यस्तो छ इलामको चुनावी अंकगणित
इलाम, १६ कात्तिक । आउँदो मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द (वाम गठबन्धन)को पकड बलियो देखिएको छ ।
गत असार १४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा दलहरूले पाएको मत तुलना गर्दा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा वाम गठबन्धनको मत नेपाली कांग्रेसको भन्दा निकै अघि देखिएको हो ।
अब हुने निर्वाचनको क्षेत्र निर्धारण गर्दा सबैभन्दा सानो इकाई वडालाई नै...





























