काठमाडौँ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले विधि र प्रक्रियानुसार भरतपुर महानगरपालिकाको मतगणना सञ्चालन गर्न माग गरेको छ ।

यहाँ आयोजित विरोध सभामा युनियनका अध्यक्ष नवीना लामाले मतगणनाका क्रममा जनादेशलाई अपमान हुने गरी मतपत्र च्यात्नेलाई कानुनी कारबाही गरी केही दिनदेखि स्थगित गणनालाई टुङ्गो लगाएर परिणाम सार्वजनिक गर्न आग्रह गर्नुभयो ।

Advertisement

उहाँले शुक्रबार मध्याह्न १२ बजेसम्म पनि निर्वाचन आयोगले सो विषयमा निर्णय नगरेमा सङ्गठनले देशव्यापी रुपमा आन्दोलन गरिने चेतावनी भयो । सङ्गठनका उपाध्यक्ष महेश बर्तौलाले त्यस क्षेत्रका दुई वडामा पुनःमतदान गरिएमा आगामी दिनमा कुनै पनि स्थानमा चुनाव हुन नसक्ने चिन्ता व्यक्त गर्नुभयो ।

यसअघि युनियनले प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसबाट रामशाहपथ हुँदै पुतलीसडक चोकमा मसाल जुलुस निकालेको थियो । करिब ५०० विद्यार्थीको सहभागिता रहेको सो जुलुसमा सहभागीले जनमतको सम्मान गर्नुपर्ने, विधि र कानुनी शासनको अभ्यास गर्नुपर्ने, मानवाधिकारको प्रत्याभूति गर्नुपर्नेलगायत प्रचार सामग्री बोकेका थिए ।

गत वैशाख ३१ गते भएको चुनावको मतगणनाका क्रममा नेकपा (माओवादी केन्द्र) का प्रतिनिधिले मतदानस्थलमा मतपत्र च्यातेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउसमेत गरिसकेको छ । सो विषयको अनुसन्धानका लागि विभिन्न सङ्घसंस्थाका प्रतिनिधि भरतपुर पुगेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!