धनकुटा । धनकुटा–६ सिरान वजारमा रहेको गोकुण्डेश्वर माध्यमिक बिद्यालय परिसरमा विभिन्न प्रजातिका फलफुलका विरुवा रोपिएको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीले खाजा खर्च कटाएर संकलन गरिएको रकम र शिक्षकको आर्थिक सहयोगमा विभिन्न प्रजातिका विरुवा खरिद गरि विद्यालय परिसरमा वृक्षारोपण गरिएको हो ।

Advertisement

बिद्यालय परिसरमा अशोक, धुपी, क्रिसमस ट्री लगायतका विरुवा रोपिएको छ । गमला खरिद गरि विभिन्न प्रजातिका फुलका विरुमासमेत रोपिएको विद्यालयका शिक्षक एवं फुलवारी व्यवस्थापन समिति संयोजक तुलसी पुरीले जानकारी दिए ।

सो अवसरमा शिक्षक अभिभावक सघंका सदस्य अम्विका पुरी र विद्यालय शिक्षक एवं फुलवारी व्यवस्थापन संयोजक तुलसी पुरीले संयुक्त रुपमा तिन हजार मुल्य वरावरको क्रिसमस ट्री खरिद गरि विद्यालयलाई प्रदान गरेका थिए ।

फलफुलका विरुवा संरक्षणका लागी विद्यालयका प्रध्यानाध्यापक यज्ञप्रकास चापागाईको संयोजकत्वमा फुलवारी अनुगमन समिति पनि निर्माण गरिएको छ ।  (रेडियो मकालु धनकुटाको सहयोगमा)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!