डडेल्धुरा, १७ कात्तिक । कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रनिनिधिसभा निर्वाचनका लागि देउवासहित ६ जनाले मनोनयन दर्ता गराएका छन्।

Advertisement

मनोनयन दर्ता गराउन आफैँ जिल्ला नआएका देउवाको वारेस गणेश पन्तमार्फत उमेदवारी दर्ता गराएका हुन्। देउवाका पूर्वस्वकीय सचिव पन्तले उम्मेदवारी दर्ता गराएका हुन्।

एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादीका तर्फबाट खगराज भट्ट ‘विनोद’ले उम्मेदवारी दिएका छन्।

भट्ट माओवादी केन्द्रका सचिवालय सदस्य हुन्। प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय जनमोर्चाबाट लालबहादुर जाग्री, नेपाल दलितबाट रमेश टमटा, राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट लक्ष्मीदत्त भट्ट र कर्णसिंह रावलले प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत डा.रमेशप्रसाद रिजाल छन्।

प्रदेशसभाको निर्वाचन क्षेत्र ‘क’ बाट नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति रघुवर भट्ट, वाम गठबन्धनबाट एमालेका प्रदेश कमिटी सदस्य पठनसिंह बोहरा, जनमार्चाका चन्द्रसिंह बोहरा, नयाँ शक्ति नेपालका बिष्णु ठकुराठी, राष्ट्रिय यर्थातवादी पार्टीका लालबहादुर दमाईँ र राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिसिंह साउँदले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेशसभाको निर्वाचन क्षेत्र ‘ख’ बाट कांग्रेसबाट जिल्ला पार्टी सभापति कर्णबहादुर मल्ल, एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका तर्फबाट एमालेका जिल्ला अध्यक्ष डा.ताराप्रसाद जोशी, राष्ट्रिय जनमार्चा पदम वली, नयाँ शक्ति पार्टी नेपालका लक्ष्मीकान्त पनेरु र राष्ट्रिय प्रजातन्त्र पार्टीका कालीप्रसाद जोशी नेपाल दलित पार्टीका रामबहादुर टमाटा र नरबहादुर पालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!