काठमाडौं। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जअन्तर्गतको फरेन्सिक मेडिसिन विभागका प्रमुख प्रा.डा प्रमोदकुमार श्रेष्ठ निकै चिन्तित देखिन्छन् । उनको चिन्ता ज्युँदो मानिसप्रति भन्दा मृतकको शवप्रति केन्द्रित छ ।

Advertisement

फरेन्सिक विभागअन्तर्गतको ल्याबमा दुई वर्षअघि देखि सनाखत हुन नसकेर अलपत्र अवस्थामा रहेका सयभन्दा बढी शव कहाँ र कसरी तह लगाउने भन्ने विषयमा उनी चिन्तित छन् । ‘सरकारले लिनुपर्ने चिन्ता मैले लिनुपरेको छ,’ उनले गुनासो गरे ।

‘दिनैपिच्छे बढ्दो सडक दुर्घटना र आत्महत्याका कारण पोस्टमार्टम गर्न ल्याउने शवको संख्या बढिरहेको छ । जुन मृतकको कोही छैन, त्यस्ता शवहरुको चाङ छ ल्याबमा,’ विभागीय प्रमुख प्रा.डा. श्रेष्ठले भने ।उनका अनुसार सो ल्याबमा पोस्टमार्टमपछि भण्डारण गरिएका शवको संख्या अहिले सयभन्दा बढी छ ।

१२ वैशाख ०७२ को शक्तिशाली भूकम्पमा परी मृत्यु भएर पोस्टमार्टम गरिसकिएका ३० भन्दा बढी शव अझै त्यहाँ छन् । आजको राजधानी दैनिकमा खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!