एघार घन्टापछि मुग्लिन सडक खुल्यो
चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत विभिन्न ठाउँमा खसेको पहिरो पन्छाएपछि आज बिहान ८ः०५ बजेबाट यातायात सञ्चालनमा आएको छ । पहिरोका कारण गएराति ९ बजेदेखि बन्द भएको यातायात पहिरो हटाएर ११ घन्टापछि सञ्चालनमा आएको हो ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार अहिले दुईतर्फी नै बाटो खुलाइएकाले गाडीहरु गन्तव्यतर्फ जान थालेका छन् । उहाँले यातायात सहज हुन अझै केही घन्टा लाग्ने...
