लमही, ४ माघ । चालू आर्थिक वर्षको अहिलेसम्म नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले विद्युत चोरी गर्ने ४१ लाई कारवाही गरेको छ ।

Advertisement

चालु आर्थिक वर्षको माघसम्म पोलबाट विद्युत् हुकिङ गरेर घरायसी प्रयोजनमा ल्याउने ४१ जनाको घरमा छापामारी घरधनीलाई पक्राउ गरिएको उक्त केन्द्र प्रमुख दीपकजङ्ग चौधरीले बताउनुभयो ।

उहाँका अनुसार पक्राउ परेका व्यक्तिलाई विद्युतीय सामग्री प्रयोगको आधारमा रु दुई हजारदेखि रू ८३ हजारसम्म जरिवाना गर्दा रु चार लाख ६१ हजार १२० राजश्व सङ्कलन भएको केन्द्रका प्रशासन प्रमुख युवराज विष्टले जानकारी दिनुभयो ।

पछिल्लो समय विद्युत् चुहावट रोक्नका लागि उक्त केन्द्रले अनुगमनलाई तीव्रता दिँदै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!