ढुङ्गाले लागेर बालकको मृत्यु

ढुङ्गाले लागेर बालकको मृत्यु

  पाल्पा, २९ मङ्सिर । ढुङ्गाले लागेर रैनादेवी छहरा गाउँपालिका–४ आँपपाटास्थित धजा बान्ने स्थानमा एक बालकको मृत्यु भएको छ । आज दिउँसो बा२क ७४७३ नंको डोजरले सडक खन्ने क्रममा पल्टाएको ढुङ्गाले लागेर सडकमा हिँडिरहेका रैनादेवी गाउँपालिका– २ सोमादीका सात वर्षीय रोजित रास्कोटीको मृत्यु भएको छ । छहरा, अमलावास हुँदै तान्सिङ्ल जोड्ने मोटरबाटो खन्ने क्रममा ढुङ्गाले लागेर रास्कोटीको घटनास्थलमै मृत्...
प्रधानमन्त्रीद्वारा दुर्घटनामा ज्यान गुमाउँनेप्रति ट्वीटमार्फत श्रद्धाञ्जली

प्रधानमन्त्रीद्वारा दुर्घटनामा ज्यान गुमाउँनेप्रति ट्वीटमार्फत श्रद्धाञ्जली

काठमाडौँ, २९ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटको दुप्चेश्वरमा शुक्रबार राति भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । ट्वीटमार्फत उहाँले शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो भने १५ घाइते भएका थिए ।
उपत्यकामा सार्वजनिक सवारीले यात्रु पर्खेर बस्न नपाउँने गरी पिक एण्ड ड्रप अभियान चलाइने

उपत्यकामा सार्वजनिक सवारीले यात्रु पर्खेर बस्न नपाउँने गरी पिक एण्ड ड्रप अभियान चलाइने

काठमाडौँ, २९ मङ्सिर । बढ्दो सवारी जाममा कमी ल्याउन काठमाडौँ महानगरपालिकाले आइतबारदेखि टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी साधानले यात्रु पर्खेर बस्न नपाउने गरी ओराल्ने र चढाउने (पिक एण्ड ड्रप) अभियान शुरु गर्दैछ । एउटा सवारी साधनले केही यात्रु कुर्ने क्रममा लामो जाम भएर धेरैको उत्पादनशील समय बर्बाद भएको, इन्धन जलेर वातावरणमा ह्रास आएकाले यस प्रकारको समस्यामा न्यूनीकरण गर्न ‘पिक एण्ड ड्रप’ ...
शिक्षक र अभियानकर्ताका छोराछोरी सामुदायिक पढाइनुपर्ने

शिक्षक र अभियानकर्ताका छोराछोरी सामुदायिक पढाइनुपर्ने

काठमाडौँ, १६ मङ्सिर । सार्वजनिक शिक्षा सुधारका लागि शिक्षक र शैक्षिक गैरसरकारी क्षेत्रका कार्यरतका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाइनुपर्नेमा जोड दिइएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालको नवौँ साधारणसभाका अवसरमा आज आयोजित ‘सार्वजनिक शिक्षाको गुणस्तर सुधार कसरी ?’ विषयक बहशमा पूर्वसभामुख दमननाथ ढुङ्गानाले शिक्षक र अभियानकर्ताका छोराछोरी नै निजी विद्यालयमा पढाइँदा शैक्षिक व्या...
ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

दमौली, १६ मङ्सिर । तनहुँको घिरिङ गाउँपालिका–३ सिलिङमा शनिबार राति ११ बजे ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक भीमाद नगरपालिका–१ बस्ने २६ वर्षीय इन्द्रबहादुर नेपाली र घिरिङ गाउँपालिका–३ बस्ने ३६ वर्षीय शुकबहादुर विक रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सिलिङ भन्ने ठाउँबाट घिरिङ बजारमा पराल लिएर आउँदै गरेको न...
राष्ट्रपति भण्डारी पोल्याण्डमा

राष्ट्रपति भण्डारी पोल्याण्डमा

वार्सा, पोल्याण्ड, १६ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारी कोप २४ को विश्व सम्मेलनलाई सम्बोधन गर्ने सिलसिलामा पोल्याण्डको राजधानी वार्सा आइपुग्नुभयो । उहाँलाई पोल्याण्डका लागि नेपाली राजदूत रमेशप्रसाद खनालले चोपिन वार्सा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । उहाँका साथ वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, सांसद पूर्णकुमारी सुवेदी, कृष्णगोपाल श्रेष्ठ, पुष्पा भुसाल, चन्द्रा चौधरी ...
सुर्खेतमा बस दुर्घटना हुँदा दुईको मृत्यु, १२ जनाको अवस्था गम्भीर

