काठमाडौ। आशुसेन फिल्म्सले नयाँ सिनेमाको घोषणा गरेको छ । निर्माता सन्तोष सेनले सबैभन्दा छोटो समयका लागि राजा बनेका दीपेन्द्र वीर विक्रम शाहको प्रेमकथामा आधारित सिनेमा बनाउने आधिकारिक घोषण गरेका छन् ।

Advertisement

बुधबार काठमाडौंमा आयोजित एक कायक्रमकाबिच सन्तोषले सिनेमाको घोषणा गरेका हुन् । यस सिनेमामा अभिनेता प्रदीप खड्काले राजा दीपेन्द्रको भूमिका निर्वाह गर्ने भएका छन् । सिनेमाको घोषणा कार्यक्रममा प्रदीप राजा दीपेन्द्रकै लुक्समा आएका थिए ।

विवेक कुमार शाहले लेखेको पुस्तक ‘मैलै देखेको दरबार’मा आधारित रहेर तत्कालिन राजा दीपेन्द्रको प्रेम कथा माथि ‘दीपेन्द्र सरकार’ नामको सिनेमा बन्ने भएको हो । निर्माता सेनले यो पुस्तकको कपिराईट अधिकार किनिसकेका छन् । २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्ड पछि हरेक वर्ष जेठ १९ लाई नेपालको ईतिहासको कालो दिनको रुपमा लिईन्छ । त्यहि कालो दिनमा राजा दीपेन्द्रको जीवनमा भएका उज्यालाहरु जनतालाई देखाउने हेतुले निर्माण टिमले २०७५ सालको जेठ १९ मा सिनेमा रिलिज गर्ने भएको छ ।

झण्डै ५ करोड ५० लाख रुपैयाँको लगानीमा निर्माण गरिने यो सिनेमालाई नेपाल, बेलायत र अमेरिकामा छायाकंन गरिने छ । सिनेमाको छायाकंन भव्य सेट खडा गरेर गरिने निर्माता सेनले बताएका छन् ।

बायोपिक जनरामा बन्न लागेको यो सिनेमालाई  दुई फरम्याटमा तयार पारिनेछ । फेस्टिभलका लागि डेढ घण्टा र व्यावसायिक रिलिजका लागि दुई घण्टा लामो सिनेमा तयार पारिने जानकारी छ ।

प्रदीप खड्काले आफूलाई दीपेन्द्रको चरित्रमा ढाल्नको लागि तौल बढाउने देखि  दीपेन्द्रका आनीबानी र हाउभाऊहरुको  अनुसन्धान गरिरहेका छन् । सिनेमामा हुने अन्य कलाकार, निर्देशक र प्राविधिक युनिटको घोषणा पनि छिट्टै गरिने सेनले बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!