लमजुङ (बेसीसहर) । उत्तरी लमजुङको मस्र्याङ्दी गाउँकार्यपालिका सदस्यमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । संयुक्त प्यानलबाट दुईजना दलित वा अल्पसङ्ख्यक र चारजना महिला गरी छजना सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

Advertisement

महिला सदस्यमा नेकपा (माओवादी केन्द्र)का अनिता विक र नेकपा (एमाले)बाट चौतरी तामाङ, डिलकुमारी थापा र पारकाशी गुरुङ निर्वाचित भएका हुन् । यस्तै, दलित वा अल्पसङ्ख्यकबाट नेकपा (माआवादी केन्द्र)का कृष्णबहादुर विक र नेकपा (एमाले)का नन्दराम विक निर्वाचित भएका छन् ।

उम्मेदवार मनोनयनका क्रममा नेपाली काँग्रेसलगायत अन्य पार्टीले उम्मेदवारी दर्ता नगरेपछि निर्वाचन अधिकृतले छजनालाई निर्विरोध निर्वाचित घोषणा गरेका हुन् । जिल्लाका अन्य स्थानीय तहमा आज कार्यपालिका सदस्यका लागि निर्वाचन हुँदैछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!