मतपत्र च्यातिएपछिको स्थिति बुझ्न ओली भरतपुर जाँदै
काठमाडौं। भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा आइतबार राति मतपत्र च्यातिएपछिको स्थिति बुझ्न एमाले अध्यक्ष केपी शर्मा ओली आज चितवन जाने भएका छन्।
एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार त्यहाँको वस्तुस्थिति बुझ्न अध्यक्ष ओलीसहितको टोली चितवन जान लागेको हो। नेम्वाङ्का अनुसार ओलीले निर्वाचन आयोगका पदाधिकारीसँग पनि यस घटनाबारे कुरा गर्नुहुनेछ ।
सत्तारूढ दल कांग्रेस र माओवादी केन्द्र...

