- रबिन कटेल/संगालोखबर

धनकुटा । उद्धेश्य लिएर मेहनत गरेपछि लक्ष्यमा पुग्न गाह्रो छैन भन्ने कुरालाई प्रमाणित गरेर देखाउँन सफल भएका छन धनकुटाका युवा विवेक श्रेष्ठ । १६ बर्षकै उमेरमा उनले पेट्रोल बिनै गुड्ने मोटरसाईकल बनाएर यो कुरालाई प्रमाणित गरेका हुन ।

दिदीले स्कुटर कुदाउँन नदिएपछि करिव एक बर्ष अघिबाट उनमा आफै मोटरसाईकल बनाएर कुदाउँने सोच आयो । ‘केटाकेटी नै छ भनेर दिदीले स्कुटर कुदाउँन दिनुभएन, अनि मलाई आफै मोटरसाईकल बनाएर कुदाउँछु भन्ने लाग्यो ।’ विवेकले भने ‘त्यसपछि धेरै मेहनत र परिश्रम गरे, अन्तिममा आफैले बनाएको मोटरसाईकल गुडाउँन सफल पनि भए ।’

Advertisement
विवेकले बनाएको ब्याट्री मार्फत गुड्ने मोटरसाईकल । तस्वीर: रबिन कटेल/संगालोखबर

मोटरसाईकल बनाउँने सोच आएपछि उनले परीक्षा पछिको खाली समयलाई सदुपयोग गरेर लक्ष्यमा पुग्न सफल भएका हुन । धनकुटा–६ भीमसेनथान घर भएका विवेकले स्थानीय दिप इङ्लिस बोडिङ्ग स्कुलबाट ३.६ जीपीए ल्याएर यसैबर्ष एसइइ उत्रिर्ण गरेका छन ।

धनकुटा बहुमुखी क्याम्पसका प्रध्यापक रहेका वावु ओम श्रेष्ठसँगै क्याम्पस क्वाटरमा बस्ने विवेकले गत चैतमा एसइइ परीक्षा दिईसकेपछि मोटरसाईकल बनाउँन सुरु गरेका थिए ।

आफैले बनाएको मोटरसाईकलमा विवेक श्रेष्ठ । तस्वीर: रबिन कटेल/संगालोखबर

बिभिन्न रचनात्मक गतिबिधी र सामाग्री बनाउँने गरेका उनले प्रायः बनाउँन सुरु गरेको सामाग्री पुरा गरेरै छाड्थे । उनले मोटरसाईकल बनाउँदै गरेको देख्दा आमा–वावुलाई सफल होला भन्ने पूर्ण विश्वास नभएपनि आसा चै थियो ।

‘जे सामाग्री बनाउँन थाल्यो त्यसमा सफल भएर छाड्ने गरेको भएपनि मोटरसाईकलनै बनाउँन सक्ला भन्ने चै लागेको थिएन । तरपनि सफल भयो ।’ विवेककी आमा जयलक्ष्मीले खुःसी हुँदै भनिन् ‘आफ्नै छोराले बनाएको वाईकमा चड्न पाउँदा मलाई त स्वगै पुगेजस्तो महसुस भएको छ ।’

आफैले बनाएको वाईकमा विवेकले वावु–आमासँगै धेरैलाई चढाएर घुमाईसकेका छन । अधिकांस मोटरसाईकल पेट्रोल मार्फत गुड्ने गरेको भएपनि विवेकले बनाएको मोटरसाईकलमा पेट्रोल चहिदैन । उनले ब्याट्री मार्फत मोटरको सहायतामा गुड्ने मोटरसाईकल बनाएका हुन ।

आफैले बनाएको मोटरसाईकलमा वावुलाई चढाएर कुदाउँदै विवेक । तस्वीर: रबिन कटेल/संगालोखबर

खेर जाँने सामाग्रीहरुलाई पनि विवेकले मोटरसाईकल बनाउँन सदुपयोग गरेका छन । टिनको पाता, धरामा प्रयोग हुँने फलामको पाईप, काठको फल्याक, रड लगायत समाग्रीलाई वाईक बनाउँन प्रयोग गरिएको छ ।

विवेकका अनुसार यो मोटरसाईकल तीन घण्टा चार्ज गर्दा समथल सडकमा ६० किलोमिटरसम्म कुद्छ । उकालो–ओरालो सडकमा भने एकपटक गरिएको चार्जले ४० किलोमिटरसम्म कुदाउँन सकिन्छ ।

गुड्दा आवाज पनि नआउँने यो मोटरसाईकल प्रति घण्टा ४० किलोमिटर गुडाउँन सकिने विवेकले बताए । उनी भन्छन ‘ब्याट्री मार्फत गुड्ने भएकाले पेट्रोल नचाहिने र ध्वानी प्रदुसण नहुनाले पनि यो मोटरसाईकल अरुभन्दा उपयुक्त छ ।’

विवेकले बनाएको मोटरसाईकल हेर्दै स्थानीयबासी । तस्वीर: रबिन कटेल/संगालोखबर

कलिलो उमेरमै नयाँ मोटरसाईकल बनाउँन सफल भएका विवेकले यसलाई ब्यवसायीकता भने नदिने भएका छन ।

अहिले विवेकलाई पढाईमै केन्द्रित गराउँने जानकारी दिदै विवेकका वावु ओम श्रेष्ठले भने ‘छोराले बनाएको मोटरसाईकलको ब्यवसायीकताका बिषयमा भने अहिले केही सोच छैन ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!