सुर्खेतमा बस दुर्घटना हुँदा दुईको मृत्यु, १२ जनाको अवस्था गम्भीर

सुर्खेत, १५ मङ्सिर । बीरेन्द्रनगर नगरपालिका–१४ स्थित भे १ ख ८४९ नम्बरको बस दुर्घटना हुँदा आज बेलुका दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा लेकबसी नगरपालिका–८ गगनेपानी सुर्खेतकी ४० वर्षीया जानकी दर्लामी र सोही वडाकी २२ वर्षीया देउमाया वन्काटी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले जानकारी दिए । उनका अनुसार उक्त घटनामा ५० जना घाइते भएकोमा १२ जनाको अवस्था गम्भीर ...
पोखरामा अन्तर्राष्ट्रिय ग्रेट हिमालयन महोत्सव हुने

पोखरामा अन्तर्राष्ट्रिय ग्रेट हिमालयन महोत्सव हुने

काठमाडौँ, १५ मङ्सिर । पाँचौँ अन्तर्राष्ट्रिय ग्रेट हिमालयन महोत्सव आगामी मङ्सिर २४ देखि २६ गतेसम्म पोखरामा आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय परिसरमा महोत्सवको पाँचौँ संस्करण गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । महोत्सव सफल पार्न सङ्घका अध्यक्ष सन्तवीर लामाको अध्यक्ष...
वर्षा र हिमपातको सम्भावना

वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १५ मङ्सिर । मुलुकका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुनाका साथै उच्च हिमाली भूभागमा हिमपातको सम्भावना औँल्याएको छ । आज उच्च हिमाली भूभागका कही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातको समयमा पश्चिमी त...
कक्षा ११ को रजिष्ट्रेशन फाराम भर्ने म्याद पुनः थप

कक्षा ११ को रजिष्ट्रेशन फाराम भर्ने म्याद पुनः थप

काठमाडौँ, १५ मङ्सिर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन फारम भर्ने समय पुनःथप गरेको छ । बोर्डले एक सूचना जारी गदै रजिष्ट्रेशन आवेदन फाराम भर्ने म्याद थपेको हो । निर्धारित समयमा धेरै विद्यार्थीको फाराम भर्न छुटेको भन्ने गुनासो आएपछि भर्ने म्याद पुनःथप गरिएको बोर्डले जनाएको छ । शैक्षिक सत्र २०७५ / ०७६ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि बोर्डले शैक्षिक कार्यतालिकानुरुप गत ...
‘कम्युनिकेशन अवार्ड–२०१८’ डा. वाग्लेलाई

‘कम्युनिकेशन अवार्ड–२०१८’ डा. वाग्लेलाई

काठमाडौँ, १५ मङ्सिर । यस वर्षको ‘कम्युनिकेशन अवार्ड–२०१८’ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्लेलाई प्रदान गरिएको छ । नेपाल टोस्टमास्टर्सले आज यहाँ आयोजना गरेको आफ्नो पहिलो डिभिजन सम्मेलनका अवसरमा सो सम्मान पहिलो पटक गैर टोस्टमास्टर सदस्य डा वाग्लेलाई प्रदान गरिएको हो । नेपालमा टोस्टमास्टर्सको गतिविधि बढिरहेको सन्दर्भमा नेपाल टोस्टमास्टर्सले १४ क्लब र करीब ५०० सदस्यका साथमा प...
अनुमतिबिना निजी विद्यालय सञ्चालित

अनुमतिबिना निजी विद्यालय सञ्चालित

बर्दिवास, १४ मङ्सिर। महोत्तरी जिल्लामा अनुमतिबेगर सञ्चालित संस्थागत (निजी) विद्यालय छ्यास्छ्यास्ती छन् । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिका गरी १५ वटै स्थानीय तहमा यस्ता विद्यालय रहेका जिल्ला शिक्षा समन्वय एकाइ कार्यालयले जनाएको छ । पछिल्लो समय संविधानले विद्यालय सञ्चालन, तथा व्यवस्थापनको कार्य सम्बन्धित स्थानीय तहले गर्ने किटानी व्यवस्था गरेकाले त्यस्ता विद्यालयलाई व्यवस्थित गरिनुपर्ने उक...
पञ्चानब्बे वर्षमा नागरिकता

