काभ्रेपलाञ्चोक, ३ माघ । पाँचखाल नगरपालिका–७ श्रीरामपाटीस्थित वीर हनुमान इँटा उद्योगको पर्खाल (डिग वाल) भत्कँदा आज दुई जना बालबालिकाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

Advertisement

उद्योगको गारो भत्कँदा रोल्पा जिल्ला गङ्गादेवी गाउँपालिका–१ का ज्ञानबहादुर परियारका तीन वर्षीया छोरी जेनिसा र रोल्पा जिल्ला मारीगाउँ गाउँपालिका–३ का नवीन विकका ११ महीनाका छोरा निर्माणको मृत्यु भएको प्रहरी चौकी पाँचखालका प्रहरी सहायक निरीक्षक हितबहादुर कटुवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार गारो भत्कँदा घाइते दुवै बालबालिकाको उपचारार्थ धुलिखेल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

उद्योगको गारो भत्कँदा रोल्पा जिल्ला मारीगाउँ गाउँपालिका–३ का बाबुराम घर्तीको तीन वर्षीया छोरी झरनाको टाउकामा गम्भीर चोट लागेको र भारतको दरभङ्गा जिल्ला प्रितिपरककी ३५ वर्षीया सीता पासवानको छातीमा चोट लागेकाले बोल्न नसक्ने अवस्थामा रहेका छन् । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भक्तपुरका सानु कोजूले सञ्चालनमा ल्याएको उक्त इँटा उद्योगको इँटाको टुक्रा टिप्ने क्रममा सोही उद्योगमा काम गर्ने मजदूरका बालबालिका खेलिरहेका अवस्थामा अन्दाजी १० फिटको ‘डिग वाल’ भत्किएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!