ठूलो परिमाणमा हातहतियारसहित एक जना पक्राउ
दाङ। इलाका प्रहरी कार्यालय, तुलसीपुरले ठूलो परिमाणमा हातहतियारसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–४ तरुलेका ६३ वर्षीय विक्रम कामी रहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो ।
प्रहरीले कामीको साथबाट चारवटा पेस्तोल, दुईवटा भरुवा बन्दुक, इन्सासमा लाग्ने नौवटा गोली, एसएलआरमा लाग्ने एउटा गोली, दुई किलो बारुद, हतियार बनाउ...