पञ्चानब्बे वर्षमा नागरिकता

लमजुङ, १२ मङ्सिर । लमजुङका एक ९५ वर्षीय वृद्धले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । बेंसीशहर नगरपालिका–१ पौडेल गाउँका सूर्यप्रसाद वस्तीले बुधबार नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको हो । प्रमुख जिल्ला अधिकारी झम्कनाथ ढकालले उहाँको घरमै गएर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभयो । यसअघि विसं २०३७ मा गाउँमा आएको टोलीबाट उहाँले अस्थायी निस्सा लिनुभएका थियो । “वृद्धा...
धनकुटाकी बन्दनाले तोडिन विश्व रेकर्ड : गिनिज वुकमा नाम लेखाउन १२६ घण्टा गरिन् नृत्य

धनकुटाकी बन्दनाले तोडिन विश्व रेकर्ड : गिनिज वुकमा नाम लेखाउन १२६ घण्टा गरिन् नृत्य

काठमाण्डौं, १२ मंसिर । धनकुटाकी बन्दना नेपालले विश्वमै हालसम्मको सवैभन्दा लामो समयसम्म नृत्य गरेर नयाँ रेकर्ड कायम गरेकी छन् । महालक्ष्मी नगरपालिकाको मुर्तिढुंगाकी १७ बर्षीया बन्दनाले गिनिज वुकमा नाम लेखाउँन १२६ घण्टा लगातार नृत्य गरेकी हुन् । काठमाण्डौको विग फूडल्याण्डमा गत शुक्रवार बिहान ९ बजेदेखि नाच्न थालेकी बन्दनाले बुधबार दिउँसो ३ बजेसम्म निरन्तर नाचेर रेकर्ड व्रेक गर्दै विश्व कृतिमानमा...
मनकामना मन्दिर भक्तजनका लागि खुला

मनकामना मन्दिर भक्तजनका लागि खुला

गोरखा, १२ मङ्सिर । गोरखास्थित मनकामना मन्दिरमा पूजाआजा गर्न भक्तजनका लागि खुला गरिएको छ । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको मन्दिरको पुनःनिर्माण सम्पन भएपछि आजदेखि भक्तजनका लागि पूजा गर्न खुला गरिएको हो । आज बिहान ६ बजे क्षमापूजा गरी मूल मन्दिरबाट पूजा शुरु गरिएको मन्दिरका मूलपुजारी इन्सान थापाले जानकारी दिनुभयो । “मूल मन्दिर पुरानै संरचनामा निर्माण भएपछि ति...
मकवानपुरमा अठ्ठाइस बिघा गाँजा र आठ बिघा अफिम खेती नष्ट

मकवानपुरमा अठ्ठाइस बिघा गाँजा र आठ बिघा अफिम खेती नष्ट

हेटौँडा, १२ मङ्सिर । मकवानपुर जिल्ला प्रहरी कार्यालयले गाँजा तथा अफिम खेती नष्ट गर्ने कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लामा २८ बिघा १० कट्ठा गाँजा र आठ बिघा अफिम खेती नष्ट गरेको जनाएको छ । यही मङ्सिर ९ गतेदेखि १५ गतेसम्म कार्यालयले शुरु गरेको दोस्रो चरणको अभियानअन्तर्गत आजसम्ममा सो परिमाणमा गाँजा र अफिम खेती नष्ट गरिएको हो । कार्यालयबाट प्राप्त विवरणअनुसार जिल्लाबाट छुट्टाछुट्टै तीन वटा समूहमा खट...
दैलेख जीप दुर्घटनामा परी पाँच जनाको मृत्यु

दैलेख जीप दुर्घटनामा परी पाँच जनाको मृत्यु

दुल्लु, १२ मङ्सिर । दैलेखको ठाटीकाँध गाउँपालिकामा भएको जीप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । जीपमा सवार आठमध्ये पाँच जनाको मृत्यु भएको हो भने तीन जना गम्भीर घाइते भएका छन् । आज बिहान सुर्खेतदेखि ठाटीकाँध गाउँपालिकाको बाहाँकोट जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जीप ठाटीकाँधको पीपलचौतारा धामीगाउँ नजीक दुर्घटनामा पर्दा तीन जनाको घटना थलमै मृत्यु भएको थियो । घटनास्थलमै मृत्यु हुनेमा ठा...
भाइको हत्या अभियोगमा दाजु पक्राउ

