गोरखा २ मा चुनाव लड्न बाबुरामले खोजे कांग्रेसको साथ
काठमाडौं, २९ असोज । वाम गठबन्धनबाट बाहिरिएको नयाँ शक्ति पार्टी नेपालले कांग्रेससँग परामर्श सुरु गरेको छ ।
नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले शनिबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । यो भेटमा आसन्न प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा तालमेलबारे छलफल भएको स्रोतले बताएको छ ।
भट्टराईले गोरखा २ बाट चुनाव लड्न चाहेका छन् । तर, आफ्नो नाममा सहमति नजुटेपछि भट्टराई एमाले ...


























