यात्रु ओसार्न ‘टुटल’ र ‘पठाओ’को प्रयोग, प्रहरीले थाल्यो निगरानी
काठमाडौँ, १ माघ । मोटरसाइकलले भाडा लिएर यात्रु ओसार्छन् भन्दा तपार्इंलाई नौलो लाग्न सक्छ । तर काठमाडौँ उपत्यकामा मोटरसाइकलले यात्रु ओसार्ने क्रम यत्रतत्र रहेको पाइएको छ ।
विगत तीन वर्षदेखि शुरु भएको यो सेवा प्रहरीले भने बल्ल चाल पाएको छ । विभिन्न क्षेत्रबाट गुनासो आएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसको निगरानी शुरु गरेको छ । शुरुमा हेल्लो सरकारमा मोटरसाइकले यात्रु ओसार–पसार गरिरहेकाले यसक...