भाइको हत्या अभियोगमा दाजु पक्राउ

बेत्रावती, ११ मङ्सिर । प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ माँझगाउँका लक्ष्मण सिटौलाको हत्या अभियोगमा उनका दाजु बलरामलाई पक्राउ गरेको छ । कात्तिक २५ गतेदेखि हराइरहेका ३५ वर्षीय लक्ष्मण शनिबार वनगाउँको महादेवखोलामा मृत फेला परेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा लक्ष्मणको हत्यामा दाजु बलाराम संलग्न रहेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरले जानकारी दिए । बल...
कीर्तिपुरमा भाषा विज्ञानको अन्तर्राष्ट्रिय सम्मेलन शुरु

कीर्तिपुरमा भाषा विज्ञानको अन्तर्राष्ट्रिय सम्मेलन शुरु

काठमाडौँ । भाषाको नीतिगत, संरचनागत र प्रयोगिक क्षेत्रमा अनुसन्धान गर्नका लागि दुईदिने ‘उनन्चालिसौैं भाषा विज्ञान समाजको वार्षिक अन्तर्राष्ट्रिय सम्मेलन’ कीर्तिपुरमा शुरु भएको छ । भाषा विज्ञान समाज र त्रिभुवन विश्वविद्यालय नेपाल भाषा केन्द्रीय विभागको आयोजनामा भइरहेको सो सम्मेलनमा शब्द, वर्णको व्यवस्था कस्तो, कुनै भाषाको ध्वनिको संरचना, शब्दहरु कसरी बन्दछन्, वाक्यको संरचना, शब्दको अर्थ कसरी लाग्दछ...
अश्लील सामग्री नियन्त्रण गर्न पाँच लाख कार्यालय स्थापना

अश्लील सामग्री नियन्त्रण गर्न पाँच लाख कार्यालय स्थापना

बेइजिङ, १० मङ्सिर । अश्लील सामग्री तथा गैरकानूनी प्रकाशन नियन्त्रण गर्न चीनमा पाँच लाख १० हजार भन्दा बढी कार्यालय स्थापना गरिएको छ । त्यस्ता कार्यालयहरू सामुदायिक र कार्यस्थल तहमा स्थापना गरिएको अश्लीलता नियन्त्रण गर्ने सम्वन्धी कार्यालयले जनाएको छ । हानिकारक सोचाइ र क्रियाकलापलाई नियन्त्रण गरी सामाजिक सांस्कृतिक वातावरणलाई स्वच्छ बनाइराख्न ती कार्यालयहरूले महत्वपूर्ण भूमिका खेल्ने अधिकारीहरूले ...
काठमाडौँको फर्निचर उद्योगमा आगलागी, ६ करोड बराबरको क्षति

काठमाडौँको फर्निचर उद्योगमा आगलागी, ६ करोड बराबरको क्षति

काठमाडौँ, १० मङ्सिर । युएन पार्क नजीकै रहेको फर्निचर उद्योगमा आगलागि हुँदा रु ६ करोड बराबरको क्षति भएको छ । आगलागी अहिले नियन्त्रणमा आएको छ । आगो निभाउनका लागि काठमाडौँ महानगरपालिका र भक्तपुरका गरी १० वटा दमक प्रयोग गरिएको कामपा जुद्ध बारुण यन्त्र शाखा प्रमुख बद्री नगरकोटीले जानकारी दिए । उनका अनुसार घटनामा मानवीय क्षति नभएपनि विस्तृत विवरण आउन बाँकी छ । आगो नियन्त्रणमा लिन बुद्धनगर क्षेत्रमा वि...
पशुपति क्षेत्रमा पाँच हजार बिरुवा रोपिने

