री डा अलि रसिद अल नुवामीले भेट गर्नुभएको छ । उहाँहरुबीच आज शिक्षा मन्त्रालयमा भएको भेटमा मन्त्री पोखरेलले विज्ञान प्रविधि र शिक्षाको विकासका लागि सहकार्य र सहयोग गर्न आग्रह गर्नुभएको उहाँका स्वकीय सचिव सुनिल खड्काले जानकारी दिनुभयो । यूएईको विकासका लाग...
निर्मला हत्या प्रकरण : आठ प्रहरी अधिकारीविरुद्ध मुद्दा दायर

निर्मला हत्या प्रकरण : आठ प्रहरी अधिकारीविरुद्ध मुद्दा दायर

भीमदत्तनगर, ३ पुस । कञ्चनपुरको भीमदत्तनगरपालिका उल्टाखाममा हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आज आठ प्रहरी अधिकारीविरुद्ध सार्वजनिक कसुरमा मुद्दा दायर गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुवेर कडायतले तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टसहित आठ जनाविरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले मुद्दा दायर गरेको जानकारी दिनुभयो । उक्त प्रकरणमा लापरवाही ग...
दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु

कावासोती, ३ पुस । पूर्व पश्चिमराजमार्गअन्तर्गत नवलपरासीको मध्यबिन्दु नगरपालिका–१५ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नारायणगढबाट दाङका लागि छुटेको ना६ख ९६७६ नंको बसले बा१८प ५१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार मध्यबिन्दु–११ का २८ वर्षीय चन्द्रकुमारी सोमै मगरको मृत्यु भएको हो । दुर्घटनामा घाइते हुनुभएको उहाँको उपचारका क्रममा मध्यबिन्दु अस्पताल डण्डामा मृत्यु भएको ...
पूर्वप्रधानमन्त्री डा. गिरीको निधन

पूर्वप्रधानमन्त्री डा. गिरीको निधन

काठमाडौं, ३ पुस। पूर्वप्रधानमन्त्री एवं बरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधन भएको छ । बूढानिलकण्ठ स्थित आफ्नै निवासमा मंगलबार बिहान ९३ बर्षीय गिरीको निधन भएको परिवार स्रोतले जनाएको छ ।
देशभर चिसो बढ्यो, माइनस ६ डिग्री सेल्सियससम्म झर्यो तापक्रम

देशभर चिसो बढ्यो, माइनस ६ डिग्री सेल्सियससम्म झर्यो तापक्रम

काठमाडौँ, २ पुस । बङ्गालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाइ’ को प्रभावले नेपालमा मौसम बदली हुनुका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज एक विज्ञप्ति जारी गर्दै चक्रवात उत्तर–उत्तरपश्चिम दिशातर्फ सरिरहेको र यसको आंशिक प्रभावका कारण नेपालमा आज र भोलि देशको पूर्वी र मध्य क्षेत्रमा सामान्यदेखि पूर्णतया बदली भई केही ...
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन, २ पुस । नारायणगढ–मुग्लिन सडकखण्डको भतेरीमा आज बिहान ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौँबाट भारतको चेन्नाइतर्फ जान आउँदै गरेको पिएन ८८ ए २३१६ नंको ट्रकले ठक्कर दिँदा अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ठक्करबाट गम्भीर घाइते ती पुरुषको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । मृतकको सनाखत हुनसकेको छैन । सो...
सुदूरपश्चिममा रासायनिक मल अभाव

सुदूरपश्चिममा रासायनिक मल अभाव

डोटी, २ पुस । सुदूरपश्चिम प्रदेशमा रासायनिक मलखाद अभाव भएको छ । विगतका वर्षजस्तै यस वर्ष पनि किसानले हिउँदेबाली लगाउनका लागि आवश्यक पर्ने रासायनिक मल पाउन सकेका छैनन् । कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा मलको मौज्दात सकिएपछि यस क्षेत्रमा मलखाद अभाव देखिएको हो । सुदूरपश्चिम प्रदेशमा सरकारी अनुदानको मल बिक्री वितरण गर्ने जिम्मेवारी यी दुई कम्पनीले पाएका छन् । यहाँका पहाडी जिल...
अठार दिनदेखि बेपत्ता लक्षिराम मृत फेला

अठार दिनदेखि बेपत्ता लक्षिराम मृत फेला

बैतडी, २ पुस । १८ दिनदेखि बेपत्ता बैतडीको दशरथचन्द नगरपालिका–३ हल्लेकका ४५ वर्षीय लक्षिराम लावड आइतबार मृत फेला परेका छन् । गत मङ्सिर १२ गते घरबाटै बेपत्ता भएका लावड घर नजिकैको इरानखोला भन्ने ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो । लावडको शवलाई स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव कुहिएको अवस्थामा रहेकाले के...
error: Content is protected !!