काठमाडौं। भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा आइतबार राति मतपत्र च्यातिएपछिको स्थिति बुझ्न एमाले अध्यक्ष केपी शर्मा ओली आज चितवन जाने भएका छन्।

Advertisement

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार त्यहाँको वस्तुस्थिति बुझ्न अध्यक्ष ओलीसहितको टोली चितवन जान लागेको हो। नेम्वाङ्का अनुसार ओलीले निर्वाचन आयोगका पदाधिकारीसँग पनि यस घटनाबारे कुरा गर्नुहुनेछ ।

सत्तारूढ दल कांग्रेस र माओवादी केन्द्रले मेयरमा आफ्नो उम्मेदवार हार्ने भएपछि मतपत्र च्यातेर पुनः मतदान गर्ने षड्यन्त्र रचेको भन्दै एमाले पुनः मतदान गर्न नहुने र तत्काल मत गणना सुचारु गर्न दबाब दिँदै आएको छ भने उता सत्तारुढ दल माओवादी केन्द्र र नेपाली कांग्रेसले मतपत्र च्यातिएको वडा नंं १९ मा पुनः मतदान गर्नुपर्ने तर्क अघि सार्दै आएको छ ।

दुबै पक्षले मत पत्र च्यातिएका विषयमा एकअर्कामाथि आरोपप्रत्यारोप लगाउँदै आएका छन् । यस विषयमा निर्वाचन आयोगले छानविन थालेकाे छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!