पशुपति क्षेत्रमा पाँच हजार बिरुवा रोपिने

काठमाडौँ, १० मङ्सिर । जलवायु परिवर्तनको प्रभाव कम गर्ने उद्देश्यले पाँच हजार बिरुवा रोप्ने अभियान शुरु भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यो अभियानअन्तर्गत विभिन्न सङ्घसंस्था एवं व्यक्तिले वृक्षरोपण गर्न सक्नेछन् । सिभिल बैंकको आठौँ वार्षिकोत्सवका अवसरमा आज कोषसँगको सहकार्यमा वनकाली क्षेत्रमा ३०० बिरुवा रोपियो । कपुर, पीपल, तेजपत्ता, कल्की, रुद्राक्षलगायत बिरुवा रोपिएको कोषका प्रशासकीय ...
क्यालिफोर्नियाको डढेलो नियन्त्रणमा

क्यालिफोर्नियाको डढेलो नियन्त्रणमा

लस एन्जेलस, १० मङ्सिर । क्यालिफोर्नियाको इतिहासमा नै अत्यन्त विनासकारी मानिएको डढेलो अन्ततः नियन्त्रणमा आएको छ । करिब दुई हप्तापछि अग्नि नियन्त्रकहरुको अथाह प्रयासबाट आइतबार डढेलो नियन्त्रणमा लिइएको अधिकारीहरुले जानकारी दिएका छन् । ‘क्याम्प फायर’ का कारण गत नोभेम्बर ८ बाट शुरु भएको यो डढेलोबाट करिब ८७ व्यक्तिको मृत्यु भएको छ । डढेलो नियन्त्रणमा आएको भनिएता पनि अझै दुईसय ९६ व्यक्ति बेपत्ता छन् । य...
महिलाहिंसा विरुद्धको १६ दिने अभियान : बाँच्न पाउने अधिकार गुमाउँदै बलात्कृत बालिका

महिलाहिंसा विरुद्धको १६ दिने अभियान : बाँच्न पाउने अधिकार गुमाउँदै बलात्कृत बालिका

काठमाडौँ, १० मङ्सिर । गत साउन १० गते कञ्चनपुरकी १३ बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । त्यसलगत्तै गत असोज १० गते पोखराकी १० वर्षीया बालिका श्रीया विकको बलात्कारपछि हत्या भयो । बलात्कारपछि हत्या गरेर आफ्नो बाँच्न पाउने अधिकार गुमाएका पन्त र विक प्रतिनिधि पात्र मात्रै हुन् । यस्ता धेरै स–साना अबोध बालिका बलात्कारका शिकारपछि हत्या गर्दा बाँच्च पाउने अधिकारनै गुमाउन पुगेका छन् । बलात्कृत...
रिटोटलिङका लागि क्याम्पसमै निःशुल्क फारम उपलब्ध गराइने

रिटोटलिङका लागि क्याम्पसमै निःशुल्क फारम उपलब्ध गराइने

काठमाडौँ, १० मङ्सिर । एकजना विद्यार्थीले गरेको गुनासोबाट धेरै विद्यार्थीलाई राहत हुने गरी रिटोटलिङ र माइग्रेसनको लागि भर्नुपर्ने फारम सम्बन्धित क्याम्पसमा सहज उपलब्ध हुने भएको छ । गत कात्तिक २७ गते विराटनगरका विद्यार्थी गङ्गा पोदारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको जनगुनासो व्यवस्थापन शाखास्थित हेल्लो सरकारमा फोन गरेर ‘मोरङको विराटनगरस्थित महेन्द्रमोरङ आदर्श बहुमुखी क्याम्पसमा ...
विद्यालयमा १४ वर्ष निःशुल्क सेवा

विद्यालयमा १४ वर्ष निःशुल्क सेवा

काठमाडौँ, ९ मङ्सिर । आफूले नोकरी गरेर त्यसवापतको पारिश्रमिक नलिने शायद कोही नहोलान् । असीवर्षीय हितबहादुर प्याकुरेलले भने १४ वर्षे शैक्षिक कर्ममा एक पैसा पनि नलिई सेवा गरिसक्नुभएको छ । विसं १९९५ मा नुवाकोटको बागीश्वरी गाविसमा जन्मनुभएका प्याकुरेलले विसं २०१८ मा प्रवेशिका उत्तीर्ण गरी हाल भएको सूर्यगढी गाउँपालिकास्थित बागेश्वरी प्राविबाट शिक्षासेवा आरम्भ गर्नुभएको थियो । विसं २०३१ सम्म निरन्तर सोह...
लेबनानका संवेदनशील क्षेत्रमा नेपाली शान्ति सेना तैनाथ, स्थानीय समुदायसँग हातोमालो

