गुल्मीका ३ स्थानीय तहको गणना सुरु, २ तहमा एमाले अगाडि
गुल्मी । गुल्मीका १२ स्थानीय तहमध्ये ३ स्थानीय तहको मतगणना सुरु भएको छ । बाँकी ९ तहको गणना छिट्टै गर्ने निर्वाचन कार्यालयको तयारी छ ।
मतगणना भएका ३ स्थानीय तहमध्ये रुरु गाउँपालिकामा एमालले अग्रता लिएको छ । यहाँ प्रमुखमा एमालेले ४ सय २६ मतका साथ अग्रता लिइरहेको छ । माओवादी–कांग्रेस गठबन्धनका प्रमुख पदका उम्मेदवारले १ सय ८ र उपप्रमुखले १ सय ११ मत पाएका छन् ।
छत्रकोट गाउँपालिकामा एमाले प्रमुख उम...