लेबनानका संवेदनशील क्षेत्रमा नेपाली शान्ति सेना तैनाथ, स्थानीय समुदायसँग हातोमालो

लेबनान, ९ मङ्सिर । “मैले नयाँ दाइ पाएको छु ।” संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाअन्तर्गत रणशार्दूल गणको नेतृत्व गर्दै लेबनानको पूर्वी कमाण्डको गणपतिको जिम्मेवारी सम्हाल्नु भएका प्रमुख सेनानी राजेन्द्र पन्तसँगको पहिलो भेटमा स्थानीय तहका एक प्रमुखले भने, “हामी विगतमा झैँ दाजुभाइजस्तै मिलेर शान्ति स्थापनाको काममा लाग्नेछौँ ।” एकवर्षे मिसनबाट स्वदेश फर्कनुअघि नेपाली सेनाको बरख गणका गणपति तथा प्रमुख से...
मुक्तिनाथबाट लैङ्गिक हिंसाविरुद्धको अभियान शुरु

मुक्तिनाथबाट लैङ्गिक हिंसाविरुद्धको अभियान शुरु

मुक्तिनाथ, ९ मङ्सिर । सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशले हिमालपारिको जिल्ला मुस्ताङस्थित पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दिर परिसरबाट लैङ्गिक हिंसाविरुद्धको अभियान शुरु गरेको छ । समाजमा लैङ्गिक विभेदकै कारण महिलाप्रति शारीरिक, मानसिक एवं यौनजन्य हिंसात्मक व्यवहार भइरहेको वास्तविकतालाई दृष्टिगत गर्दै महिला तथा बालबालिकामाथिका सबै किसिमका हिंसा, दुव्र्यवहार र शोषणको अन्त्यका लागि सामाजिक...
कर्नाटक बस दुर्घटना: मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो

कर्नाटक बस दुर्घटना: मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो

नयाँ दिल्ली, भारत, ८ मङ्सिर । भारतको कर्नाटक राज्यमा शनिबार भएको बस दुर्घटनामा मृत्यु हुने व्यक्तिको सङ्ख्या २८ पुगेको भारतीय प्रहरीले जनाएको छ । मृतकमध्ये केही छात्रछात्रा पनि रहेका छन् । दक्षिणी राज्य कर्नाटकको मन्द्या जिल्लामा एउटा सार्बजनिक यात्रुबाहक बस सडकबाट चिप्लिएर नहरको तालमा खस्दा बसमा यात्रारत २८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । “मृतकमध्ये केही विद्यालयबाट घर फर्किरहेका बालबालिका...
बागलुङको ढोरपाटनमा आगलागी, ३० घर जलेर नष्ट

बागलुङको ढोरपाटनमा आगलागी, ३० घर जलेर नष्ट

गलकोट, ९ मङ्सिर । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आज बिहान २ बजेको समयमा आगलागी हुँदा ३० घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । नवी गाउँमा लागेको आगो आज बिहान ८ बजे मात्र नियन्त्रणमा आएको स्थानीयवासी यन्द्र शाहीले बताए । ढोरपाटन शिकार आरक्षका कर्मचारी तथा नेपाली सेनाको हनुमान ध्वज गुल्मको टोलीले आगो नियन्त्रण लिन सफल भएको थियो । शिकार आरक्षमा रहेको हनुमान ध्वज गुल्मका गुल्मपति सेनानी...
सप्तरीमा बस दुर्घटना : पाँचको मृत्यु, तीन दर्जन यात्रु घाइते

सप्तरीमा बस दुर्घटना : पाँचको मृत्यु, तीन दर्जन यात्रु घाइते

राजविराज, ८ मङ्सिर । भारदह–राजविराज सडकखण्डअन्तर्गत सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१० स्थित इनर्वामा शुक्रबार साँझ बस दुर्घटनामा परी एउटै नगरपालिकाका पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–११ बस्ने अन्दाजी ५७ वर्षीया बेचनीदेवी यादव, ६५ वर्षीया मखनीदेवी यादव, ७० वर्षीया सिकिलदेवी साह, दिनेश रजक र पहिचान हुन नसकेको सोही ठाउँको एक महिला रहको प्रहरी नायब उपरीक्षक भावेश...
error: Content is protected !!